महोत्तरीमा २५ प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । यस पटक मनसुन पहिले नै आएपनि धानको वेड तयारी अवस्थामा नहुदा रोपाई अलिपछिमात्र सुरु गर्दा रोपाई प्रतिशत अपेक्षाकृत वढी नभएको कृषि ज्ञान केन्द्र महोत्तरी प्रमुख डा.रामचन्द्र यादवले वताए । उनले अहिले खेतमा पानी पर्याप्त रहेकोमा धान रोपाईले गति लिएको र दैनिक रोपाई प्रतिशत तिव्ररुपले वृद्धि भईरहेको बताए ।
महोत्तरीमा कुल जग्गाको ६७३५२ हेक्टर(६७ प्रतिशत) जग्गा खेती योग्य रहेकोमा सो मध्ये ४५५०० हेक्टर जग्गामा धान खेती भैरहेको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्यांक छ । महोत्तरीमा सरदर प्रति हेक्टर ३.५ मेट्रिक टन धान उत्पादन भैरहेको धान खेती हुने क्षेत्रफल र उत्पादन प्रतिशत समेत वढाउने लक्ष्य रहेको कृषि ज्ञान केन्द्र प्रमुख डा. यादवले वताए । उनले नेपालमा आफै उत्पादन गरेर नेपाली बजारलाई धान पुर्याउन सकिने भएपनि सिंचाईको अपर्याप्ता तथा अन्य विभिन्न कारणले गर्दा अपेक्षाकृत धान उत्पादन हुन नसकि अझै हजारौ टन धान र चामल भारत तथा अन्य मुलुकबाट आयात भैरहेको थपे । उनले भारत तथा तेस्रो मुलुकमा रहेको निर्भरता समाप्त गरि आफ्नै कृषकले उत्पादन गर्ने धान मै निर्भर हुन सक्ने स्थित बनाउन नेपाल सरकारले “धान बालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग” भन्ने मुलनाराका साथ यसपालीको १९ औ राष्ट्रिय धान दिवस महोत्तरीको बलवा नगरपालिका ४ अशोक गाछी टोलमा मनाइएको बताए ।
यस्तो छ धान उत्पादनको तथ्यांक
यता चालु आर्थिक वर्षमा पछिल्लो वर्ष भएको धान उत्पादन भन्दा धानको खेती क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि हुन सक्ने अपेक्षा रहेको डा. यादवले बताए ।
आकाशे पानीकै निर्भरताले उत्पादनमा ह्रास ः
यता ४५सय हेक्टर भन्दा वढी जग्गामा धान उत्पादन हुने गरेकोमा धान उत्पादन गर्ने कृषकहरु आकाशे पानीकै भर पर्ने गरेका छन । धानवाली हुने खेतसम्म नहर तथा सिंचाईको कुलोको पहुच नहुदा किसानहरुले अपेक्षाकृत उत्पादन गर्न सकेका छैनन ।
झण्डै ६७ हजार भन्दा वढी जग्गा खेति योग्य रहेको महोत्तरीमा सुचारु अवस्थामा रहेको कुल १६ विभिन्न सिंचाई आयोजनाबाट ६९९५ हेक्टर जग्गामात्र सिंचित हुन सकेको छ भने निर्माणाधिन अवस्थामा रहेको विभिन्न ९ सिंचाई आयोजनाले थप ५२३० हेक्टरजग्गामात्र सिंचित हुन सक्ने ज्ञान केन्द्र प्रमुख डा. यादवले वताए । उनले खेती योग्य जमिनसम्म सडक,बत्ति र सिंचाईको पुर्ण रुपले व्यवस्थापन गर्न सकिए नेपालीले अहिले अन्य मुलुकबाट धान र चामल आयात गर्नु पर्ने ठाउमा नेपालबाटै अन्य मुलुकमा बेच्न सक्ने अवस्था आउन सक्ने बताए । उनले कृषिमा यान्त्रिकिकरण र आधुनिक प्रविधी तथा उन्नत जातका धानको वेडको प्रयोग गरिए उत्पादन दर बढ्ने र लगानी घटने बताए । उनले कृषि ज्ञान केन्द्रबाट कृषकलाई कृषिकर्ममा प्रोत्साहित गर्न सिंचाईको व्यवस्थापन देखि,विउ विजन वितरण तथा बजारिकरणको लागि विभिन्न सेड समेतको निर्माण गरिरहेकोमा ज्ञान केन्द्रको विभिन्न योजनाहरुबाट कृषक विस्तारै लाभान्वित भैरहेको थपे ।
बाढी आउछ सवै मेहनत बगाउछ ः
यहा कृषकहरु सिंचाई अभाव,मलखाध अभाव र विउ विजनकै अभाव भएर पनि कृषिकर्म गरिरहेपनि हरेक वर्ष आउने वाढीले खेतमा रोपिएको सवै धानवाली वगाएर लग्ने गरेको तितो सत्य पनि छ । सरकारले महोत्तरीको वाढीबाट हुने क्षति न्युनिकरण गर्न नसक्दा हरेक वर्ष महोत्तरीको खेतहरु मरुभुमिकरण हुदै गएको र धान खेती योग्य जग्गामा समेत क्षति पुग्ने गरेको कृषकहरु वताउछन । जलेश्वर नगरपालिका २ निवासी महेन्द्र साहले हरेक वर्ष आउने वाढीले ७० प्रतिशत भन्दा वढी धानवाली बगाएर लग्ने गरेको दुःखेसो पोखे । उनले पहिले नै कालोबजारबाट मलखाध किन्दा र खेत जोत्न लगाउदा लगानी धेरै लाग्ने गरेकोमा त्यही धानवाली वाढीले वगाईदिदा हरेक वर्ष ऋण टाउकोमा थपिदै गएको बताउछन । आफ्नो पुर्खाले त्यही खेतमा अन्न उव्जाएर आफुहरुको भरण पोषण गरेको र खेती नै गर्न सिकाएकोले अन्नवाली उत्पादन गरिरहेकोमा अव भने खेती गर्न सक्ने अवस्था विस्तारै समाप्त हुदै गएको बताउछन । उत्पादन लागत उत्पादित अन्न वाली भन्दा वढी हुन थालेपछि कृषकलाई खेतीमै निर्भर बनाईराख्न वाढी नियन्त्रण,मलखाधको सहज उपलब्धता,प्रत्येक कृषकले उत्पादन गर्ने अन्नवालीको बिमा र सिचाईको उचित व्यवस्थान सरकारले तत्काल गर्नु पर्ने उनी वताउछन ।
महोत्तरीको मुख्यवालीको रुपमा रहेको धान जिल्लाका सवै क्षेत्रमा उत्पादन हुने गरेको छ । धान खेती हुन सक्ने क्षेत्रफल ४५५०० हेक्टर र औषत ३.५ मे.टन प्रति हेक्टर उत्पादन हुने गरेको । धानका जातहरु बासमति,सावित्री,हर्दिनाथ १,२ ,स्वर्णा सव १,साँवा सव १, सुख्खा १,२ र ३, भारतिय जातमा सोना मन्सुली र कतरनी पनि यहा उत्पादन हुने गरेको छ ।