रञ्जन भण्डारी
महोत्तरी,११ कार्तिक ।
महोत्तरीको भंगहा नगरपालिका ८ मा विहिवार भएको साम्प्रदायिक दंगा पछिको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको कफर््यु पछि यसलाई पुर्णरुपमा सामान्य परिस्थितिमा ल्याउन सुरक्षा निकाय सहितको सर्वदलिय वैठक जिल्ला प्रसासन कार्यालय महोत्तरीमा शुक्रवार वसेको छ । उक्त वैठकले घाईतेलाई क्षतिपुर्ति,घटनाको छानविन र दोषीलाई कार्यवाही,आपसी सदभाग कायम गर्न सर्वदलिय संयन्त्रको ग्राउण्ड मै उपस्थिति भई सदभाग र्याली निकालिने लगायतका निर्णयहरु गरिएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीको अध्यक्षतामा बसेको उक्त सर्वदलिय वैठकमा घटना वारे सवै दल तथा जनप्रतिनिधीबाट आएको धारणालाई समेटदै पुनः सो ठाउमा आपसी सदभाव कायम गर्न सवैको जिम्मेवारी रहेको र यसमा सवै दलले सघाउने प्रतिवद्धता सहित निर्णयहरु गरिएको हो ।
छलफलमा गरिएको निर्णयहरुमा आगामी निर्वाचनलाई शान्तिपुर्ण,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सवै राजनैतिक दल,उम्मेदवार र सरोकारवाला पक्षहरुले सहयोग पुर्याउने , दुई पक्षविच भएको असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरि सामाजिक सदभाव कायम गर्न घटनामा सम्वद्ध दुवै पक्षलाई र आम नागरिकलाई आव्हान गर्ने ,घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरि क्षतिपुर्तिको सिफारिस गर्न टोली गठन गर्ने,घाईतेको सिर्घ स्वास्थ्यलाभको कामना गर्दै घाईतेको तत्काल उपचार खर्चको लागि आवश्यक व्यवस्था हुन गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने ,घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी प्रकृया बमोजिम कार्यवाही अगाडी वढाउने,घटनाको छानविनको लागि उच्च स्तरिय टोली गठन गर्न नेपाल सरकार गृह मन्त्रालयसंग अनुरोध गर्ने र सर्वदलिय÷सर्वपक्षिय संयन्त्रले परिस्थितिलाई काबुमा राख्ने तथा सामाजिक सदभाव कायम गर्न सदभाव र्याली गर्ने,दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने लगायतका निर्णय गरेको छ ।
छलफलमा क्षेत्र नं. २ का निवर्तमान प्रतिनिधीसभा सदस्य शरत सिंह भण्डारी सहितका निवर्तमान प्रदेश साँसदहरु,निर्वाचित नगरप्रमुखहरु तथा राजनितिक दलहरुका पार्टी अध्यक्ष तथा प्रतिनिधीहरु समेतको उपस्थिति रहेको थियो ।
यता कफर््यु कतिवेला हटाउने वारे हालसम्म निर्णय नभैसकेपनि चाडै कफर््यु हटाउने विषयमा समेत छलफल चलिरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी पहाडीले वताए