महोत्तरीको रामगोपालपुर नगरपालिकाले आफ्नो सातौ नगरसभा सम्पन्न गरेको छ । मेयर राम दुलार साहले आर्थिक वर्ष २०७९÷०८० को लागि कुल रु.५३,८४,९४,०९७÷– विनियोजन गरेका छन । सो मा चालु तर्फ ३२,३०,९६,४५८.२० र पूंजीगत तर्फ २१,५३,९७,६३८.८० प्रस्ताव गरेका छन । उक्त रकम कुल बजेटको चालु तर्फ ६० प्रतिशत र पुंजीगत तर्फ ४० प्रतिशत रहेकोछ ।
चालू खर्चमा नेपाल सरकारबाट प्राप्त वितिय समानीकरण अनुदान, सशर्त अनुदान, राजश्व बांडफांड, रोयाल्टी र आन्तरिक आय (राजस्व) सामाजिक सुरक्षा, गरिवसंग विशेश्वर कार्यक्रम र मधेश प्रदेश तर्फको राजश्व वांडफांड रकम समेत समावेश गरिएको छ । चालु खर्चको विनियोजित रकमको खुद कार्यालय संचालन गर्न चालु खर्च जम्मा रु.८,८८,४९,०००।– (आठ करोड अठासी लाख उनान्चास हजार मात्र) रहेको छ । जुन बजेटमा समावेश गराईएको कुल चालु खचं रकमको १६.४९ प्रतिशत छ। रामगोपालपुर नगरपालिकाको कुल आन्तरिक आय राजस्व तर्फ अनुमानित रु. १,५५,००,०००।– (अक्षरेपि एक करोड पचपन्न लाख मात्र) प्रस्ताव गरिएको छ । नगरपालिकाको कुल बजेटमा आन्तरिक आयबाट करिव २.८७ प्रतिशत मात्र रहेको छ।
बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर साहले प्राविधिक दृष्टिले उपयुक्त, सामाजिक रुपमा सन्तुलित एवं राजनैतिक रुपमा स्वीकार्य विकास प्राप्तिका लागी समन्वय कायम गर्दै विकासका सांझा गन्तव्य÷प्राथमिकता चयन गर्नुपर्ने विशिष्ट अवस्था, लामो राजनीतिक रिक्तता पछि नयां संरचना अन्तर्गत काम गर्नु पर्दाको अनुभवका कमी, जनप्रतिनिधिहरु नगरपालिकामा वहाल भईसकेपछि नगरवासीहरुको सन्तुलित विकास एवं सेवा प्राप्ति प्रतिको बढ्दो अपेक्षाको सम्बोधन, सिमित आन्तरिक श्रोत र संघिय अनुदानमा निर्भर विकास कार्यहरु संचालन गर्नुपर्ने पृष्ठभूमिमा आर्थिक वर्ष २०७९।०८० को बजेट, नीति तथा कार्यक्रम ‘सुखी नगरवासी समृद्ध नगर’ नाराका साथ सभामा प्रस्तुत गरेका छन ।
पुर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवको प्रमुख आतिथ्य,प्रदेश साँसद शारदा थापाको विशेष आतिथ्य तथा सरोज यादव लगायतका नेताहरु समेतको विशेष आतिथ्य तथा अन्य नेताहरु,नगरवासी र विशिष्ट पाहुनाहरुको उपस्थितिमा मेयर साहले कार्यक्रम र बजेट प्रस्तुत गर्दै रामगोपालपुर नगरपालिकाद्वारा प्रस्तुत बजेटको अक्षरस पाल्ना हुने र बजेटमा प्रस्तुत गरिएका शिर्षकहरुमा सफलताका साथ कार्यक्रमहरु संचालन गरिने मेयर साहले बताएका हुन ।
यता प्रमुख अतिथि डा.सुरेन्द्र यादवले रामगोपालपुर नगरपालिकाले ल्याएको बजेट नीति तथा कार्यक्रम उत्साहजनक रहेको बताउदै यसको सफलताको शुभकामना दिएका थिए ।
उनले शिक्षा,स्वास्थ्य र महिला हिंसा लगायतका विषयलाई नगरपालिकाले प्रमुखताका साथ सम्बोधन गरेकोमा पालिकालाई थप सल्लाह सुझाव समेत दिएका थिए ।
यता सभामा उपस्थित साँसद थापा लगायतका वक्ताहरुले समेत नगरप्रमुख साहलाई थोरै समयमा जनतालाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने बजेट ल्याएकोमा नगरप्रमुखलाई धन्यवाद दिएका थिए ।
