महोत्तरी,२६ भदौ ।
मनरा सिस्वा नगरपालिकाले नगर भित्रका अतिक्रमित सडकहरु खाली गराउन थालेको छ । गत साता सुचना नै प्रकाशित गरेर सडकमा राखिएको विभिन्न सामग्रीहरु हटाउन तथा अतिक्रमण मुक्त गर्न जानकारी गराएपनि सडक खाली नगरेपछि मेयर मोहन पाण्डेयको नेतृत्वमा नगरपालिकाको टोलीले सडकहरु खाली गराउन थालेको हो ।
मेयर पाण्डेयले सडक अतिक्रमण हुदा आवागमनमा बाधा अवरोध हुने गरेको र दुर्घटना हुने जोखिम समेत रहेकोले सडकहरु अतिक्रमण मुक्त गराउन थालिएको बताए । उनले सुरुमा नरम भएर नै अनुरोध गर्न थालिएपनि विस्तारै अतिक्रमण प्रति कडा हुदै जाने बताए ।
अझै केहि व्यक्तिले नगरपालिकाले अतिक्रमण हटाउन थालेपछि लोकलाजले भएपनि केहि व्यक्ति आफै समेत हटाउन थालेकोमा यति हुदा समेत अटेरी गर्नेहरु विरुद्ध पालिका कडा नै हुदै जाने बताए ।
यता मनरा सिस्वा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत माघवेन्द्र चाैधरीले सडकमै गाई गोरु,बाख्रा लगायतका घर पालुवा जनावर राख्ने तथा सो को गोवर र काठ दाउरा समेत बाटोमै थुपार्ने गरेकोमा तत्काल यस्ता सामग्री सडकबाट हटाउन पालिकाको टोली लागिपरेको बताए । उनले सुरक्षा निकायको समेत सहयोगमा अतिक्रमण हटाउन थालिएको थपे ।