दिपेन्द्र झा मधेश प्रदेशका पुर्व मुख्य न्यायाधिवक्ता हुन । गैर न्यायिक हत्या,नेपालमा रहेका नागरिकता विहिन नागरिकको वकालत,मधेश आन्दोलनलाई अन्तराष्ट्रीयकरण गर्न सहयोगी भुमिका ,प्रदेश सरकारको कानुनी सल्लाहकार तथा अन्य विभिन्न भुमिका निर्वाह गरेर अन्तत राजनितिमा होमिएका छन । दिपेन्द्र झाले सर्वोच्च अदालतको न्यायाधिश बन्न सक्ने योग्यता हासिल गरेका भएपनि अचानक उनी राजनितिमा होमिएपछि चर्चाको विषय बनेको छ । मधेशवादी दलको रुपमा स्थापित जसपाबाट प्रतिनिधीसभाको दावेदारको रुपमा उभिएपनि पार्टीले प्रदेशमा उनलाई टिकट प्रदान गरेपछि उनी क्षेत्र ३ क को प्रदेश साँसदको उम्मेदवारी दिई हाल जनताको बिचमा आफ्नो भिजन लिएर घर घर पुग्दै छन । कानुनको धारा कनठष्ट गरि सोहि धाराहरुमा रमाउने दिपेन्द्र झाले किन रोजे राजनितिी ? प्रस्तुत छ उहासंग गरिएको कुराकानीको संक्षिप्त र सम्पादित अंश ।
प्रश्न ः कानुनको विद्यार्थी भएर राजनितीमा कसरी प्रवेश गर्नु भयो ?
उत्तर ः एउटा मानवअधिकारवादीको भुमिका होस वा दश वर्ष वकालत गरेको भुमिका वा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको भुमिकामा मैले राम्रो गरेको मेरो बुझाई छ । मैले पाएको जिम्मेवारी मैले पुरा गरेको छु ।
राज्यले गैर न्यायिक हत्या गरिरहदा एउटा मानवअधिकारवादीको भुमिकामा मैले गैर न्यायिक हत्या विरुद्धमा लडे र आवाज उठाए । मैले गैर न्यायिक हत्या विरुद्ध एडभोकेसी गरे र धेरै मुद्दामा सफलता हात पारे । त्यसतै मैले एउटा वकिलको भुमिका निर्वाह गरिरहदा नागरिकता विहिन देखि विभिन्न हिंसा तथा जघन्य अपराधमा परेका गरिव सोसित र पिडित तथा न्यायको बन्चितिकरणमा परेकाहरुको लागि कानुनी धाराहरुको प्रयोग गर्दै लडे । मैले मेरो दुई भुमिका निर्वाह गरिरहदा मधेश आन्दोलन चर्कियो र आन्दोलनको विरुद्ध सरकार क्रुर हुदै गयो । मैले आन्दोलना भएको दमनको विरुद्धमा समेत आफुले खेल्न सकिने भुमिका खेले र मुद्दा अन्तराष्ट्रीयकरण हुन मेरो सानो योगदान रह्यो । सो पछि प्रदेश सरकार बन्यो र सो सरकारमा मैले प्रदेशको कानुन बनाउन सहयोग,सल्लाह र सुझाव दिन तथा मुख्य न्यायाधिवक्तालाई तोकिएको जिम्मेवारीहरु पुरा गरे । मैले यो सव गरिरहदा सवैको जड् राजनिति नै देखे र मेरो अबको भुमिका संघिय संसदमा हुन सक्छ, मैले लडेका हरेक विषयको वारेमा मैले सरकारमै आफ्नो कुरा राख्न पाउछु र सरकारलाई मैले अनुभव गरेका सम्पुर्ण विषयमा ध्यानाकर्षण गराई यस क्षेत्रको विकासको लागि मधेशको मुद्दाको लागि लडाई लडेर जित्न सक्नु भन्ने सोचका साथ म राजनितीमा प्रवेश गरेको हु । तर मैले प्रतिनिधीसभाको लागि आफुलाई तयार गरेपनि मैले रोजेको पार्टीले अन्तत मलाई प्रदेशकै लागि लडाई लड्न निर्देशन दिएपछि पार्टीको निर्णयलाई मान्दै म चुनावी तयारीमा व्यस्त भएको छु । मैले पाएको मौका र ठाउबाट नै मैले जनताको आवाज निर्णायक ठाउसम्म पुर्याउन सक्छु भन्ने विश्वास छ ।
प्रश्न ः मधेश आन्दोलन,नागरिकताको कुरा गरिरहदा सोहि विषयहरुको विरोधीको उपमा पाएको एमालेसंग भएको गठबन्धनमा तपाई कसरी जोडिनु भयो छ ? यो तपाईको सिद्धान्त र व्यक्तित्वसंग मेल खान्छ र ?
