महोत्तरी,२६ भदौ ।
महोत्तरीको जलेश्वर,पिपरा र लोहारपट्टी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई ६ दिने आधारभुत क्लिनिकल तालिम दिइएको छ । रतौली युवा क्लवको सहजीकरण तथा सेभ द चिल्ड्रेन को सहयोग र स्वास्थ्य कार्यालयको आयोजनामा जलेश्वर स्थित रेडक्रसको सभाहलमा उक्त तालिम समापन भएको हो ।
समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत उक्त तालिम दिइएको हो । मातृ र शिशु मृत्यु दर कम गर्न सहयोग पुग्ने उदेश्यका साथ तालिम दिइएको आयोजकले बताएका छन ।
समापन कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख विनोद यादवले तालिममा सिकेका कुराहरु स्वास्थ्यचौकी तथा अस्पतालमा प्रयोगमा ल्याउन सकिए धेरै नवजात शिशु र आमाको ज्यान जोगाउन अहम भुमिका खेल्ने बताए । उनले विगतको ६ दिनमा प्रशिक्षकहरुबाट मानव स्वास्थ्यमा असर पर्दा स्वास्थ्य समस्या अनुसार अपनाउन सकिने अधिकांश तरिकाहरु सिकाइएको तथा गर्भवति तथा प्रसुतिकै स्वास्थ्यका बारेमा विभिन्न कुराहरु सिकाइएकोले तालिममा सिकेका प्रविधी,तरिका र जानकारीलाई आफ्नो कार्यक्षेत्रमा उपयोग गर्न प्रशिक्षार्थीहरुलाई सल्लाह दिए ।
यता रतौली युवा क्लवका निर्देशक वैद्यनाथ चौधरीले स्वास्थ्यकर्मीहरु समाज र समाजमा बस्ने मानवहरुका लागि देउता नै हुने भएकोले तपाईहरुले यहा सिकेका कुराहरु आफ्नो कार्य गर्ने समय उपयोग गर्न आग्रह गरे । उनले तालिममा उपस्थित सवै स्वास्थ्यकर्मीहरु पढेर नै आएको र तालिममा सिकाइएका प्राय हरेक कुरा पहिले नै सिकिसकेपनि यो तालिम रिफ्रेसमेन्टको रुपमा रहेकोले यसले पहिले नै सिकेका कुराहरुलाई रिभाईज मात्र गराएको बताए । उनले हाल तिन पालिकाका स्वास्थ्यकर्मीलाई मात्र तालिम दिइएपनि आगामी दिनमा महोत्तरीका हरेक पालिकालाई तालिममा जोड्ने उदेश्यका साथ आफुहरु अगाडी बढेको बताए ।