महोत्तरी, भदौ २१ गते ।
कांग्रेस महोत्तरीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ उम्मेदवारहरुकाे नाम सिफारिस गरेको छ । सिफारिस गरेका नामावली सोमबार नै प्रदेशमा पठाएको कांग्रेस महोत्तरीले जनाएको छ ।
सिफारिसमा पर्नेहरुमा क्षेत्र न.१ प्रतिनिधिसभाको लागी कल्याण गुरुङ, सिताराम भण्डारी, मुकेशराज काफ्ले र मनु प्रसाद अधिकारी छन् भने समानुपातिकतर्फ जितेन्द्र महतो, गाखुल कुशवाहा, बिष्णु देव यादव र प्रतिमा कोइराला छन् ।
प्रदेशको प्रत्यक्षतर्फ ‘क’ मा चिरञ्जीवी हमाल, महेश झा, सुरेश यादव र बिनोद बराल सिफारिस भएका छन भने ‘ख’ मा रेखा यादव, ओमनारायण माहासेठ, महेश सिंह दनुवार र गोखुल सिंह कुशवाहा छन् । गोखुल कुशाहाको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ र प्रदेशको प्रत्यक्षतर्फ पनि सिफारिस भएका छ ।
त्यसैगरी ‘ख’ मा समानुपातिकतर्फ उपेन्द्र ठाकुर, राधेश्याम भगत, उषा देवकोटा, मन्दिप भारती र ‘क’ को समानुपातिक तर्फ शिवनारायण यादव, रुपनारायण सिंह, राजकुमार साह र सरिता परियारको नाम सिफारिस भएको कांग्रेस महोत्तरीले जनाएको छ ।
सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बाँकी रहेका सवै क्षेत्रको सिफारिस टुंग्याएको छ । निर्णयअनुसार क्षेत्र न. २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ किरण यादवको एकल नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ सरोज कुमार शर्मा, ओमशंकर यादव, डा.लक्ष्मीनारायण सिंह, महेन्द्र कुमार मिश्र, सिकलि यादव गरी ७ जनाको नाम सिफारिस भएको छ ।
क्षेत्र २ को प्रतिनिधी सभाको प्रत्यक्ष तर्फ सुरुमै किरण यादवसंगै महेन्द्र यादव मधुकर र विरेन्द्र शर्मा समेतको नाम राखिएकोमा दुईजनाको नाम काटिएको हो । पार्टीको विधान अनुसार तिनजनाको नाम सिफारिस गर्नु पर्नेमा षडयन्त्रपुर्ण ढंगले एकजनाको नाममात्र सिफारिस गरिएको प्रति असन्तुष्टी जनाउदै महेन्द्र मधुकरले पार्टीको जिल्ला र प्रदेश कार्यालयमा लिखित आपत्ति सहितको निवेदन दिएका छन ।
यता २ को प्रदेशसभामा प्रत्यक्षतर्फ ‘क’ मा नागेश्वर यादव, सुशील यादव, बिनोद धामी र समानुपातिक तर्फ रामछबिला यादव, बिनोद यादव, चन्देश्वर मन्डल, भरत मण्डल छन । त्यसैगरी ‘ख’ मा प्रत्यक्षतर्फ मन्जुकुमारी यादव, लक्ष्मण प्रसाद ठाकुर, रोहित ठाकुर, राजकरण साह, समानुपातिक तर्फ नागेन्द्र शर्मा, राम कृपाल यादव, उमेश पासवान, श्यामा देवि पासवान सिफारिसमा परेका छन् ।
क्षेत्र न. ३ को प्रतिनिधिसभाको समानुपातिक तर्फ रामचन्द्र तिवारीको एकल नाम सिफारिस भएको छ भने प्रत्यक्षतर्फ बजरङ्ग नेपाली, शम्भु नारायण पाठक,बैजनाथ पाठक, रामतेज मिश्र गरी ४ जनाको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेशसभाको क मा प्रत्यक्षतर्फ राघवेन्द्र झा, डा. गरिव दास ठाकुर, बिनय कुमार यादव छन भने समानुपातिक तर्फ नरेन्द्र प्रसाद मिश्र र अनिता शर्मा छन ।
‘ख’ मा बिर्जु महतो, अशोक कुमार साह, दिलिप कुमार पाण्डे प्रत्यक्षतर्फ सिफारिस भएका छन । यता ख कै समानुपातिकमा १९ जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस हुनेहरुमा बलराम शर्मा,बरुण कुमार मिश्र,पुनम कुमारी,निनु कुमारी कर्ण,पवन साह,मिथिला बिहारी यादव,बलराम साह,नागेन्द्र दुवे,ललन कुमार तिवारी,मिनिता कुमारी झा,रामकली महासेठ,बाबु साहेव झा,सुरेश लाल कर्ण,प्रवेन्द्र पाठक,प्रकाश कुमार राय,राधेश्याम झा,श्याम नन्दन प्रसाद साह,सुलेमन अंसारी र चित्रलेखा यादव छन ।
क्षेत्र न.४ मा भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महेन्द्र रायको एकल नाम सिफारिस भएको छ । समानुपातिकतर्फ पनि महेन्द्र कुमार राय नै र संगीता मण्डलको नाम सिफरिस गरिएको काङ्ग्रेस महोत्तरीले जानकारी दियो ।
प्रदेशसभाको ‘क’ मा प्रत्यक्षतर्फ नरेन्द्र यादव, श्याम यादव, ख तर्फ दिपान्शु सिंह, राजाराम यादव र प्रेमचन्द्र यादव गरि ५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ बिन्देश्वर यादव, डा. अशोक यादव ‘क’मा र ‘ख’ तर्फ ललन कुमार सिंह र लिला कुमारी यादवको नाम सिफारिस भएको छ ।
जिल्लाले सिफारिस गरेर पठाएका नामहरुमाथी प्रदेशले छिट्टै टुंग्याएर केन्द्रमा पठाउने प्रक्रिया रहेको कांग्रेस जिल्ला सचिवालयले जनाएको छ ।