आर्थिक वर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रमको पुर्ण पाठ
रामगोपालपुर नगरपालिका
आर्थिक वर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम
सातौ नगरसभा
मिति–२079।३।८ गते (बुधवार)
आयोजक ः रामगोपालपुर नगरपालिका कार्यालय
रामगोपालपुर, महोत्तरी
प्रस्तुतकर्ता ः रामदुलार साह ्
सातौं नगरसभा अध्यक्ष
नगर प्रमुख श्री रामदुलार साह ज्यू द्वारा मिति २०७८।३।८ गते रामगोपालपुर
नगरपालिकाको सातौं नगरसभा बैठकमा प्रस्तुत
आव. २०७९।०८० को बजेट, निती तथा कार्यक्रम
रामगोपालपुर नगरपालिकाको यस सम्मानित सातौं नगरसभामा उपस्थित नगर उपप्रमुख तथा नगर सभाका सदस्य ज्यूहरू ।
१. नगरवासीहरुको विकास आकांक्षालाई मुर्तरुप दिने प्रयासमा कार्यान्वयन योग्य योजना, बजेट, नीति तथा कायक्रम तर्जुमा गरी नागरिकले अपेक्षा गरेको नतिजा दिन यो वार्षिक बजेट, नीति तथा कायक्रम सभा समक्ष प्रस्तुत गर्न पाउदा म गौरवान्वित छु । यस रामगोपालपुर नगरपालिकालाई समृद्धिको शिखरमा पुरÞ्याउने काम आफमा चुनातापूर्ण भएतापनि नव निमाणको यस घडीमा एउटा ऐतिहासिक अवसरको रुपमा लिएर अगाडा बढ्न हाम्रो पहिलो प्राथमिकता हुने कुरामा विश्वस्त पार्न चाहन्छ । यस गरिमामय क्षमता इतिहास देखि संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनार्थ सम्म सहादत्त प्राप्त गर्ने ज्ञात ÷ अज्ञात आदारणीय शहिदहरूप्रति म भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै विभिन्न आन्दोलनहरूको क्रममा घाइते भएका र वेपत्ता भएका नागरिकहरु प्रति सम्मान व्यक्त गन चाहन्छु ।
२. प्राविधिक दृष्टिले उपयुक्त, सामाजिक रुपमा सन्तुलित एवं राजनैतिक रुपमा स्वीकार्य विकास प्राप्तिका लागी समन्वय कायम गर्दै विकासका सांझा गन्तव्य÷प्राथमिकता चयन गर्नुपर्ने विशिष्ट अवस्था, लामो राजनीतिक रिक्तता पछि नयां संरचना अन्तर्गत काम गर्नु पदाको अनुभवका कमी, जनप्रतिनिधिहरु नगरपालिकामा वहाल भईसकेपछि नगरवासीहरुको सन्तुलित विकास एवं सेवा प्राप्ति प्रतिको बढ्दो अपेक्षाको सम्बोधन, सिमित आन्तरिक श्रोत र संघिय अनुदानमा निर्भर विकास कार्यहरु संचालन गर्नुपर्ने पृष्ठभूमिमा आर्थिक वर्ष २०७९।०८० को बजेट, नीति तथा कार्यक्रम ‘सुखी नगरवासी समृद्ध नगर’ नाराका साथ यस गरिमामय सभामा प्रस्तुत गर्न गईरहेको छु ।
बार्षिक नीति, कार्यक्रम तथा बजेट तयार गदा लिईएका आधारहरु ः
१. नेपालको संविधानको अनुसूची ८ र ९ ले निर्दिष्ट गरेका स्थानीय तहको एकल तथा साझा अधिकारहरू, मौलिक हकहरू, राज्यको निर्देशक सिद्धान्त र नीतिहरु,
२. संघीय सरकारले अङ्गिकार गरेका आर्थिक तथा वित्तिय नीतिहरु,
३. प्रदेश सरकारले अङ्गिकार गरेका आर्थिक तथा वित्तिय नीतिहरु,
४. नेपाल सरकारवाट स्वीकृत संघ, प्रदेश र स्थानीय तहको कार्य विस्तृतिकरणको प्रतिवेदन,
५. स्थानीय सरकार संचालन ऐन, २०७४ (संसोधन सहित),
६. संघीय सरकारवाट प्राप्त बजेट र सोको साथमा प्राप्त बजेट तर्जुमा गर्दा लिनु पर्ने आधारहरु,
७. माननिय सांसदज्यूहरु, राजनैतिक दलहरुबाट प्राप्त सुझावहरु,
