
गोपाल झा
महोत्तरी , श्रावण १२ गते
महोत्तरीमा विश्व हिन्दु परिषद नेपालको बिभाग स्तरीय वार्षिक योजना बैठक सम्पन्न भएको छ ।
दुई दिन सम्म चल्ने विश्व हिन्दू परिषद नेपाल महोत्तरीद्वारा आयोजित बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना कार्यक्रम पत्रकार महासंघ महोत्तरी साखाको सभाकक्षमा पहिलोदिन शुक्रबार परिषदको धनुषा जिल्ला बिभागिय अध्यक्ष अंकेश्वर यादवको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न गरिएको छ ।
बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना बैठकमा समाजमा रहेको बिसंगती ,बिमती र सनातन धर्ममाथी हुँदै आएको प्रहारलाई रोक्न हिंदू समाज लाई मजबूत गर्ने, हिंदू जीवन दर्शन र आध्यात्म को रक्षा, संवर्द्धन र प्रचार गर्ने, विदेश मा बस्ने हिंदुहरूसँग तालमेल राख्ने , हिंदू र हिंदुत्व को रक्षा को लागि संगठित गर्ने र सहयोग गर्ने प्रती बैठकमा सहभागी बक्ताहरुले जोड दिएका हुन् ।
यादवको अध्यक्षतामा सम्पन्न बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना कार्यक्रममा प्रमुख अतिथी महोत्तरीको मलिवारा कुटीका महन्थ भरत शरण बैष्णव बिशिष्ट अतिथी जलेश्वर नगरपालीकाका मेयर सुरेश साह सोनार , विश्व हिन्दु परिषद नेपाल महोत्तरीका जिल्ला अध्यक्ष ब्रजेश कुमार झा अतिथीहरु उद्योग बाणीज्य संघ जलेश्वरका अध्यक्ष लवराजा सिंह परिषदका पदाधिकारी जनक नन्दीनी शरण , राम दयाद साह , बिरगन्जका श्री कान्तमणी त्रिपाठी , जनकपुरका आम प्रकाश सर्राफ लगायतको विशेष उपस्थिति रहेको थियो । बैठकमा परिषद तथा एकल अभियानका राष्ट्रिय स्तरका पूणर्कालिक कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।
बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना बैठकबाट बर्ष भरीको बिभिन्न योजनाहरु तयार गर्ने विश्व हिन्दु परिषद नेपाल महोत्तरीका जिल्ला अध्यक्ष ब्रजेश कुमार झाले बताएका हुन् । बैठकमा करिब १०० जनाको उपस्थिति रहेको थियो ।