जनकपुरधाम, २१ भदौ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि माओवादी केन्द्रले २७ जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार जनकपुरधाम स्थित पार्टी कार्यालयमा बसेको जिल्ला, प्रदेश र केन्द्रिय सदस्यहरुको संयुक्त बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेका हुन् ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य समेत रहेका मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ ।
यस्तै प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ (क) का लागि माओवादी धनुषा जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव दिपक, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्बर १ (ख) का लागि सरोज यादव, प्रदीप साह, गुलाब यादव, सूर्यनारायण मण्डल र विरेन्द्र महतोको नाम केन्द्रिय समितिमा सिफारिस गरेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दिपक यादवले जानकारी दिए ।