महोत्तरी,२५ मंसिर ।
नेकपा एमालेको सचिवालय समितिको शनिवार बसेको बैठकले प्रदेश साँसदहरुको नाम टुंगो लगाएकोमा उक्त सुचिमा जसपा परित्याग गरि एमाले प्रवेश गरेकि निवर्तमान प्रदेश साँसद डा.रिना यादवको नाम पर्न सकेन । एमालेका विभिन्न नेता तथा पार्टी अध्यक्ष केपी ओली समेतकै प्रस्तावमा निर्वाचन पुर्व एमाले प्रवेश गरेकि डा.यादवले पार्टी अध्यक्षबाटै प्रदेश साँसद पाउने आश्वासन पाएपनि शनिवारको बैठकले उनको नाम सुचिमा पर्न सकेन ।
डा.यादवसंग फोनमा भएको कुराकानीमा उनले भनिन,“अध्यक्ष ज्युले आफै आश्वस्त पार्नु भएको थियो । तर खै कसरी सुचिमा नाम समावेश भएन । सुचिमा महोत्तरीमा एकजनाको समेत नाम सिफारिस भएको देखिएन । निर्णयमा महोत्तरीलाई किन बेवास्ता गरियो थाहा भएन । ”
सिफारिस भएको ८ जना मध्ये पाच जना धनुषाकै परेकोमा समेत केहि एमालेकै नेताले रोष प्रकट गरेका छन । उनीहरुले समानुपातिक मत धनुषामा मात्रै परेको हो कि अन्य जिल्लामा पनि परेको हो ? भन्ने प्रश्न गर्दै अझै संसोधनबाट महोत्तरी लगायतका जिल्लाहरुसंग पार्टीले न्याय गर्नु पर्ने बताए । महोत्तरीबाट एमालेले सम्मानजनक मत पाएपनि समानुपातिकमा धनुषालेमात्र मौका पाउनु महोत्तरीसंगको विभेद भएको समेत केहि नेताहरुको आरोप छ ।