गत सोमवार आफन्तको विहेमा भारतको मुजफरपुर गएका परिवार शनिवार अपरान्ह घर फर्कदा घर नै लुटेको भेटेका छन ।
घर भित्रका मुल्यवान गरगहनाहरु गायव रहेको र दराज लगायतका सामनहरु तोडफोड भएको भेटेपछि तत्काल प्रहरीलाई खवर गरे । प्रहरीले मुचुल्का उठाएर लगेपनि चोर भने पत्ता लागेको छैन ।
जलेश्वर नगरपालिका ६ धवौली निवासी दिलिप कुमार मिश्रको घरबाट सोमवार देखि शनिवारको विचमा कुनै राती चोर पसेर लाखौ मोल बरावरको गरगहना लुटेका हुन । घरबाट ल्यापटक एकथान,मोबाईल एक थान,चाँदीको प्लेट एकथान,पाउजु सुनको ४ भरिको एकथान,सुनकै हार ५ भरिको एक थान र चाँदीका विभिन्न गहनाहरु अन्दाजी १० भरिको चोरिएको पिडित मिश्रले बताए ।
उनले जिवनभरि कमाएको सवै चोरले लगेको बताउदै जलेश्वर लगायत महोत्तरीको विभिन्न ठाउमा चोरीको घटना निरन्तर भैरहदा पनि यस्ता पेशेवर चोरहरुलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको दुखेसो पोखे । प्रहरीले चोरीलाई सामान्य किसिमले लिदा कसैको वर्षौको जम्मा गरेको सम्पत्ति नै लुटिने गरेकोमा प्रहरीलाई थप गम्भिर हुन आग्रह गरे । उनले आफनो सर्वस्व लुटिएकोमा चोरलाई तत्काल समात्न समेत आग्रह गरे ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले घटनाको अनुसन्धान भैरहेको बताउदै चाडै चोर पक्राउ पर्ने बताए ।