रञ्जन भण्डारी
मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले शनिवार राजिनामा दिएपछि उनको पदको अगाडी अव पुर्व शव्द जोडिएको छ । उनी मुख्यन्यायाधिवक्ता पदबाट राजिनामा दिदै सकृय राजनितीमा साेहि दिन देखि होमिएका छन । जनता समाजवादी पार्टीका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव तथा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत सहित पार्टीका वरिष्टतम तथा जुझारु नेता तथा कार्यकर्ता समेतको उपस्थितिमा उनी पार्टीमा प्रवेश गरेका छन । जलेश्वरमै पत्रकार सम्मेलन गरेर पदबाट राजिनामा दिएको घोषण गरे लगतै उनी जसपाको पार्टी प्रवेश कार्यक्रममा उपस्थित भई उपेन्द्र यादव सहितका नेताहरुको हातबाट सम्मान र स्वागत ग्रहण गर्दै पार्टीमा प्रवेश गरेका हुन ।
निश्चय पनि मुख्यन्यायाधिवक्ता जस्तो गरिमामय पद र न्यायाधिश नै बन्न सक्ने अवसरलाई थाती राख्दै राजनितीमा प्रवेश गर्नुको उदेश्य उनले पत्रकार सम्मेलन गरेर प्रस्ट्याई सकेका छन । आफु महोत्तरीको क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भई यस क्षेत्रको विकासमा भुमिका खेल्न खोजेको बताईसकेका छन । तर महोत्तरीको क्षेत्र नं. ३ मा पार्टीबाट टिकट पाएर पार्टीको पुराना नेता तथा कार्यकर्ता सहितको समर्थनमा क्षेत्र नं. ३ मा उहाको चुनावी यात्रा भने सहज हुने छैन । उनले पार्टी प्रवेशकै क्रममा आफ्नो बक्तव्य राखिरहेको बेला सभाहलमै पार्टीकै पुराना केहि नेता तथा कार्यकर्ताबाट असन्तुष्टी भने नआएको होईन । उनी पार्टी प्रवेश पछि आफ्नो अभिव्यक्ति दिईरहदा कार्यक्रममै घुमाउरो पाराले उनको विरोध गर्ने केहि आवाजहरु गुंजीरहेको र उनलाई बोल्न नै नदिई उनको स्पिच नै अवरोध हुने गरि हर्कतहरु भैरहदा उनले संयमित हुदै आफ्नो धारणा राखेरै छाडेका थिए । उनले कोहि तपाईको पार्टीमा आएर तपाईहरुसंगै काम गर्न खोजे त्यसको आलोचना भन्दा पनि स्वागत गरेर नवप्रवेशीको हौसला बढाउनु पर्ने टिप्पनी गर्दै पार्टी भित्रकै असन्तुष्ट पक्षहरुमाथि हावी भएको देखिए । उनले आफुले भन्न चाहेको सवै कुरा राखेर मात्र माईक छाडेकोमा महोत्तरीको राजनितीमा केहि परिवर्तन हुने संकेत देखिएको छ ।
प्रवेश लगतै पार्टी भित्रकै असन्तुष्टीको सामना गरिरहेका नेता झालाई पार्टी बाहिर पनि सहज माहौल नरहेको निश्यच पनि भान भएकै हुनुपर्छ उनी आफ्नो भिजन क्लियर भएको बताउदै आगामी पंच वर्षिय टागरगेट समेत सार्वजनिक गर्न भ्याएका थिए ।
यात्रा सहज छैन ः
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर समेत पछिल्लो पटक निर्वाचित भएको यो क्षेत्रमा पुनः महन्थ ठाकुरले लड्ने हल्ला चलिरहदा उनको विरुद्धमा पुर्व न्यायाधिवक्ता झाको सम्भावित उम्मेदवारी हुन सक्ने भएपनि झा को बाटो कठिन गर्ने निश्चित छ । जनलोकप्रिय नेताका रुपमा रहेका लोसपा केन्द्रिय अध्यक्ष महन्थ ठाकुर सर्वमान्य नेता भएकोमा पछिल्लो निर्वाचन पश्चात उनको क्षेत्रको नेताको रुपमा लोकप्रियतामा केहि ह्रास आएको महसुस भैरहेपनि उनले पाएको मत आफ्नो पक्षमा पार्न दिपेन्द्र झालाई सहज नहोला । तर पछिल्लो समय महन्थ ठाकुरसंगको जनअपेक्षामा केहि हदसम्मको असन्तुष्टीले झाले थोरै फाईदा भने पाउन सक्नेछन । तर २६८४५ मत ल्याई झण्डै तिन गुणा भन्दा वढीको मतान्तरले आफ्नो प्रतिपक्षीसंग विजयी भएका नेता ठाकुरसंगको प्रतिस्पर्धाको लागि झालाई ग्राउण्ड वर्क निक्कै गर्नु पर्ने हुन्छ ।
यता २०७४ को निर्वाचनमा भाग नलिएका नेकपा एमालेका नेता राम दयाल मण्डलकै समेत सोहि स्थानमा चुनावी मैदानमा उत्रन सक्ने सम्भावना रहेकोमा झालाई उनीसंग पनि टक्कर लिनै पर्ने हुन्छ । गत संविधानसभाको निर्वाचनमा साँसद रहिसकेका नेता मण्डल यस क्षेत्रको अनुभवी र जनप्रिय नेताको रुपमा परिचित रहेकोमा जसपा नेता झालाई चुनावी तयारीको लागि कठिन संघर्ष गर्नै पर्ने हुन्छ । महन्थ ठाकुर,रामदयाल मण्डलसंगै जनमत पार्टी सहितका अन्यबाट समेत उम्मेदवारी दिने नेताहरुसंग समेत सोहि अनुरुपको संघर्ष गर्नु पर्ने हुन्छ ।
जसपाको तर्फबाट क्षेत्र नं. ३ को आकांक्षी उम्मेदवार झालाई राष्ट्रीय अध्यक्षको टिकटको लागि आश्वासन र सोहि आश्वासनको भरमा मुख्यन्यायाधिवक्ता पदबाट राजिनामा तथा जसपामा प्रवेश भएपनि, पार्टीबाट नाम नै प्रस्तावित भएका जसपा महोत्तरीका मेरुदण्ड मानिएका नेता हरि नारायण यादवलाई सन्तुष्ट पारेर उनको तथा पार्टीका अन्य नेता तथा कार्यकर्ताको साथ र सहयोग लिएर निर्वाचनमा होमिनु र होमिएर समेत जित हासिल गर्नुको यात्रा उनले कसरी तय गर्ने छन सो भने हेर्न बाकि छ ।
तथापी झाको युवा पुस्तामा र प्रवुद्ध वर्गमा आफ्नै लोकप्रियता रहेको र धेरैले उनलाई आईडल नै मान्ने गरेकोमा उनको पछिल्लो कार्यले निश्चय पनि झाको राजनितीक यात्रालाई सहज बनाउने छ । मधेश आन्दोलनकै आन्दोलन र आन्दोलनकारीको हितको लागि उनले निभाएको भुमिकाको अहिले पार्टी र जनताले उच्च सम्मान गर्नेछन भन्ने उनको आशा छ ।
उनी राजनितीमा होमिसकिएकोले चुनाव लड्नेमा ढुक्क हुन क्षेत्र ३ का जनतालाई आश्वस्त पार्छन ।