महोत्तरी जिल्ला पासवान समाज कार्यसमिति द्वारा नेपाली हरुको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्व को उपलक्षयमा पासवान समाज महोत्तरी द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति को सभाहलमा आयोजित कार्यक्रम मा दशै तिहार तथा छठ पर्व को शुभकामना आदान-प्रदान सहित पासवान दलित समुदाय को उत्थान तथा राष्ट्र निर्माण का लागी अपरिहार्य सहभागिता बारे चर्चा परिचर्चा गरिएको पासवान जिल्ला समिति का अध्यक्ष सुनिल पासवान ले बताएका छन ।
दलित भित्र पर्ने पासवान समाज आफ्नो समाज प्रति सचेत हुँदै गईरहेको र यसका लागी पासवान समाज अग्रसर भईरहेकोले सफलता अवश्य भेट्ने छ यसका साथै शिक्षा को अपरिहार्य आवश्यकता लाई दर्शउदै एकताबद्ध भई समाज निर्माण मा लाग्नु पर्ने जलेश्वर नगरपालिका का पूर्व प्रमुख राम शंकर मिश्रले आफ्नो मन्तव्य का क्रममा बताएका छन ।
यसका साथै कार्यक्रम का प्रमुख अतिथि जलेश्वर नगरपालिका का प्रमुख सुरेश साह सोनार ले पासवान समाज को विकास र सहभागिता का लागी आफुले आवश्यक हरेक सहयोग गर्ने बताएका छन ।
कार्यक्रम मा पासवान समाज का पधादिकारी सहित मधेश प्रदेश महोत्तरी क्षेत्र ३ ख प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, मधेश प्रदेश का पूर्व मुख्यन्याधिवक्ता दिपेंद्र झा, एकडारा गाउपालिका अध्यक्ष दीपनारायण मण्डल, जलेश्वर नगरपालिका वडा ०२ का वडाध्यक्ष वरुण कुमार दहाल , पिपरा गाउपालिका वडा ०४ का वडाध्यक्ष वैदेही पासवान लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।