रञ्जन भण्डारी
महोत्तरी,८ मंसिर ।
गत प्रतिनिधिसभा निर्वाचनमा २३७७६ मत ल्याई आफ्नो निकटतम प्रतिद्वन्दी तत्कालिन संघिय समाजवादी फोरम हाल एमालेबाट सोहि क्षेत्रको प्रतिनिधिसभा सदस्य उम्मेदवार लक्ष्मी महतोलाई हराएका गिरिराजमणि पोखरेल यसपाली लक्ष्मी महतोसंगकै चुनावी लडाईमा पछि परेका छन ।


कुल ९८४९७ मतदाता रहेको क्षेत्र १ मा यस प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कुल मतको ६६.४१ प्रतिशत (६५४१० मतदाता)ले मतदान गरेकोमा सुरुमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार पोखरेल अगाडी देखिएकोमा पछिल्लो मत परिणामहरु आउदै गर्दा महतो लिड गर्दै गएका छन ।
क्षेत्र १ मा खसेको मत मध्ये ११७८९ मत गणना हुदा महतो ४८५९ र पोखरेल ४०१९ मतका साथ प्रतिस्पर्धामा छन । तथापी ५३ भन्दा वढी मत गणना हुन बाकि रहदा महतोको लिड कायम रह्ने हो वा पोखरेल अगाडी वढ्ने हुन त्यो गणनाको परिणाम सार्वजनिक हुदै गर्दा स्पष्ट हुने भएपनि पोखरेललाई टक्कर दिन महतोले कुनै कसर बाकि नराख्ने सुरुवाती मत गणनाले दर्शाएको छ ।
बदर मत बढी ः
यता ११७८९ मत गणना हुदा बदर मतको संख्या ७२४ देखिएकोमा मतदाता शिक्षा असफल भएको देखिएको छ । स्थानिय निकायलाई मतदाता शिक्षा कार्यक्रम चलाउन दिइएकोमा त्यसमा खटेका कर्मचारीहरुले अपेक्षाकृत काम नगरेको देखिन्छ । हरेक निर्वाचनमा मत बदरको संख्या कम गर्न लाखौ रकम मतदाता शिक्षामै खर्च हुने गरेपनि त्यसको लाभांश मतदातामा पुग्न नसकेको देखिएको छ । तथापी निर्वाचन पश्चात मतदाता शिक्षा कार्यक्रमले अपेक्षाकृत सफलता पाउन नसक्दा यसको विश्लेषण निर्वाचन आयोगले गर्ने नै छन । तर सोहि कार्यक्रम चलाउन भत्ता खाएका कर्मचारीहरुसंग निर्वाचन आयोगले स्पष्टिकरण मांग्ने हो वा यस विषयलाई विना कुनै सवाल जवाफ समाप्त गर्ने हो त्यो हेर्न भने बाकि छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार