“ कुनै पनि व्यक्तिलाई शारीरिक यातना दिईने वा क्रुर,अमानवीय अपमानजनक व्यवहार वा सजाय गरिने छैन ।”
मानव अधिकारको विश्वव्यापी घोषणापत्र १० डिसेम्वर १९४८ मा संयुक्त राष्ट्र संघको महासभामा पारित प्रस्ताव नं. २१७ को ३० धारा मध्येको माथिल्लो पाचौ नं. को धारा हो । मानव अधिकार सम्बन्धी पारित रहेको यो धाराका बुँदाहरु अक्षरस पाल्ना गर्नु हरेक नागरिक र शासकको कर्तव्य हो । यहि अनुसार मानव अधिकारको धाराहरु पालना नभए मानव अधिकार उल्लंघनको मुद्दा लाग्छ र कानुनले तोके बमोजिम सजाय समेत भोग्नु पर्ने हुन्छ ।
तर महोत्तरीको औरही नगरपालिका ६ वैरियामा यसै अधिकारको उल्लंघन गर्दै आमा र छोरालाई एक हुल मानिसहरुले रस्सीले हात बाँधेर, घिसार्दै र कुटपिट गर्दै सोहि गाउको आरोपी मध्येको एकको घरमा लगेर तिन घन्टा जति बन्धक नै बनाएर राखेको अवस्थामा प्रहरीले शुक्रवार उद्धार गरेको छ ।
रामगोपालपुर प्रहरी चौकीले घटना वारे जानकारी पाए लगतै घटना स्थलमै गएर आमा छोरालाई प्रहरीले मुक्त गराएको हो । तर पिडित पक्षबाट तत्कालै जाहेरी दिन नसक्दा तथा तत्कालै घटना स्थलको सत्यता प्रहरीसमक्ष पुग्न नसक्दा आरोपी तत्काल छुटेका छन भने पिडित न्यायको लागि भौतारिदैछन ।
के थियो घटना ः
गत साता औरही नगरपालिका ६ वैरियाका सिता शरण दास(तत्मा) को मोटरसाईकल घरबाटै चोरी भएकोमा उनले प्रहरीमा मोटरसाईकल चोरी भएको निवेदन दिएका थिए । सोहि अनुरुप प्रहरीले उनको मोटरसाईकल खोज्दै पनि थिए । तर शुक्रवार अचानक उनी एक हुल मानिस लिएर सोहि ठाउ निवासी राजेन्द्र मल्लिक(डुम)को घरमा आईपुगे । घरमा कोहि नभएको देखेपछि उनले खोज्न थाले र घर भन्दा करिव पचास मिटर अगाडी एक सार्वजनिक दलानमा बाँसको काम गर्दै गरेकि राजेन्द्र का श्रीमति अनिता देवी(४० वर्ष),साईली बुहारी निर्मला देवी(२० वर्ष) र कान्छो छोरा शुशिल मल्लिक(१७ वर्ष)लाई भेटे ।
सोहि ठाउमा गएर उक्त हुलले अचानक उनीहरुमाथि हमला गरे बुहारी निर्मलालाई कुटपिट गरेर छेउ लगाए र शुशिल तथा उनकी आमालाई सोहि ठाउमा कुटपिट गर्दै,घिसार्दै र मोटो रस्सीले हात बाँधदै सिता शरणको घरमा ल्याएर बन्धक बनाएर राखे । प्रत्यक्षदर्शीहरुका अनुसार उनी आफ्नो चोरी भएको मोटरसाईकल कहाँ राखेको भनेर बन्धक बनाइएका आमा छोरासंग सोधखोज गर्दै थिए । यता बन्धक बनेका पिडित पक्ष भने आफुहरुलाई थाहा नभएको भन्दै स्थानियहरुलाई आफुहरुलाई बचाईदिन गुहारी रहेका थिए । तर कोही उनलाई बन्धनमुक्त गराउने चेष्टा गरेनन ।
यता जातिको सभामा भाग लिन गएका राजेन्द्रले आफ्नो परिवारलाई सिता शरणले बन्धक बनाएर राखेको खवर पाएपछि सभाबाटै जातिका जिल्ला स्तरका नेतृत्वकर्ताहरुसंगै रामगोपालपुर प्रहरी चौकीमा पुगेर प्रहरीलाई साथै लगि परिवार मुक्त गर्न लगाएका थिए ।
यस सम्बन्धमा स्थानिय प्रहरीले भने मोटरसाईकल चोरी विषयमा शंकाकै आधारमा आरोपी पक्षले पिडितलाई कुटपिट गरेको बुझिन आएकोमा तत्काल प्रहरी टोली गएर उद्धार गरि ल्याएको बताएको छ । प्रहरी चौकी ईन्चार्ज वरिष्ट सई आदित्य सिंहले बाँधेर राखेको भन्ने वारे तत्कालै जानकारी नभएकोमा दुई पक्षलाई दिनभरि चौकीमै राखेर छलफल गराएको र पछि पुनः आउनु भनि पठाएको बताए । उनले शंका नै भए प्रहरीलाई जानकारी गराउनु पर्ने र प्रहरीले अनुसन्धान गर्नु पर्नेमा आरोपी पक्षले सो नगरेको देखिएको र कुटपिटमा दोषी पाइएकोले जाहेरी आए आरोपी पक्राउ गर्ने बताए ।
यस्तो भन्छन पिडित ः
छोरासंगै आरोपीको कुटाई खाई बन्धकमा परेकि अनिता भने सिता शरणले आफुहरुमाथि ठुलो अन्याय गर्दै आफ्नो समाजमा रहेको मान प्रतिष्ठा समेत समाप्त पारिदिएको बताईन । उनले आफुहरुले कसैको कुनै सामान चोरी नगरेको भएपनि आरोपीले मैले धामीलाई मोटरसाईकल वारे सोधेकोमा उनले तिमिहरुकै नाम बताएको र प्रहरीसंग भएको औलाको छापमा समेत तिमिहरुको नै औला भएको देखिएकोले तत्काल मेरो मोटरसाइकल फिर्ता गर भन्दै कुटपिट गरेको बताईन । कुटपिटममा औला समेत काटिएको र जिउभरि आफु,छोरी र बुहारीको निलडाम रहेको अनिताले वताईन । दिनभरि कुटाई खाएर विसन्चो भएपछि राती गौशाला स्थित अस्पताल गएर उपचार गराएको उनले थपिन ।
उनले गरिव हुनु नै चोर हुनुको प्रमाण हो भन्दै प्रश्न गर्दै न्यायको लागि गुहार मागिंन ।
यता पिडित भेट्न पुगेकि ओरेक महोत्तरी कि कार्यक्रम अधिकृत लिला दियालीले महिला र उनका छोरा तथा बुहारीसंग भएको घटना अमानविय भएको भन्दै उनको न्यायको लागि जोडदार मांग गरेकि छिन । उनले कुनै पनि बहानामा कुनै मानवसंग यस्तो हर्कत गर्नेलाई कडा भन्दा कडा सजाय हुुनु पर्ने बताईन । उनले पिडितलाई न्यायको लागि चाहिने सहयोग गर्न ओरेक महोत्तरी सदैव तयार रहेको बताउदै घटनामा भएको मानव अधिकार उल्लंघन क्षमा योग्य नभएको बताईन ।
यता समाजसेवी सविता यादवले कुनै चोर समात्ने काम पुलिसको भएकोले कसैमाथि शंका नै लागे प्रहरीलाई जानकारी गराउनु पर्नेमा आफै गएर संका कै आधारमा कसैमाथि यतिसम्मको अमानविय व्यवहार गर्नु गलत भएको भन्दै आरोपीलाई कडा सजाय हुुनु पर्ने बताईन ।
यता पिडित भने मुद्दा हाल्ने तयारीमा छन ।