गत वैशाख ७ गते हावाहुरी आएकै वेला भैंसी बाँध्न घर वाहिर निस्केकी जलेश्वर नगरपालिका ८ रतवारा कि कुशुम देवी घाईते भई उपचारको क्रममा मृत्यु भएकोमा जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट उनको परिवारलाई दुईलाख आर्थिक सहयोग गरेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले विहिवार सहयोग रकम मृतक कुशुमका पति राम औतार मुखियालाई हस्तान्तरण गरेका छन । जिल्ला विपद व्यवस्थापन समितिले विपदमा मृत्यु भएको वा घाईते भएको तथा विपदकै कारण अन्य जोखिमा परेको परिवारलाई समितिको निर्णयमा आर्थिक तथा अन्य विभिन्न सहयोग गर्दै आएको छ ।
मुखियालाइ सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने,प्रसासकिय अधिकृत शम्भु यादव लगायतका जिल्ला प्रसासन कार्यालयका विभिन्न अधिकृत तथा अन्य कर्मचारी एवं सञ्चारकर्मीको उपस्थितिमा प्रजिअ दाहालले सहयोग रकम प्रदान गरेका हुन । सहयोग रकम हस्तान्तरण गर्दै प्रजिअ दाहालले विपदकै समय सहयोग रकम हस्तान्तरण गर्नु पर्नेमा निर्वाचन तथा अन्य केहि महत्वपुर्ण कामले गर्दा रकम हस्तान्तरण गर्न ढिलो भएको बताए ।