रञ्जन भण्डारी
महोत्तरी,१० कार्तिक ।
महोत्तरीको भंगहा नगरपालिका ८ मा हिन्दु मुस्लिम(दुई समुह) बिच दंगा भडकिदा प्रहरी सहित दर्जनौ व्यक्ति घाईते भएका छन । स्थिति तनाव ग्रस्त हुदै गएपछि विहिवार अपरान्ह ४ बजे देखि जिल्ला प्रसासन कार्यालय महोत्तरीले दंगाग्रस्त क्षेत्रमा कफर््यु लगाएपछि भने स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सुरक्षा व्यवस्था अझै दुरुस्त पार्न नेपाली सेनाले समेत सोहि क्षेत्रमा गस्ती सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले स्थिति पुर्णरुपमा नियन्त्रणमा रहेको प्रतिकृया दिएका छन ।
दंगा नियन्त्रणमा लिन प्रहरीले लगभग ४० राउण्ड अश्रुग्यास सहित विभिन्न हतियारबाट हवाई फायर समेत गरेकोमा दंगा गर्ने पक्षबाट भएको ढुंगामुढाबाट ,भगदडमा र प्रहरीको लाठीचार्ज तथा हवाई फायर समेतले प्रहरी सहित दर्जनौ व्यक्ति घाईते समेत भएका छन ।
दंगाकै दौरान दुई पक्षलाई शान्त गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी चन्देश्वर यादव समेत खटेकोमा दंगा गर्ने समुहबाट फालिएको ईटा लागेर उनी समेत घाईते भएका छन । डिएसपी यादवको दाहिने हातको कुहिनामा ईटाले चोट लाग्दा उनी घाईते भएका हुन । उनको हातमा पहिले देखि नै स्टिल लागेकोमा ईटाको चोटले हात सुन्निएको डिएसपी यादवले बताए । उनले आफुसंगै ड्युटीमा खटिएका एक हवल्दारको खुट्टामा गम्भिर चोट लागेको तथा एक असईको वाया कुममा चोट लागेको उनले थपे । साथै थप केहि प्रहरीको छाती,करंग लगायतका शरिरका विभिन्न भागमा घरको माथिबाट वर्षाएको ढुंगाले चोटपटक लागेको उनले बताए ।
त्यसतै शसस्त्र प्रहरी तर्फ समेत शसस्त्र प्रहरी निरिक्षक सहित चारजना शसस्त्र प्रहरीलाई ढुंगामुढाले चोटपटक लागेको शसस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीले बताए । उनले शसस्त्र प्रहरीको तर्फबाट ४ राउण्ड अश्रुग्यास फायर गरिएको थपे ।
सर्वसाधारण समेत भए घाईते ः
दंगा भई घटना स्थल र वरपरको माहोल तनाव ग्रस्त हुदा केहि सर्व साधारण समेत घाईते भएका छन । लोहारपट्टी नगरपालिका ४ खुट्टा निवासी ४२ वर्षिय मोजिम राईन सोहि बाटो प्रयोग गर्दै आफ्नो मोटरसाईकलमा घर तर्फ गईरहेकोमा केहि दंगा गर्ने व्यक्तिहरुले उनलाई बाटोमा रोकि लठी तथा फलामले प्रहार गरि घाईते बनाएको राईनका आफन्तले जनाएका छन । उनको टाउकोमा गम्भिर चोट लागेकोमा हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचार भैरहेको छ । यता दंगा नियन्णमा लिन प्रहरीले चलाएको गोली लागि भंगहा नगरपालिका ८ पररियाकै २१ वर्षिय ईन्ताज राईनको दाहिने हातको नाडीमा गोली लागि उनी घाईते भएका छन । उनको उपचार जनकपुर स्थित दैविक अस्पतालमा भैरहेको छ । उनलाई धरान रेफर गर्ने तयारी रहेको बताइएको छ ।त्यसतै सोहि ठाउ निवासी जिवछ नदाफको दाहिने खुट्टामा गोलीको छररा लागेकोमा स्थानिय निजि क्लिनिकमा उनको उपचार भैरहेको छ । उनको अवस्था भने सामान्य रहेको बताइएको छ । सो वाहेक विभिन्न उमेर समुहका ३० जना भन्दा वढीलाई सामान्य चोटपटक तथा केहिलाई अस्पताल नै भर्ना हुने गरि चोटपटक लागेकोमा उनीहरुको विवरण तथा उपचार भैरहेको स्थान वारे अझै जानकारी हुन सकेको छैन ।