उत्तर ः दुई दल बिच गठबन्धन हुदा जरुरी छैन दुई दलले एक अर्काको सिद्धान्त समेत अपनाउछ भनेर । हामी एउटै घरमा हुदा समेत दुई भाईको कुरा नमिल्न सक्छ तर हामी एउटै मार्गमा केहि समय साथ चल्न सक्ने वातावरण छ भने चल्नलाई आपत्ति हुनु हुदैन । हामी केहि बुंदामा सहमत भएका छौ र सोहि बुंदाहरुमा हाम्रो गठबन्धन भएको छ । एकले अर्काको सिद्धान्तलाई भने अपनाएका छैनौ । मैले मेरो मुद्दासंग कहिल्यै सम्झौता गरेको छैन र गर्दिन पनि । यहा केहि पाईलासंगै चल्ने वातावरण बनेकोले हामीसंगै चलेकामात्र हौ । नागरिकताको मुद्दा,मधेश आन्दोलनमा लिपिबद्ध गरिएका बुंदाहरु,पार्टीको लक्ष्य र सिद्धान्तबाट हामी कोहि कतै भटकेका छैनौ । हामी ति सवै विषयमा तटस्थ छौ ।
प्रश्न ः तपाई भन्दा निक्कै पुराना र अनुभवि उम्मेदवारहरु छन,तपाई चुनाव जित्नु हुन्छ त ?
उत्तर ः मेरो कुनै उम्मेदवारसंग लडाई छैन । म कसैसंग लड्न पनि आएको होईन । म मेरो भिजन र मिसन लिएर मैले उम्मेदवारी दिएको क्षेत्रको जनतासंग सोहि भिजन र मिसन सुनेर मेरो हकमा मतदान गर्न आग्रह गर्न मात्र आएको हु । अन्य नेताज्युहरु जस्तै मेरो पनि देश र मधेशको लागि केहि गर्ने योजना छ,म त्यही योजना लिएर जनताको घर घर पुगेर मेरो भिजन र मेरो मिसनबारे जानकारी गराउदै छु । जनताले मेरो भिजन स्विकार्छन भन्नेमा म विश्वस्त छु ।
प्रश्न ः तपाईमाथि मुख्यमन्त्रीलाई भ्रष्टाचारमा सघाएको पनि आरोप छ नि ?
उत्तर ः पहिले त मुख्यमन्त्रीले भ्रष्टाचार गरेका छन वा छैनन त्यो अहिले प्रमाणित भैसकेको छैन । अर्को कुरा मैले सरकारलाई सरकारी कामकाज र सरकारी कानुनी व्यवधान लगायतका मुख्य न्यायाधिवक्ताले गर्नु पर्ने कार्य भित्र पर्ने काममा सघाएको हु । तर मैले सघाएको कुनै पनि विषय भ्रष्टाचारसंग जोडिएको छैन । तपाईले साईकल प्रकरण लगायतका विषयमा प्रश्न गर्न खोज्नु भएको होला तर त्यो विषयहरु मुख्यन्यायाधिवक्ताको क्षेत्रमा परेन ।
प्रश्न ःअन्त्यमा केहि भन्नु हुन्छ कि ?
उत्तर ः मैले पाएको सवै भुमिका मैले ईमान्दारी पुर्वक निर्वाह गरेको छु । वर्तमान समयमा आफुले सिकेका र बुझेका विषय वस्तुहरुलाई जनताले फाईदा पुग्ने गरि प्रयोग गर्न राजनितिमा होमिए । जनताले मलाई हरेक कदममा मार्ग निर्देशन गर्नेछन भन्ने आशा लिएको छु । धन्यवाद ।