महोत्तरी,१४ श्रावण ।
शुक्रवार साझ गौशाला नगरपालिका २ सम्सी गौशाला सडक खण्ड स्थित रेडक्रस भवन नजिकै चक्कु प्रहार गरेर लुटपाट गरिएको घटना बनावटी रहेको प्रहरीले दावी गरेको छ । घटना लगतै प्रहरीले थालेको अनुसन्धानमा पिडित भनिएका व्यक्ति आफैले बनाबटी कथा बुनेको प्रहरी अनुसन्धानमा खुलेको ईलाका प्रहरी कार्यालय गौशालाका ईन्चार्ज प्रहरी निरिक्षक रञ्जन मिश्रले वताए ।
आफ्नै भाईले खातामा पैसा जम्मा गर्न पाच लाख दिएकोमा उक्त रकम भाईलाई फिर्ता गर्न नपरोस भन्दै पिडित भनिएका व्यक्तिले चक्कु हानेर लुटपाट गरेको घटना रचेको प्रहरी निरिक्षक झाले बताए ।
रामगोपालपुर नगरपालिका ७ सहसौला निवासी अरुण कुमार चौधरीले प्रहरी अनुसन्धानको क्रममा आफुलाई कसैले चक्कु नहानेको र पैसा समेत नलुटिएको बताएका छन । उनले धेरै मानिससंग सापटी र ऋण लिएकोमा त्यो तिर्न आफुसंग पैसा अभाव भएपछि भाईकै पैसा चलाएकोमा पैसा तिर्न असमर्थ भएपछि कथा बुनेको स्विकार गरेको प्रहरी निरिक्षक झाले बताए । उनले थोरै पैसा श्रीमतिलाई समेत घरमा राख्न दिएको थपे ।
यता घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीसंग रहेको झोला समेत घटना स्थल नजिकैको कल्भर्ट मुनि फेला पारेका छन भने चौधरी प्रहरी नियन्त्रणमा छन । चौधरीले बाया तिघ्रामा आफैले कोत्रेर घाउ बनाएको प्रहरीले बताए । चौधरी गाउमै माँ वैष्णोदेवी मनिट्रान्सफ संचालन गर्दै आएका हुन ।