सवारी साधन समेतमा आगो लगाइयो ः
दंगाले उग्र रुप लिदै गएपछि केहि सवारी साधनमा आगजनीको सागै मस्जिद र केहि स्थानियको घरमा समेत तोडफोड गरिएको छ । दंगाकारीहरुले घरमै लगाईराखेको प्रदेश २—०२—००४प ९८०५ नं.को मोटरसाईकल,थप नम्बर खुल्न नसकेको १ मोटरसाईकल र नम्बर खुल्न नसकेको एक टेम्पोमा आगजनी गरिएको छ भने एकथान डिजे बोकेको बोलेरो पिकअपमा समेत पुर्णरुपमा क्षति पुर्याइएको छ । सोको अलावा समेत केहि सवारी साधनमा सामान्य तोडफोड गरिएको स्थानियहरुले बताएका छन ।
किन भडकियो दंगा ?
हिन्दु सम्राट सेना नामक हिन्दुवादी समुहले भंगहा नगरपालिका ९ हरिनमरी देखि अजगेवा,पररिया चोकबाट धर्मपुर हुदै भंगहा नगरपालिकाको सवै वडामा र्याली घुमाई कंचनवनमा अन्त्य गर्ने योजना बनाएकोमा भंगहा नगरपालिका ८ पररिया चोकमा आएर सोहि चोकमा रहेको गोलम्बरमा झण्डा झुण्ड्याउन खोज्दा अर्को पक्षबाट ढुंगामुढा भएपछि स्थिति तनावग्रस्त हुदै दंगामा परिणत भएको हो । तर अर्को पक्षले भने हिन्दुवादी समुहले झडपको पहल गरेको आरोप लगाएको छ ।
घटना वारे हिन्दु सम्राट सेनाका संयोजक राजेश यादवले आफुहरु संयमित भई र्याली अगाडी बढाउने क्रममा सार्वजनिक चोकमा हनुमानजी र श्रीरामजीको फोटो अंकित झण्डा झुण्ड्याउन खोज्दा आफुहरुमाथि एक्कासी घरको छतबाट ढुंगामुढा गर्न थालिएको बताए । उनले झडपको क्रममा आफुहरुको पक्षबाट कुनै सवारी साधनमा क्षति नपुर्याइएको समेत थपे । उनले आफु समेत झडपमा गम्भिर घाईते भएको र हाल उपचारमा रहेको बताए ।
बुधवार लक्ष्मीजीको प्रतिमा विसर्जनकै समय समेत सोहि ठाउमा विवाद भएको र सो अगावै समेत केहि दिन पुर्व अष्टजामको समय भजन बजिरहेको बाजा बन्द गराइएकोमा विहिवार निस्केको र्यालीको दौरान सुरक्षाकर्मीहरुको भारी उपस्थिति रहेको थियो ।
कसको गल्ती कसको क्षति ?
यता हिन्दु र मुस्लिम पक्ष भनिएर भएको दंगामा दर्जनौ व्यक्ति घाईते र अवस्था तनाव ग्रस्त हुनुका साथै भएको भौतिक र अन्य क्षतिको जिम्मेवारी दुई पक्षले लिन मानेका छैनन । दुवै पक्षले एक अर्को पक्षमाथि नै आरोप प्रत्यारोप लगाएर चोखिन खोजेपनि प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्ने महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । उनले सुरक्षा व्यवस्था कडा पारिएको र स्थिति साम्य बनाउन सवै सरोकारवाला पक्ष लागेको थपेका छन ।