८. सहभागितामूलक योजना तर्जुमा प्रक्रिया मार्फत प्राप्त सुझावहरु,
९. राजस्व परामर्श समितिको प्रतिवेदन सिफारिस,
१०. श्रोत तथा बजेट सिमा निर्धारण समितिको सिफारिस,
११. बजेट तथा योजना तर्जुमा समितिले दिएको सिफारिसहरु,
१२. नगरपालिकाका विभिन्न विषयगत समितिका सिफारिसहरु,
१३. विगत वर्षहरुमा सम्पन्न भएका नगर सभा बैठकहरुबाट भएका निर्णयहरु,
१४. नगरकार्यपालिकाले योजना तर्जुमाका लागि निर्णय गरी तोकेकाआधारहरु,
१५. विभिन्न विषयगत विज्ञहरुसंग छलफल गर्दा प्राप्त सुझावहरु,
१६. विभिन्न विषयगत शाखाहरुवाट प्राप्त राय सल्लाह तथा सुझावहरू,
१७. सेवा निवृत राष्ट्रसेवकहरुवाट प्राप्त राय सुझावहरु
रामगोपालपुर नगरपालिकाको नीति तथा कार्यक्रम तजुमाका मुख्य उदेश्यहरु निम्न रहेका छन् ।
१) स्वास्थ्यमा सबैको सहज पहुँच ।
२) गुणस्तरीय शिक्षा ।
३) स्वच्छ खानेपानीमा सबैको पहुंच ।
४) कृषी तथा पशुपक्षी विकासमा आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण ।
५) पूर्वाधार विकास सडक, पुल, भवन, सिंचाई खानेपानी, पार्क निमाण आदी ।
६) उपभोक्ता हित संरक्षण योजना ।
७) पर्यटकीय पूर्वाधार विकास ।
८) वातावरण, फोहरमैला व्यवस्थापन तथा विपद् व्यवस्थापन ।
९) सूचना तथा संचार ।
१०) सहकारीको सुदृढिकरण एवं विकास र यूवा तथा खेलकुद एवं स्वरोजगार ।
११) सामाजिक सुरक्षा र सामावेशी विकास (आदिवासी, जनजाती, महिला, दलित, फरक
क्षमता भएका व्यक्ति आदीको विकास) ।
१२) लैगिक हिंसा रोकथामका कार्यक्रम संचालन ।
१३) सार्वजनीक जग्गा संरक्षण तथा व्यवस्थापन एवं पार्क तथा हरियाली क्षेत्रको विकास ।
१४) यूवा स्वरोजगार ।
१५) ऐलानी तथा अव्यवस्थित जग्गाको व्यवस्थापन ।
क) आर्थिक विकास तर्फ
कृषि तर्फः
१) जैविक (यचनबलष्अ) खेतीलाई प्रोत्साहन गरिने छ ।
२) प्रत्येक घर धुरीलाई आप, अम्बला, लिची, कटहर, अम्बा जस्ता फलफुलको विरुवा निःशुल्क
वितरण गरिने छ । आ.व. २०७९ र ०८० मा एक घर २ फलफूलका विरुवा वितरण कार्यक्रम लागू गरिनुका साथै थप २ फलफुलका विरुवा सम्बन्धीत घर धनीले लगाउनु पर्ने अनिवार्य व्यवस्थापन मिलाइने छ ।
३) कृषि पेशालाई सम्मानीत, प्रतिस्पधी र व्यवसायीक आधुनिकिकरण तर्फ जोड दिईनेछ सोको लागी सामुहिक खेती,सामुहिक पशुपालनको अवधारणालाई अवलम्बन गरिने छ ।
४) कृषि तथा पशुपंक्षी बजार, सूचना तथा हाट बजार, पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, गोष्ठी, प्रविधि प्रसार, प्राविधिक सेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रम संचालन गरिने छ ।
५) स्रोत संरक्षण, जलव्यवस्थापन, नहर निर्माण मर्मत, तारजाली, तटबन्ध, परखाल निर्माणको व्यवस्थापन गरिने छ ।
६) पशुपंक्षी तथा माछा पालन व्यवसायलाई प्रोत्साहन गर्ने आवश्यक नीति निर्माण तथा समन्वय गरीनेछ ।
७) सिंचाई सुविधा विस्तारको लागी अनुदानको व्यवस्था गर्दै लगिने छ ।
८) युवा लक्षित कृषि कार्यक्रम संचालन गरिने छ ।
९) करेसाबारी कार्यक्रमको माध्यमवाट तरकारी उत्पादनमा जोड दिइने छ ।
१०) वेमौसमी तरकारी खेती कार्यक्रममा जोड दिईने छ ।
