महोत्तरी, ७ भदौ ।
महोत्तरीको बर्दिवास नगरपालिका २ स्थित न्यु जनजागृति युवा क्लवका युवाहरुले सोहि ठाउमा जन्माष्टमी मेला सञ्चालन गरेकोमा प्रहरीले मेला भाडेकोमा युवाहरुले मंगलवार दिनभर बर्दिवास जलेश्वर सडक अवरुद्ध पारेका थिए । अवेर साझमात्र जाम खाेलिएकाे हाे ।
प्रहरीले मेलामा भैरहेको जुवा खेल र रक्सी विक्रीमात्र हटाउन गएको बताईरहदा युवाहरुले मेला नै भाडेको भन्दै प्रहरी विरुद्ध चर्को नाराबाजी गर्दै क्षतिपुर्तिको समेत मांग गरेका थिए ।
सडकमै टायर बालेर प्रदर्शन गर्दै युवाहरुले जिल्ला प्रसासन कार्यालयबाट अनुमति लिएर संचालन गरेको मेला प्रहरीले बिना कारण भाडेको भन्दै आक्रोस व्यक्त गरे । क्लवका अध्यक्ष दिपु झाले प्रहरी ज्यादती विरुद्ध आफुहरुको विरोध रहेको बताए ।
यता ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी रवी रावलले मेलामा घरेलु रक्सी विक्री भैरहेको र जुवा समेत भैरहेको जानकारी आएकोले आफ्नो टोली उक्त मेलामा गई रक्सीहरु नियन्त्रणमा लिएको र जुवा खेल्नेहरुलाई भगाएको बताए । उनले सोहि स्थानमा नियन्त्रणमा लिइएको घरेलु रक्सी स्थानियहरुको रोहवरमा नष्ट समेत गरेको बताए । उनले मेलामा कुनै अवरोध नगरेको थपे ।