जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थितबाट एक महिलाको दुई लाख रुपैयाँ लुटने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
गत सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट एक महिलाको दुई लाख रुपैयाँ लुटेर भागेको थियो । सो आरोपमा दुई जना युवक पक्राउ परेका छन् ।
सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मिल्स एरियास्थित रहेको एभेरेष्ट बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा सोही स्थान बस्ने शर्मिला यादवको दुई लाख रुपैयाँ लुटेर भागेको थियो ।
धनुषा प्रहरीले ७२ घण्टाभित्रै धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ७ बस्ने रामप्रसाद साहको छोरा बर्ष २० को जीतेन्द्र प्रसाद साह र सोही स्थान बस्ने बर्ष २१ को दिपेन्द्र कुमार मण्डललाई पक्राउ गर्न सफल भएको हो ।
सोमबार दिउँसो आफ्नो घर फर्किदै गर्दा उनले बैँकबाट झिकेको सबै रुपैयाँसहित अन्य समानहरु लुटेर दुवै जना भागेका थिए ।
वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका जीतेन्द्र साह र दिपेन्द्र मण्डलले नगदसहित मोबाईल, झोला कागजातहरु समेत लुटेर भागेका थिए ।
साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै एउटै मोटरसाईकलमा आएका दुवै जनाले पैसा लुटेर भागेका थिए । सो बेलामा दिपेन्द्र मण्डलले गाडी चलाएको स्वीकार गरिएको छ ।
धनुषा प्रहरीले विहिबार बिहान गरेको पत्रकार सम्मेलनको क्रममा प्रारम्भिक अनुसन्धानबाट दिपेन्द्र मण्डलले चलाएको गाडीमा जीतेन्द्र पछाडी बसेका थिए । दुवै जना रकम लुटेर आधी आधी फाँट बखडा गरेका थिए ।
उनीहरुले चलाएको प्रदेश २–०२–००५ प ००८५ नम्बरको यामाहाको एफजेड मोडेलको मोटरसाईकललाई खोजी गर्दै जाँदा उनीहरु पक्राउ परेका छन् । सो मोटरसाईकल लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ७ बस्ने कृष्ण प्रसाद साहको नाममा रजिष्टर रहेको छ । कृष्ण प्रसाद साह आरोपित जीतेन्द्र प्रसाद साहका कान्छो भाई हुन् ।
झोलामा २ लाख, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रुपैयाँ लुटेर भागेको दिएको बयान अनुसार खोजतलास गर्दै जाँदा जीतेन्द्रको घरमा ५४ हजार रुपैयाँ नगद, शर्मिलाको मोबाईल समेत बरामद भएको जनाइएको छ ।
कृष्णको घरबाट उनले सुत्ने कोठाको पलँगमा रहेका घर्रामा सो रकम र मोबाईल फेला परेको जनाइएको छ । जीतेन्द्रले दिएको बयानको आधारमा अर्का आरोपित दिपेन्द्र मण्डलको घरमा जाँदा उनको घरमा समेत खानतलासी गर्दा उनको घरबाट ७८ हजार रुपैयाँ नगद बरामद भएको हो । उनीहरुले २ लाख ५ सय रुपैयाँ लुटेका थिए ।
रकम लुटिएको घटना भएको ७२ घण्टाभित्रै धनुषा प्रहरीले घटनामा सँलग्नहरुलाई पक्राउ गर्न सफल भएको धनुषाका प्रहरी प्रमुख (एसपी) बसन्त रजौरेले जानकारी दिए ।