सिलाई कटाई तालिमका लागि प्रसस्त आवेदन,ब्युटी पार्लर दाेस्राे प्राथमिकता
रञ्जन भण्डारी
महोत्तरी।
हालै घरेलु तथा साना उद्योगको कार्यालय महोत्तरीले निशुल्क तालिम लिनेहरुको लागि सुचना निकालेकोमा अधिकांशले सिलाई कटाई सिक्न पाउन भनेर आवेदन दिएका छन । कार्यालयमा कुल परेको २८४ आवेदन मध्ये सिलाई कटाईमा मात्र १३९ आवेदन परेको कार्यालयले जनाएको छ । यता दोस्रो रोजाईमा अधिकांश तालिम लिन ईक्छुक महिला तथा किशोरीले ब्युटी पार्लर रोजेकि छिन । ब्युटी पार्लरको तालिमको लागि ४३ आवेदन परेको छ । यता कम्प्युटरमा २४,सर्फ र सावुन बनाउनेमा ३,अगरवत्तीमा ३९,लाहचुरामा २१,प्लम्बरमा १,मोबाइल मर्मतमा १ र मचिया बनाउने तालिमको लागि १ जनाले आवेदन दिएका छन ।
घरेलु तथा साना उद्योगको रुपमा सहजै संचालन गर्न सकिने सिलाई कटाई र ब्युटी पार्लरको तालिम अहिलेको मार्केटको अवस्था अनुसार नै आकर्षणमा परेको छ । गाउघर तिर र शहरी क्षेत्रमा समेत एउटै सिलाई मेसिनले समेत थोरै आयआर्जन गर्न सकिने भएकोले यसप्रति आकर्षण बढ्दो रहेको जलेश्वर कि रुवी सिंह बताउछिन । उनी सिक्न पनि सहज हुने र घरमै एउटै मेसिन राखेर समेत हातमुख जोर्न सकने जति काम आईहाल्ने भएकोले यसप्रति महिला तथा युवतीहरु वढी आकर्षित हुने गरेको उनी बताउछिन ।

हातमा सिप र दुई पैसाको आर्जन भएपछि जोसुकै समेत यसप्रति आकर्षित हुनु स्वभाविक रहेको साँढा कि मंजु मण्डल बताउछिन । उनी अहिले त एसइई वा १२ कक्षा पढिसकेर छोरीलाई पहिले यस्तै सिपहरु सिकाउने चलन बढेको थप्छिन । माईतमै वा विहे गरेर ससुराली गएपछि समेत सिलाई कटाई निक्कै फलदायक हुने र सामान्य काम गर्ने वातावरण मिल्ने ससुरालीमै घरमै मेसिन राखेर काम गर्दा ससुराली पक्षबाट असहयोग नहुने भएकोले आकर्षण बढ्ी भएको उनको तर्क छ ।
त्यसतै सिलाई कटाई पछिको दोस्रो रोजाईमा पर्ने ब्युटी पार्लरकै अहिले बजारमा तछाड मछाड छ । केहि वर्ष पुर्व जलेश्वरमै ब्युटी पार्लर खोज्न नै मुस्किल हुने गरेपनि अहिले बजारमा छ्याप्छ्याप्ती रुपमा ब्युटी पार्लर खुलेको देखिन्छ । जलेश्वरमै रहेको कामिनी ब्युटी पार्लर कि संचालिका कामनी साह भने सुन्दर देखिन ब्युटी पार्लर धाउने महिला तथा किशोरीहरुको जमात ठुलो रहेकोले ब्यापार राम्रै चल्ने गरेको बताउछिन ।

संसारका प्राय सवै महिला सुन्दर देखिन चाहन्छिन र ब्युटी पार्लर सुन्दर बनाउने ठाउ भएकोले ब्युटी पार्लरको व्यवसाय फस्टाउदो छ ।
तर उनी सामान्य सिकाईले मात्र राम्रो ब्युटिशियन बन्न नसकिने बताउदै सामान्य रुपले दिईने ब्युटी पार्लरको तालिम पश्चात समेत केहि थप कोर्सहरु गरेर पोख्त भईमात्र व्यवसाय संचालन गर्दा राम्रो हुने उनी बताउछिन । अल्पज्ञानले ग्राहकलाई असन्तुष्टी हुन सक्ने भएकोले ब्युटी पार्लरमा राम्रो स्कोप भएकोमा त्यसको लागि सोह स्तरको सिकाई हुनु पर्ने ब्युटिशियन साह थप्छिन ।
घरेलु तथा साना उद्योगको कार्यालयले प्राय हरेक वर्ष यस्ता तालिमहरु संचालन गर्दै आईरहेकोमा तालिम फलदायी भएपनि तालिम पश्चात तालिम लिएकाहरुको लागि सानो व्यवसाय गर्न अन्य सहयोग गर्न सकिए महिलाको हकमा आत्मनिर्भर बन्न थप सहयोग पुग्ने ओरेक महोत्तरी कि लिला दियाली बताउछिन । उनी योसंगै मिथिला चित्रकला,मेहंदी लगाउने तालिम,कृषी र पशुजन्य तालिममा समेत महिलाको सहभागिता हुनु आवश्यक रहेको थप्छिन ।
उनी यस्ता तालिमहरुले
घरेलु हिंसामा परेर समस्यामा परेकि महिलाहरुका लागि समेत अत्यन्त लाभदायक हुने बताउछिन । प्राय आफुसंग पैसा नभएर श्रीमान तथा ससुराली वा माईतकै सहामा विभिन्न दुःख सहदै बस्नु पर्ने बाध्यता हुने गरेकि महिलाको हकमा यस्ता तालिमले उनी आफै सक्षम हुन सक्ने भएकोले कसैको आसमा बस्न नपर्ने दियाली बताउछिन ।
उनी ओरेक महोत्तरीबाट समेत जिविको पार्जनको कृषी र पशुपालन लगायतकाका विभिन्न सिपमुलका तालिमहरु दिईनुका साथै तालिम पश्चात उनीहरुलाइ सिकेको गुणलाई अर्थमा परिवर्तन गर्न व्यवसाय संचालन हुने गरि र आत्मनिर्भर बनाउन विभिन्न सामग्रीहरु उपलब्ध गराउदै आएको दियालीको भनाई छ ।