११) कोल्ड स्टोरको लागी नगरपालिका आफैले सहकारीको माध्यमले व्यवस्थापन गरिने छ ।
१२) कृषिसेवा शाखाको लागि कम्प्युटरको व्यवस्थापन गरीने छ ।
१३) कृषि कार्य पशुपंक्षी वीमा कार्यान्वयनमा जोड दिईने छ ।
१४) व्यवसायिक कृषीमा लागेका किसानलाई प्रोत्साहन गर्न कृषी उपकरण, विऊ, मल, प्रविधिमा
अनुदान उपलब्ध गराईनेछ ।
१५) कृषी हाटबजारहरुलाई व्यवस्थित तवरले संचालन गरिनुका साथै कुनै व्यक्ति तथा सं—संस्थाले सार्वजनीक निजी साझदारीको अवधारणा अनुसार हाटबजार संचालन गर्न चाहेमा आवश्यक सहजीकरण गरिनेछ ।
१६) निजी क्षेत्र, गैरसरकारी क्षेत्र र विकास साझेदारीहरुसंगको सहकार्यबाट सहकारी प्रवर्द्धन, सचेतना, पुजी परिचालन, लगानीको अभिवृद्धि सहकारी खेती प्रणाली लगायतका कार्यक्रमहरु संचालन गरिनेछ ।
१७) यस न.पा. को सम्पूर्ण कृषकहरुलाई कृषी क्षेत्रमा लाभ पुग्नेगरी ५० प्रतिशतको अनुदानमा
कृषी मिटर तथा कृषी उपकरण को व्यवस्था गरिनेछ । साथै कृषी क्षेत्रको लागी न.पा.द्वारा मेयर सिंचाई योजना समेत लागु गरिनेछ ।
१८) यस न.पा.भित्र कृषी उत्पादनको लागी व्यवस्थित गर्न नया कृषी सडकहरुको निर्माण गरिनेछ ।
१९) यस न.पा. भित्र रहेको ९ वटै वडाको लागी १ वडा १ प्राविधिक (कृषी तथा भेटनरी प्राविधिक) को आवश्यक व्यवस्था गरिनेछ ।
२०) व्यवसायिक रुपमा काम गरिरहेका किसानहरुलाई नगरपालिकाले गरिरहेको सम्मान कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
२१) “तरकारी किनेर होईन, आफैले उत्पादन गरेर खानुपर्छ“ भन्ने नीति लिईने छ । त्यसको लागी तरकारी खेतीमा प्रोत्साहन गरिनेछ ।
२२) “एक घर, एक करेशाबारी“ पकेट क्षेत्रमा व्यवसायिक तरकारी अभियान संचालन गरिनेछ ।
२३) बांझो जमिनमा तरकारी तथा फलफुल खेती गर्ने किसानहरुलाई प्रोत्साहन गरिनेछ ।
२४) वास्तविक किसान (कृषी कर्म नै गरेर आफ्नो परिवार पाल्ने) पहिचान गर्न सहज होस भन्ने
उदेश्यले किसानको सूचि दर्ता गरी कृषक परिचय पत्र वितरणको व्यवस्थापन गरिने नीति लागु गरिनेछ ।
२५) किसानले उत्पादन गरेको तरकारी तथा फलफूलको उचित तबरले बजारिकरणको व्यवस्थापन गरिनेछ ।
२६) न.पा.मा साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि, २०७९ र साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी ऐन, २०७९ पारित गरिनेछ ।
पशु विकास सेवा तर्फः
१) छाडा पशुहरुको उपचार तथा भ्यक्सीनेसन गरिने छ । साथै छाडा चौपायाको उचित व्यवस्थापन गरि भविश्यमा छाडा चौपायाहरु रहित नगरपालिका वनाउने नीति लिईने छ ।
२) नगर क्षेत्रमा व्यवस्थित पशु पक्षी बधशाला निर्माण गरिने छ । हाल संचालित बधशालाको उचित व्यवस्थापन गरि नियमित अनुगमन समेत गरिने छ ।
३) पशु पक्षी विमा कार्यक्रमलाई प्रभावकारी बनाउन चेतना मूलक कार्यक्रम संचालन गरिने छ ।
४) ग्रामिण क्षेत्रका दलित जनजाती, विपन्न, एकल महिला, अपाङ्ग ,आदीवासी आदिको लागि आयमुलक विपन्न पकेट प्याकेज कार्यक्रम संचालन गरिने नीति लिईने छ ।
