सिरहा, ४ भदौ ।
डिभिजन वन कार्यालय सिरहाका कर्मचारीहरुले अवैध काठसहित पक्राउ परेका मिलका सञ्चालकलाई बाटोबाटै भगाएका छन् ।गोलबजार नगरपालिका–९ घुर्मी पुलको छेउमा सञ्चालित लक्ष्मी नारायण स–मिलका सञ्चालक मदन ठाकुरलाई वनका कर्मचारीले बाटोबाटै भगाइदिएका हुन् ।
तर, नजिकै रहेको सब–डिभिजन वन कार्यालय चोहर्वा र सब–डिभजन वन कार्यालय मिर्चैया र लहानबाट जिल्ला वन कार्यालयका कर्मचारी ४ घण्टापछि मात्रै मिलमा आए । उनीहरूले बरामद काठसहित मिलका सञ्चालक मदन ठाकुरलाई पक्राउ गरेर लहान तर्फ लागेका थिए ।
तर, शनिबार स्थानीय अगुवाहरुले डीएफओ शैलेन्द्र मिश्रसँग यस विषयमा सोधखोज गरेपछि उनले मदन बीच बाटोबाटै भागेको जवाफ दिए । वनका कर्मचारीले मदनलाई मिलबाट पक्राउ गरेर लगेपनि हिरासतमा भने मिलका कामदार श्रवण ठाकुरलाई राखिएको छ ।
वनका कर्मचारीले मिलका सञ्चालकलाई भगाउनु र स्थानीयले बारम्बार फोन गरे पनि ४ घण्टापछि मात्रै मिलमा आउनुले यसमा वनकै कर्मचारीको मिलेमतो रहेकोे पुष्टि हुन्छ ।