रञ्जन भण्डारी
महोत्तरी ।
सरकारले सवारी चालक अनुमतिपत्र(लाईसेन्स)को परीषाको लागि नयाँ नियम ल्याएकोमा यातायात व्यवस्था विभागले लाईसेन्सका लागि अंकभारमा आधारित परीक्षा प्रणाली मधेश प्रदेशको महोत्तरीबाट सुरु गरेको छ ।
यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन नसकेको नयाँ नियम सहितको अंकभारमा आधारित परीक्षा प्रणालीको सुरुवात सवै व्यवस्थापन पछि मधेश प्रदेशको यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासमा बुधवार देखि लागु गरेको हो ।
यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासका प्रमुख पोषण थापाले यो महोत्तरीको लागि गौरवको विषय भएको बताउदै नयाँ परीक्षा प्रणालीको सुरुवात मधेश प्रदेशमै पहिलो आफ्नो कार्यालयले पाएकोमा गौरवान्वित महसुस गरेको बताए ।
उनले लाईसेन्स को लागि १२९ जनाले लिखित परीक्षा दिएकोमा सो मध्ये ८६ जना ट्रायलको लागि उतिर्ण भएको र सो मध्ये समेत ६० जनाले पास गरेको बताए । उनले पुरानो परीक्षा प्रणाली अन्तर्गत नै परीक्षा लिइएको भए ४८ जनामात्र उतिर्ण हुने भएपनि नयाँ परीक्षा प्रणाली अन्तर्गत थप १२ जना उतिर्ण हुन पाएको बताए ।
के छ नयाँ परीक्षा प्रणाली ः
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले पहिले नै निर्देशिका लागू गरेपनि सो वाहेकको प्रदेशमा तयारी नपुगेको भन्दै लागु हुन नसकेपनि आजबाट थप मधेश प्रदेशको बर्दिवास स्थित कार्यालयमा नमुनाको रुपमा नयाँ परीक्षा प्रणाली लागु भएको हो ।
संसोधनसहित ल्याइएको यो निर्देशिका अनुसार प्रयोगात्मक परीक्षा (ट्रायल) मा कुल १०० अंकभारमध्ये न्यूनतम ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ । बर्दिवास स्थित यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख थापाले यस एक पटकलाई खुट्टा तल झार्न सकिने,एक पटक लाईन छुन सकिने लगायतका केहि सुविधा परीक्षार्थीले पाएको बताए । उनले सो गरे वापत अंक काटिने तर सोहि कारणले फेल नभई अन्तिमसम्म गरेको सवै गल्तिको कुल योग ३० भन्दा माथी भएमात्र फेल हुने थपे ।