५) दूध, मासु, माछा र अण्डामा आत्मनिर्भर हुन पशुपंक्षी व्यवसायलाई प्रवर्धन गरिने नीति लिईने छ । ६) माछापालन को क्षेत्र विस्तार तथा विद्यमान ताल तलैयाको उचित व्यवस्थापनकोलागी सरसफाई तथा भूडा माछाको लागी अनुदान दिईने छ ।
७) कान्जीहाउसको व्यवस्थापन मिलाईने छ ।
८) माछा जोन वाहेकका वडाहरुमा माछापोखरी निर्माणका लागि आवश्यक सहयोगको व्यवस्था मिलाईनेछ ।
९) चरा, चुरङ्गि हरुलाई संरक्षणको व्यवस्थापन गर्ने ।
१०) नगरपालिकाको उपयुक्त स्थानमा सुविधासम्पन्न कृत्रिम गर्भाधान केन्द्र निर्माण गरिनेछ ।
११) वाली विमा र पशु विमा कार्यक्रमलाई प्रभावकारी बनाउन विमा अभिकर्ताको व्यवस्था गरी किसानहरुलाई सहज सेवा उपलब्ध गराईनेछ ।
१२) शीतभण्डार निर्माणलाई पूर्णता दिन विशेष पहल गरिनेछ ।
संस्कृतिक सम्पदा तथा पर्यटन विकास तर्फः
१) सौतिनिया पोखरी र अन्य पोखरी समेतलाई सौन्दयीकरण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि आवश्यक रणनीति अपनाईने छ ।
२) नगर क्षेत्र भित्रका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुको संरक्षण तथा विकासमा जोड दिने नीतिलाई निरन्तरता दिईने छ ।
३) विभिन्नजात जातीहरुको संस्कृतिको संरक्षण गरी पर्यटकहरुलाई आकर्षण गरिने छ ।
४) नगर भित्र रहेका प्राचिन मठ मन्दिर गुठी तथा ताल तलैयाहरुको स्तरोन्नति र संरक्षण गरिने छ । ५) पुरातात्विक महत्वका मठ, मन्दिर, पाटीपौवा र गुठीहरुको संरक्षण र व्यवस्थापनको लागि प्रदेश सरकार र संघीय सरकार संग सहकार्य गरीने छ ।
६) बर्दिवास रामगोपालपुर जलेश्वर राजमार्गमा दुवै नगर प्रवेश द्वार निर्माण गरीने छ ।
७) नगरपालिकाको पाशब चित्र (एचयाष्भि) तयार गर्नका लागि विज्ञलाई जिम्मा दिइने छ ।
उद्योग तथा वाणिज्य तर्फ ः
१) लगानी मैत्री वातावरण सिर्जना गर्न आवश्यक नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार
गरीने छ ।
२) उपभोक्ताहरुको हीत संरक्षणका लागि सचेतनामुलक कार्यक्रमहरु संचालन गरीने छ ।
३) महिला, दलित, बिपन्नहरुलाई औद्योगिक क्रियाकलापमा संलग्न गराई अनुदान सहुलियत प्रदान गर्नका लागि उद्यम विकास कोषको स्थापना गरिने छ ।
४) बैदेशिक रोजगारीमा जाने युबकहरुको लागि आवश्यक शीपको व्यवस्था गरिने छ ।
५) उद्योग व्यवसायहरुको दीको तथा नियमन सम्वन्धी कार्यलाई अभियानको रुपमा संचालन गरिने छ ।
६) नागरपालिका क्षेत्रमा उत्पादन हुने कृषि तथा मासुजन्य वस्तुहरुको लघु उद्योग स्थापनामा जोड दिईने छ ।
७) रोजगार प्रबर्दन तथा गरिबी न्यूनिकरणमा जोड दिईने छ ।
८) गरिवी निवारणका लागि ऋत्भ्ख्त्, शीप विकास केन्द्र लगायतका निकाय संग समन्वय गरी निःशुल्क तालिम प्रदान गरिने छ ।
९) हाटबजार सरसफाई, सडक गल्लीको सरसफाई गर्दा निस्केको फोहर मैला व्यवस्थापन गर्न डायम्पीङ्ग साईटको व्यवस्थापन गरिने छ ।
१०) शीप प्रप्त गरेको युवकहरुको लागि बैंक मार्फत सहुलियत ऋण प्राप्त गर्ने व्यवस्था गरिने छ ।
११ ) रोजगार तथा बेरोजगारको तथ्याङ्क संकलन, प्रशोधन र सूचना पप्रणालीको स्थापना गरिनेछ ।
