
रञ्जन भण्डारी
महोत्तरी,१२ श्रावण ।
बर्दिवास नगरपालिका १० कि २६ वर्षिया अस्मिता बाइवालाई वारीमा घाँस काट्ने क्रममा ग्रिनपिड भाइपरले टोक्दा उनी उपचारको लागि सर्पदंश उपचार केन्द्र बर्दिवासमा पुगिन । केन्द्रमा कार्यरत रणभिम गणका सर्पदंश उपचार टोलीले उनको उपचार सुरु गरे । अहिले उनी स्वास्थ्य लाभ गर्दैछिन ।
दैनिक तिन देखि चारजना उपचारको लागि केन्द्रमा पुग्ने गरेकोमा समयमै आउने विरामीलाई निको पारेर घर पठाउने गरेको केन्द्रमा कार्यरत सेनाको सर्पदंश उपचार टोलीले जनाए । भेन्टिलेटरमा राख्नु पर्ने र आईसियु समेतको सेवा दिनुपर्ने विरामी भने कहिलेकाही अन्यत्र रेफर गर्नु परेको उनले थपे । तर समयमै उपचारको लागि पुगेका सयप्रतिशत विरामीलाई निको पारेको उपचार केन्द्रको रेकर्ड छ ।
महोत्तरीमा पछिल्लो समय सर्पदंश उपचार सेवा सफल हुदै गएको छ । महोत्तरीको दुई स्थानमा सर्पदंशको उपचार भैरहेकोमा बर्दिवास स्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा ७३३ र प्रादेशिक अस्पताल जलेश्वरमा २२७ जनाको सफल उपचार गरिएको छ । अधिकांशलाई अविषालु सर्पले टोक्ने गरेपनि विषालु सर्पकै टोकाईले उपचार गराउन पुग्नेको लागि समेत पर्याप्त एन्टीभेनम रहेको र भेन्टिलेटर तथा आईसियुमा राख्नु पर्ने वाहेकको विरामीको उपचारमा कठिनाई नभएको प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक उपचार सेवाका ईन्चार्ज रविन झाले वताए । तर केहि सर्पदंशको विरामी निक्कै ढिलो आउदा समस्या हुने गरेको उनले थपे ।
सर्पले टोक्दा अझै पनि झारफुँकमा जाने प्रचलन रहेकै भएपनि विस्तारै झारफुँकमा नगई सिधै अस्पताल आउनेहरुको संख्या वढ्दै गएको स्वास्थ्यकर्मीहरुको भनाई छ । तराईमा पाईने प्राय सवै विषालु सर्पको एन्टीभेनम रहेकोले समयमै उपचारमा आउनेहरुको जिवनरक्षा गर्न सकिने ईन्चार्ज झा बताउछन ।
दुईको मृत्यु ः
यता प्रादेशिक अस्पताल जलेश्वरमा गत आर्थिक वर्षमा एकजनाको उपचारको क्रममा मृत्यु भएको ईन्चार्ज झा बताउछन । उनी विरामीलाई समयमै उपचारको लागि ल्याउनु पर्नेमा अन्यत्र नै समय खेरफाली अन्तिम स्वास चलिरहदा उपचारमा ल्याएपछि ति विरामीलाई बचाउन नसकिएको उनको भनाई छ । त्यसतै ५ जना विरामीलाई भेन्टिलेर र आईसियु अभावमा रेफर गर्नु परेको समेत उनले जिकिर गरे ।
यता सर्पदंश उपचार केन्द्रबाट एन्टीभेनम उपलब्ध गराई जनसेवा अस्पतालमा भेन्टिलेटरमा राखिएकि एक ३ वर्षिया वालिकको समेत उपचारको क्रममा यसैसाता मृत्यु भएको हो ।
अविषालु सर्पले टोक्ने अत्यधिक,शंका लागेका पनि उपचारमा ः
बर्दिवास स्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा उपचारको लागि आएकाहरुमध्ये अधिकांशलाई अविषालु सर्पले टोकेको पाइएको छ । उपचारमा आएका ७३३ मध्ये १७० महिला र १७१ पुरुषलाई विष नभएको सर्पले टोकेको उपचार केन्द्रले जनाएको छ । त्यसतै १५२ महिला र १४४ पुरुष शंका लागेपछि उपचार केन्द्र पुगेका छन ।
