औरही,११ असार ।
औरही नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ४४ करोड २४ हजारको अनुमानित वजेट प्रस्ताव सार्वजनिक गरेका छन् । औरही सरकार मार्फत सामाजिक सुरक्षा एवं संरक्षण प्राप्त गर्ने व्यवस्थाबाट सम्मुनत, सभ्य, सुसंस्कृत र न्यायपूणर् समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा सहित औरही नगरपालिकाको दसौं नगर सभाबाट ४४ करोड २४ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सम्पन्न दसौं नगरसभामा औरही नगरपालिकाको प्रमुख प्रदीप खडकाले सो वजेट सम्बन्धि नित्ति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सभाको उद्घाटन सत्र लोसपाका प्रभावशाली नेता तथा पूर्व मन्त्री शरदसिंह भण्डारीले गरेका थिए ।