महोत्तरीमा निलगाईले बालीनाली खाईदिदा कृषकको लगानी डुब्ने जोखिम बढेको छ । सोमवार राती सम्सी गाउपालिका ५ स्थित माँ वैष्णो देवी कृषी फर्ममा सय भन्दा वढी केराको बोटमा फल निस्की सकेको अवस्थामा निलगाईको एक झुण्डले सो फल खाईदिएपछि फर्म संचालकलाई लगानी डुब्ने डरले सताएको छ । तिन विग्हा जग्गामा गरिएको केरा खेतीमा प्राय सवै बोट केरा व्याउने अवस्थामा पुगिसकेको र धेरैमा फल समेत निस्कीसकेको अवस्थामा निलगाईको झुण्डले सो खाईदिएको हो ।
झण्डै २५ विग्हा जग्गामा खेती गरिरहेका फर्मका संचालक रामध्यान मण्डलले करिव १७ विग्हा जग्गामा माछा पालन गरिरहेपनि अन्य जग्गामा केरा,मेवा,तरकारी,कागती लगायतका खेती गरिरहेकोमा केरा,मेवा र तरकारी खेतीमा निलगाई र बदेलको कारण जोखिम बढेको बताए ।
उनले तत्कालै आफुले त्यत्रो जग्गामा तारवार गर्ने क्षमता नभएकोले नोक्सानी हुन नदिन निलगाई र बदेल धपाउन रात्रीको समय जाग्राम बस्नु परेको बताए । उनले अन्य विकल्प तत्काल आफुसंग नरहेकोले केरा र मेवा तथा तरकारी खेतीमा लाखौको पुंजि लगाईसकेकोले त्यही पुँजी समेत बचाउन धौ धौ परिरहेको थपे ।
उनले लगन र मेहनतका साथ कृषी कर्म गरिरहेको र सोहि अनुरुप फर्म राम्रो अवस्थामा पुगेपनि निलगाई र बदेलको आतंकले हालसम्मको मेहनत र लगानी खेर जाने हो कि भन्ने चिन्ता सताएको बताए ।
उनले सरकारसंग क्षतिपुर्तिका साथै निलगाई र बदेलको आतंकबाट छुटकाराको लागि समेत गुहार लगाए ।
सातलाखको पुँजीबाट कृषी फर्म संचालन गरेका मण्डलले अहिले करोड भन्दा वढीको पुँजी विस्तार गरिसकेकोमा उनले विगत दुई वर्षमा खेतमा वगाएको पसिना अहिले निलगाई र बदेलको कारण डुब्ने अवस्थामा पुग्न लागेकोले बचेको केरा र मेवा तथा तरकारीको बोटहरुको संरक्षण गर्न सरकारी कार्यालय हरुले सहयोग समेत गरिदिन आग्रह गरे ।
दुई वर्ष अघि कृषी फर्म सुरु गरेका मण्डल एक वर्ष वैदेशिक रोजगारीमा विताएर विदेश जाँदाको लगानी समेत उठाउन नसकी फर्कनु पर्दा लकडाउनकै समय आफ्नै दाजुको मित्रले कृषी कर्म गर्न सुझाएपछि यसै पेसामा होमिएका उनी कृषी पेशा असाध्यै राम्रो रहेको र वैदेशिक रोजगारी भन्दा कैयौ गुणा वढी फाईदाजनक रहेको बताउदै जंगली जनावरको आतंकबाट आफ्नो खेत जोगाउन सके यो भन्दा राम्रो कामको विकल्प नरहेको थपे ।
उनले कृषीको लागि चाहिने मलखाद्यको सहज उपलब्धता,जंगली जनावरबाट सुरक्षा,सुरक्षित बजार,शित भण्डारको व्यवस्था लगायतका कार्यमा सरकारले थोरै लगानी गरिदिए विदेशबाट आयात हुने फलफुल तथा खाद्यय सामग्रीको आयातमा न्युनिकरण गर्न सकिने बताए ।
हाल नेपालमा कृषीकार्य गर्नेहरुले यिनै कारण समेत लगानी गर्न असहज महसुस गरिरहेकोमा समयमै मलखाद्यको उपलब्धता लगायतका कार्यमा सरकारले सहयोग गरे कृषकहरुको उत्साह बढ्ने र यसले कृषीमा लगानी र मेहनत बढ्न गई पर देशको निर्भरता समाप्त पार्न सहज हुने बताए ।
हाल तिन विग्हा जग्गामा झण्डै दश हजार केराको बोट लगाएका मण्डल थप क्षति हुनबाट जोगाउन निलगाईको व्यवस्थापनको लागि सरकारसंग आग्रह गर्छन ।