१२) नगर पालिकाको मुख्य चौक चोराहामा वाईफाई ९ध्ष्ँष्) जडानगरी युवा, विद्याथी, तथा बैदेशिक रोजगार गर्ने व्यक्तिहरु संग समन्वय गर्न सजिलो हुने तथा संचारको राम्रो विकास हुनेछ ।
१३) प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अनुसार उल्लेख्य वेरोजगारहरुलाई तालीम तथा रोजगारी प्रदान गरीने छ ।
१४) मेयर उद्यम कार्यक्रम मार्फत यस नगरपालिका क्षेत्र भित्र आवश्यक हुने प्राविधिक जनशक्ती
नगरपालिकाभित्र उत्पादन गरि श्रम आयातलाई निरुत्साहित गरिने छ ।
१५) घरेलु तथा साना उद्योग र लघु उद्यम विकास कार्यक्रमलाई प्रबर्धन गर्ने नीति लिईने छ।
कानून बमोजिम घरेलु तथा साना उद्योगहरुको नियमानुसार दर्ता र नविकरणको व्यवस्था मिलाईने छ । १६) स्थानीय तहमा रहेका परम्परागत सीपलाई खोजी गरी प्रबर्धन गर्दै व्यवसायिक र उद्यमशील वनाईने छ ।
१७) खाद्य वस्तुको स्वच्छता एवं गुणस्तर कायम गर्न प्रभावकारी आपुर्ति, गुणस्तर परीक्षण र सघन बजार अनुगमन कार्यलाई प्रभावकारी बनाईनेछ । उपभोक्ताको हकहित संरक्षणका लागी उपभोक्ता जागरण र सचेतनाका कार्यक्रमहरु संचालन गरिनेछ ।
सहकारी तर्फः
१) सहकारी क्षेत्रको प्रवर्द्धन र दिगो विकासको नीति लिईनेछ ।
२) स्थानीय सहकारी संस्थालाई प्रविधिमैत्री बनाउनका लागी सहकारीहरुको आवश्यताको पहिचान गरी सहयोग गर्ने नीति लिईनेछ ।
३) सहकारी संस्थाहरुलाई उत्पादनशील तथा सामाजिक व्यवसायका क्षेत्रमा क्रियाशिल गराईने छ ।
४) अनुगमन तथा नियमनलाई प्रभावकारी बनाई सहकारी क्षेत्रमा सशासनकायम गरीने छ । उत्पादनलाई तिव्रता दिई आत्मनिर्भर अर्थतन्त्रको विकास गरिने छ ।
५) कृषि तथा कृषिजन्य उत्पादन तथा उद्योगको प्रवर्धनका लागि सहकारीताको माध्यमबाट अभियान संचालन गरिने छ ।
६) नगरभित्र स्थापना भएको सहकारी संस्थाहरुको अवस्था विश्लेषण संस्थागत विकास, पूर्वाधार निर्माण र व्यवसायिक विकासका लागि सहकारी संस्था दता सम्बन्धी ऐन जारी गरी कार्यान्वयण भै रहेकोलाई निरन्तरता दिईने छ ।
७) कृषि उत्पादन र वजारिकरणमा सहकारीलाई प्रोत्साहनको लागि विशेष अनुदानको व्यवस्था मिलाईने छ ।
८) सहकारीहरुलाई न्यूनतम व्याजदरमा क्रियाकलाप संचालन गर्न प्रोत्साहन गरीने छ । साथै कार्यक्रम संचालनमा हुने गरेको दोहरोपना हटाईने छ ।
९) सहकारी संस्थाको क्षमता अभिवृद्धि र संस्थागत विकास मार्फत कृषि लगानि मैत्री वातावरण श्रृजना गरिने छ ।
सामाजिक विकास तर्फः
१) यस न.पा.मा हाल रहेको पानी छर्ने टेंकलाई शेफ्टी टेंकको रुपमा परिवर्तन गरी अविलम्ब कार्यान्वयन गरी न.पा. भित्रमा निःशुल्क सेवा दिईनेछ ।
२) न.पा.भित्र रहेको रामगोपालपुर चौकमा तथा विभिन्न कार्यक्रममा समेत प्रयोग हुनेगरी घुम्ती शौचालयको व्यवस्था गरिनेछ ।
३) रामगोपालपुर नगरपालिकाका मानवता र समाजिक न्याय तथा सदभावको शहर निर्माण गर्न जागरण अभियान सञ्चालन गरिने छ ।
४) हिंसामा परेको महिलाहरुको सुरक्षालाई मध्यनजर गरी त्यस्ता महिलाहरुका लागि आवासका रुपमा पुर्नस्थापना गृहको स्थापना गरिने छ ।
५) नगर क्षेत्रभित्र रहेका श्रमिकहरुको अमवश्यकता अनुसारक्षमता अभिवृद्धि गरिने छ ।
