जनकपुरधाम ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन् ।मंगलबार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका हुन् ।
अध्यक्ष राउतले निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै केही सिटमा भने तालमेल हुन सक्ने जनाए ।
‘राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौँ । केही सिटमा तालमेलको सम्भव छ, कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौं । र कुनै क्षेत्रमा पनि तालमेलको हिसाबले मिलेर उम्मेदवारी दिइन सकिनेछ’, अध्यक्ष डा. राउतले भने ।
जनमत पार्टीले तराई–मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा उम्मेदवारी दिने बताउँदै पाँच दलीय वा आठ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।