गोमन,करैत र भाईपरको टोकाई अत्यधिक ः
महोत्तरीमा गत आर्थिक वर्षमा उपचार गरिएका सर्पदंशका विरामीहरुलाई विषालु मध्येको गोमन,करैत र भाईपरले टोकेको पाइएको छ । अन्य प्राय सवै अविषालु सर्प यहा पाईने गरिएपनि गोमन,करैत र भाईपरबाट जोगिनु पर्ने चिकित्सकहरु सुझाउछन । गत वर्ष बर्दिवास स्थित केन्द्रमा १५ महिला र ११ पुरुषलाई गोमन सर्पले टोकेको पाइएको छ भने ८ महिला र ७ पुरुषलाई करैत सर्पले टोकेका छन । यता भाईपरले ३३ महिला र २२ पुरुषलाई टोकेको छ । त्यसतै विच्छीले टोकेर उपचार गराउन आउने ३० महिला र २६ पुरुषको सफल उपचार गरिएको छ भने खजुरोको टोकाईबाट १७ महिला र १६ पुरुषले केन्द्रमा उपचार गराउनु परेको छ ।
भारत देखि ओखलढुंगासम्मका विरामी ः
महोत्तरीका प्राय हरेक स्थानमा स्वास्थ्य चौकी र अस्पताल रहेपनि एन्टीभेनम बर्दिवास र जलेश्वरमा मात्र उपलब्ध छ । सर्पदंशको उपचार अति संवेदनशिल उपचार पद्दती भएकोले सवै स्थानमा हालसम्म यसको व्यवस्था रहेको छैन । अन्य जिल्लाहरुमा पनि निश्चित स्थानमामात्र सर्पदंश उपचारको सुविधा उपलब्ध छ । महोत्तरीले सर्पदंश उपचारमा पाएको सफलताकै कारण यहा निक्कै टाढा टाढाका विरामीहरु समेत आउने गरेका छन । भारतको विहार राज्यको विभिन्न स्थान तथा नेपालकै धनुषा,सर्लाही,सप्तरी,सिरहा र ओखलुढुंगाका विरामीहरु उपचारको लागि आउने गरेका हुन ।
कसरी जोगिने ः
मिथिला वाईल्ड लाईफ ट्रस्टका संचालक देव कुमार मण्डल सर्प किसानको मृत भएको बताउदै सर्पसंग जोगिदै सर्पको संरक्षण गर्नु अपरिहार्य रहेको बताउछन । उनी हालसम्म ४२ प्रजाती सर्पको आफ्नो संस्थाले उद्धार गरेको बताउदै सो मध्ये गोमन,करैत र भाईपरमात्र विषालु भेटिएको थपे । उनले राजमार्ग तल गोमन र करैत तथा राजमार्ग माथि भाईपर पाइने गरिएको बताउदै विषालु तथा अविषालु दुवै सर्पको प्रकृति तथा किसानलाई खाँचो रहेको बताए ।
मानव र सर्प एउटै वातावरणिय परिवेशमा बाच्ने भएकोले सर्पलाई मारे भोलिको दिनमा मानवलाई खाद्यान्न संकट समेत आउने उनको तर्क छ । अहिले हाम्रो बालिनाली खाने विभिन्न प्रजातीका किराफट्यांग्रा तथा मुसा सर्पले खाईदिदा प्राकृतिक संतुलन भई बालिनाली जोगिने गरेकोमा सर्प मारे बालिनाली समेत संकटमा पर्ने र खाद्यान्नको थप हाहाकार हुने उनी बताउछन । यसका अलावा एन्टीभेनम बनाउन देखि स्तनक्यान्सरको उपचारको लागि औषधी बनाउन तथा विभिन्न कडा प्रकृतिका पेनकिलर बनाउन समेत सर्पकै विषको आवश्यक्ता पर्ने गरेको मण्डल बताउछन । उनीे सर्पसंग जोगिनु भने आवश्यक रहेको थप्छन ।
घाँस काट्न वारी वा जंगल जादा घास काट्ने ठाउ वरिपरी लठीले चलाएर मात्र बस्न,झुल लगाएर सुत्न तथा उज्यालोमा मात्र हिडडुल गर्न वा हातखुट्टा यताउती चलाउन सल्लाह दिन्छन । आफ्नो सतर्कता अपनाए सर्पले नटोक्ने र सुरक्षित भई प्रकृतिमा मानव तथा सर्प समेत बाच्न सक्ने उनी बताउछन ।