६) नगरपालिका क्षेत्रमा कार्यक्रम संचालन गर्ने गैह्र सरकारी ल्न्इ र अन्तराष्ट्रिय गैह्र सरकारी ल्न्इ संस्थाहरुसंग समन्वय गरि नगरसभामा आफनो वार्षिक योजना, कार्यक्रम तथा वजेट पेश गर्न लगाई, संस्था सूचिकृत गर्ने र गैसस द्वारा वार्षिक रुपमा संचालित कार्यक्रमहरुको नियमित अनुगमन तथा मूल्याङ्कन गरिने छ ।
७) महिला, बालबालिकाको सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारीमा रिजर्भेशन गराईने छ ।
८) दलित, शिक्षा,स्वास्थ्य, गृह निर्माण, महामारीमा राशन वितरण खाना पकाउने दाउरा ग्यास, ग्यास चुलो, सोलर पैनल ÷ विजुली जडान, सामुहिक टेली भिजनको व्यवस्थापन गरिने छ।
९) नगर भित्रका सवै सामुदायिक विधालयहरुलाई क्रमशः कम्प्युटर , प्रिन्टर तथा वाईफाई
(ध्ष्ँष्) को व्यवस्था गरिने छ ।
१०) न.पा.भित्र रहेको स्थानीयवासिहरु मध्ये खानेपानी चापाकल तथा (रिङ्ग) शौचालय बनाउन
नसक्ने परिवारहरुको लागी न.पा.बाट निःशुल्क उपलब्ध गराईनेछ ।
११) नगरमा भाषा, कला संस्कृति सम्बन्धी सम्पूर्ण कृयाकलापहरुलाई व्यवस्थित गरिनेछ । लक्षित वर्ग (आदिवासी, जनजाती, दलित, मुश्लिम, पिछडावर्ड, अपागं, महिला तथा बालबालिका) को लागी आर्थिक, सामाजिक सांस्कृतिक समृद्धिका साथै आयमुलक, सीपमुलक र चेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
१२) नगरपालिकाभित्र ओझेलमा परेका प्रतिभाहरुको पहिचानको लागी विभिन्न प्रकारका मैत्रीपूर्ण कार्यक्रममा प्रतिस्पर्धा गरी कला, साहित्य र सृजनाको संरक्षण र सम्बर्द्धन गरिनेछ । नगरपालिका भित्र रहेका ऐतिहासिक पुराताविक महत्वका सम्पदाहरुको अभिलेखिकरण र प्रवर्द्धनका लागी आवश्यक पहल गरिनेछ ।
१३) सबै वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था लगायतका नगरपालिका मातहतका कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउनको लागी नगरपालिकाको आफनै अप्टिक फाईबर सञ्जाल विस्तार गरिनेछ । नगरपालिका कार्यालयभित्र सूचना केन्द्र स्थापना गरिनेछ । नगरपालिकाको विकास निर्माण, सुशासन, सेवा प्रवाह, सामाजिक सचेतना लगायतका विषयमा कलम चलाउने सञ्चारकर्मी र मिडिया हाउसलाई पुरस्कृत गर्नेछ ।
१४) यस न.पा.को नगर प्रमुख ज्यूद्वारा घोषणा गरिएको मधेश प्रदेश भरीको लागी निःशुल्क एम्बुलेन्स सेवा तथा जन्मदर्ता, मृत्युदर्ता र विवाह दर्तालाई समेत अगामी दिनहरुमा पनि निरन्तरता दिईनेछ।
१५) यस न.पा.को नगर प्रमुख ज्यूद्वारा घोषणा गरिएको गरिव, विपन्न, असहाय परिवारहरुको विवाह खर्च रु.२५,०००।– र कृया खर्च रु.५,०००।– राहत सहयोग कार्यक्रमलाई अगामी दिनहरुमा पनि निरन्तरता दिईनेछ ।
१६) प्रधानमन्त्री रोजगार कार्यक्रमलाई संघीय सरकारको नीति अनुरुप प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानको लागी आवश्यक सहयोग पुयाईनेछ । रोजगार सेवा केन्द्रलाई श्रम सूचना बैंकको रुपमा समेत उपयोग गरिनेछ । समान कामको समान ज्यालालाई सुनिश्चित गर्दै कुनै पनि श्रमिकको श्रम शोषण हुन दिइन
