महोत्तरी,१३ श्रावण ।
महोत्तरीको गौशालामा चक्कू हानेर शुक्रवार करीब ५ बजे साझ लूटपाट गरिएको छ । रामगोपालपुर नगरपालिका ७ सहसौला निवासी अन्दाजी ३५ वर्षीय अरुण कुमार चौधरी गौशाला हुदै समसी तर्फ प्र-२- ०२ ००४ प ३३४७ नं को अपाची मोटरसाइकलमा जाने क्रममा पछ्याउदै आएको एक अपरिचित मोटरसाइकलमा रहेका तिन जना अपरिचित व्यक्ति हरुले मोटरसाइकल बाट झरेर उनि माथि चक्कू प्रहार गर्दै उनिसंग रहेको पाच लाख नगद लूटपाट गरी फरार भएका छन ।
घटना लगतै घटना स्थल पुगेका इलाका प्रहरी कार्यालय गौशाला का इन्चार्ज प्रहरी निरीक्षक रञ्जन मिश्र ले घटना बारे घाइते संग विस्तृत जानकारी लिएर आरोपिको खोजी तीब्र पारेका छन ।
लूटपाट मा संलग्न रहेको मध्ये २ जना पहाड़ी मूल का र एक जना मधेशी मूल का जस्तो देखिएको घाइते अरुण ले बताए ।
यता प्रहरी निरीक्षक मिश्र ले घटना मा संलग्न को खोजी भैरहेको बताए ।
घाइते चौधरीले गाउ मैं मा वैष्णवी मणि ट्रान्सफर संचालन गरेकोमा सोहि मणि ट्रान्सफर को पैसा बैंक मा जम्मा हुन न सकेर उनि पैसा सहित फर्कने क्रम मा उनि माथि लूटपाट गरिएको हो । घाइते चौधरीको गौशाला स्थित गौशाला पोली क्लिनिक मा उपचार भैरहेकोमा उनको अबस्था मध्यम रहेको छ ।
उनको बाया तिघ्रा मा चक्कू हानिएको हो ।