महोत्तरी ।
जसपाको क्षेत्र नं. ३ को क्षेत्रिय समितिले प्रतिनिधी सभा सदस्यको लागि पुर्व मन्त्री हरि नारायण यादवको नाम प्रस्तावित गरेको छ । क्षेत्रिय समितिको बैठकमा सवैले उनलाई नै समर्थन गरेपछि निर्विवाद उनको नाम प्रस्तावित भएको जसपाका केन्द्रिय सदस्य श्याम यादवले बताए । प्रभावशाली नेताको रुपमा परिचित पुर्वमन्त्री यादव जसपा भित्र र जनतामा समेत मजबुत पकड भएको नेताको रुपमा परिचित छन ।
यता आईतवार वसेको सोहि बैठकले ३ क मा ५ जना र ३ ख मा ९ जनाको प्रदेश सभा सदस्यको लागि नाम प्रस्तावित गरिएको छ । ३ क बाट शुशिल झा,राहुल पाण्डेय,मिनु झा,मोजिम राईन र दिपेन्द्र यादवको नाम प्रस्तावित गरिएको छ भने ३ ख बाट श्याम यादव,कृष्ण शंकर साह,हरि नारायण मण्डल,राम नरेश यादव,सविता यादव,दरेश यादव,दिपेन्द्र यादव,शुशिल शर्मा र सर्वेश झा को नाम प्रस्तावित भएको हो ।
यता समानुपातिक प्रतिनिधी सभा सदस्यको लागि कुनै नाम नआएपनि प्रदेश सभाको लागि पाच पाच जनाको नाम सिफारिस भएको केन्द्रिय सदस्य यादवले वताए । समानुपातिकहरुको नामावली भने समाचार तयार पार्दासम्म उपलब्ध हुन सकेको छैन ।
क्षेत्रिय समितिले सिफारिस गरेको नामावली जिल्लामा पठाइने र जिल्लाबाट प्रदेश,राजनितिक समिति,संसदिय वोर्ड हुदै उक्त सुचि अन्तिम नामका साथ टिकटको लागि कार्यकारिणी समितिमा जानेछ ।