महोत्तरी लगायत देशै भरि महिलासंग हिंसा वढ्दो छ भने यौन जन्य हिंसा र बलात्कारका घटना अत्यधिक छन । नेपालमै दैनिकऔसत ७जनामहिलातथाबालिकासंग बलात्कार हुने गरेकोमा यस्ता जघन्य घटना न्युनिकरण गर्न तथा निमिट्यान्नपार्न र बलात्कारको घटनामा हदम्यादखारेज हुनु पर्ने भन्दै चौथो बलात्कार विरुद्धको अभियान सुरु गरिएको छ ।
महोत्तरी लगायत देशैभरि एक्कै पटक सुरु भएको अभियानको नेतृत्वमहिलामानवअधिकार रक्षक संजाल र ओरेक नेपालले गरेको हो । पुर्व निर्धारित कार्यक्रमअनुसार महोत्तरी सदरमुकामजलेश्वरमामहिलामानवअधिकार रक्षक संजालमहोत्तरी तथाओरेक नेपालको संयुक्तआयोजनामानिकालिएको र्यालीले नगर परिक्रमागर्दै महोत्तरीका सहायकप्रमुखजिल्लाअधिकारी उपेन्द्र न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ ।
“कानुनीतथा सामाजिकन्यायको अधिकारः हिंसा रहित समाजको आधार” भन्ने मुलनाराकाबलात्कार विरुद्धको चौथो अभियान घोषणा गर्दै ९ बुंदे मांग समेत प्रस्तुतगरिएको छ । बलात्कार विरुद्धको घटनामा हदम्यादव्यवस्थाखारेज हुनु पर्ने , द्रुतन्याय प्रणालीको प्रभावकारी कार्यान्वयन,सवैखाले विभेदको अन्त्यगरि शक्ति सम्बन्धमा रुपान्तरण गर्न जोड दिन,कानुनको पुर्ण रुपमाकार्यान्वयगरि दण्डहिनताको अन्त्यगरियोस,न्यायलाई सामाजिकन्यायको अवधारणाको आधारमाव्याख्यागरियोस,विभेदित सामाजिक संरचनाको संरचनागत रुपान्तरण गरि हिंसा विरुद्ध शुन्य सहनसिलता सुनिश्चितगरियोस,प्रभावित र परिवारलाई राजनितिकदवावदिने ,पिडकलाई संरक्षण गर्ने जस्ता कार्यलाई अपराधिकरण गरि आवश्यककानुनको निर्माण गरियोस र प्रभावितको लागि सुरक्षित संवेदनशिल दिर्घकालिन र पहुचयुक्त सहयोगी संयन्त्रको विकास गरियोस,सिआरसी÷सिडअ मागरिएको प्रतिवद्धता अनुरुपनीतिगततवरबाट सुनिश्चितगरि सम्बोधनगर्ने कार्यक्रमतथा बजेटको व्यवस्थागरियोस र बलात्कारबाट जन्मिएकाबालबालिकाहरुको आमाको नामबाट विनाकुनै झन्झट आत्मसम्मान सहितको पहिचानको सुनिश्चिततागरियोस सहितको मांगअभियानअन्तर्गत गरिएको छ ।
मानवअधिकारको क्षेत्रमाकामगर्ने संघसंस्था,नागरिक समाज,शिक्षक,विद्यार्थी,कलाकार,कानुननिर्मातालगायत सवै सरोकारबालानिकायहरुसंग ऐक्यवद्धता जनाउनओरेकले आव्हान गरेको छ ।
महोत्तरीमाचालु आर्थिक वर्षको असार ६ गतेसम्ममात्र २२ बलात्कारका घटना दर्ता भएको छ भने ७ वटा बलात्कार प्रयासका घटना दर्ता भएका छन । महिलासंग यस्ता जघन्य घटना हुदा समेत यस्ता घटनालाई लम्ब्याउने,झन्झटिलो बनाउने,ढाकछोप गर्न बाध्यबनाउने,राजनितिकरण गर्ने,डर,धाक,धम्की र प्रलोभनमापारि पिडितलाई मिलाउनखोज्ने लगायतकाकार्यले प्रभावितले न्यायपाउननसकिएको र प्रभावितलगायत परिवारमा समेत मनोसामाजिक समस्या देखिरहेकोले यस्ता घटना विरुद्ध अभिायन संचालनगरिएको ओरेक नेपालमहोत्तरी किकार्यक्रमअधिकृत लिलादियालीले वताईन ।
उनले महोत्तरीमै बारम्बार यस्ता घटना आपराधिकप्रवृतिकामानिसहरुले घटाउने गरेकोमाओरेकले प्रभावितको पक्षमान्यायको लागिआवाज उठाउदै आएको बताउदै कार्यक्रमअधिकृत दियालीले यस्ता जघन्य अपराध विरुद्ध आवश्यक परे झनै कडा कदम उठाउन सकिने बताइन ।