सञ्चार समाचारदाता
महोत्तरी,१० असार ।
जलेश्वर कारागारमा एक कैदीको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिका १ निवासी ८० वर्षिय राज करण यादवको मृत्यु भएको हो । सेतेकै अवस्थामा बेहोस भएको जस्तो देखिएपछि कैदीहरुले कारागार प्रसासनलाई खवर गरेकोमा उनलाई तत्कालै अस्पताल लगिएपनि बचाउन भने नसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादवको शुक्रवार विहान चिकित्सकलृ मृत्यु भएको बताएका थिए । उनलाई जलेश्वर स्थित प्रादेशिक अस्पताल उपचारको लागि लगिएको थियो ।
हाल शव परिक्षणको लागि अस्पतालमै रहेको बताउदै डिएसपी विष्टले मृत्युको कारण भने हाल नखुलेको बताए । तर यादवले नियमिक औषधी सेवन गरिरहेकोमा उनी दिर्घ रोगी रहेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको उनले बताए । तथापी पोष्टमार्टम रिपोर्ट आएपछिमात्र मृत्युको कारण खुल्ने उनले वताए ।