महोत्तरी,८ गते ।
उच्च अदालत जनकपुरले कुमारी अामा निहारिका को मुद्दामा शिवराज श्रेष्ठ र निहारिका को बच्चा को डीएनए परीक्षण गराउन आदेश दिएको छ । उच्च अदालत को इजलास नं ४ मा भएको बहस सुन्दै न्यायाधीश भोजराज अधिकारी र न्यायाधीश रेखा थापा पाण्डेय को संयुक्त इजलाश ले उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत राष्ट्रीय बिधि बिज्ञान प्रयोगशाला मा पठाई निहारिका को रोहबर मा डीएनए परीक्षण गराउन आदेश दिएको हो ।
पुनरावेदक वादी नेपाल सरकार तर्फ बाट उच्च सरकारी वकिल कार्यालय का सह न्यायाधिवक्ता यदुनाथ शर्मा र जाहेर वाली को तर्फ बाट बरिस्ट अधिवक्ता सुनीता रेगमी,मीरा ढुंगाना र अधिवक्ता शांति रिजाल तथा रिंकू यादब ले बहस गरेका थिए ।