वर्दिवास,११ असार ।
वर्दिवास सनराइज बैंकले बर्दिबासको श्री जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सनराईज बैंक लिमिटेडको बर्दिबास शाखाले बर्दिबास नगरपालिका वडा नं. २ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई स्कूल ब्याग लगायतका विविध शैक्षिक सामाग्रीहरु सनराईज बैंक लिमिटेडका प्रदेश प्रमुख दिपक पण्डित र खड्ग बहादुर सिंहले संयक्त रुपमा वितरण गरेको हुन् ।
बैंकले विद्यार्थीहरुलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको अभिभावकहरुलाई बालबालिका हरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक दिलीप कुमार तिवारीले बैंकलाई धन्यबाद दिंदै आगामी दिनहरुमा बैंकसंग सहकार्य गरी विद्यार्थीहरुका लागि वित्तिय साक्षरता कार्यक्रम संचालन गरिने बताए ।
कार्यक्रममा बर्दिबास नगरपालिका वडा नं. २ का वडा अध्यक्ष धिरेन्द्र कुमार सिंह लगायत अन्य समाज सेबी र वरिष्ठ ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।