१७) स्थानीय विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना र विपद् पुर्वतयारी एवं प्रतिकार्य योजना निर्माण गरी उक्त योजनाले दिएका सुझावहरु क्रमशः कार्यान्वयन गरिनेछ । विपद व्यवस्थापन कोषलाई सबल बनाई कोषको रकम परिचालनलाई थप व्यवस्थित गरिनेछ।
१८) नगर स्तरिय विपद व्यवस्थापन कार्य योजना निर्माण गरिनेछ । खाली स्थानमा अभियानके रुपमा वृक्षारोपण गरि प्रत्येक वर्ष ५० हजार बृक्षारोपन गर्ने, नगर सरसफाई र हरियाली प्रवर्द्धनको महाअभियानलाई टेवा पुयाउन जन्मदिनमा वृक्षारोपन गर्ने कार्यक्रम लागु गरिनेछ ।
१९) नगरस्तर र वडास्तरमा गठित विपद् व्यवस्थापन समितिहरूलाई थप क्याशिल बनाई तत्काल उद्धार कार्यका लागी रेडक्रस, टोल विकास संस्था, वडा समिति, स्थानीय समुदाय, युवा क्लव लगायतका संघ– संस्थासंग समन्वय गरी उद्धार समुह गठन गरी तालिम र उपकरण समेतको व्यवस्था गरिनेछ ।
२०) नगरपालिका भित्रको पर्ति, बांझो, नदी उकास, कुलो, खोला र नदी किनारामा रहेको सार्वजनीक खाली जग्गा सडक किनार लगायतका जमिनमा वृक्षारोपण तथा वन विस्तार कार्यक्रम संचालन गरिनेछ । सामुदायिक वनसंगको सहकार्यमा नसरीको स्थापना र स्तरोन्नती कार्यक्रम संचालन गरी नगरको आवश्यकता अनुसारका विरुवाहरुको उत्पादन गरिनेछ ।
२१) राष्ट्रसेवक कर्मचारीहरुको कार्य, कुसलता र क्षमता बढाउनका लागी कार्यालयको कामकाज संग सम्बन्धी कार्यको लागी अभिमुखिकरण तालिम दिइनेछ ।
२२) राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिहरुलाई नगरपालिकाको उत्कृष्ट कामकाज तथा शिप हस्तानान्तरणको लागी अवलोकन भ्रमणको लागी प्रोत्साहन गरिनेछ।
२३) रामगोपालपुर न.पा.को बजार क्षेत्रहरुमा राखेको विभिन्न टेम्पु, रिक्सा, डेला, गुम्ती छापो लगायतका सामाग्रीहरुको लागी आवश्यक व्यवस्थापनको व्यवस्था गरिनेछ ।
२४) न.पा. भित्र रहेको सम्पूर्ण बजारलाई व्यवस्थित गरी ठेक्का लगाउने प्रकृया अगाडी बढाईनेछ ।
शिक्षा तर्फः
१) कक्षा १ देखि ५ सम्मको बालबालिकाहरुको मनोविज्ञान बुझि बौद्धिक क्षमता विकास गर्न १ कक्षा १ शिक्षकको नीति लिनेछ।
२) विद्यालयको भौतिक सुधार सुदृढीकरणलाई विशेष प्राथमिकतामा राखिनेछ र यस कार्यका लागी प्रदेश तथा केन्द्र सरकारसंग समन्वय गरिनेछ ।
३) सवै सामुदायिक विद्यालयहरुमा स्वच्छ खानेपानी तथा शौचालयको व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिनेछ।
४) बालबालिकाहरुलाई वाल मैत्री वातावरणमा शिक्षा प्रदान गरिनेछ ।
५) स्थानीय भाषाको संरक्षण र संवद्धनका लागी स्थानीय भाषामा आधारित पाठ्यक्रम तयार गरी पठन–पाठन गरिनेछ।
६) बालविकास सहजकर्ता तथा कर्मचारीको न्यूनतम पारिश्रमिक उपलब्ध गराइनेछ ।
७) सवै सामुदायिक विद्यालयहरुको स्तरोन्नती गरीनेछ ।
८) शिक्षक कर्मचारीहरुको लागी विद्यालयमा विद्युतिय हाजिरी तथा लगबुक अनिवार्य राख्ने व्यवस्था गरिनेछ।
९) शैक्षिक शत्र २०७९ विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन सबै बालविकास कक्षामा भर्ना हुने बालबालिकाहरुलाई पोषाक र स्टेशनरी सहितको झोला वितरण गरिनेछ ।
१०) सामुदायिक विद्यालयमा अध्ययनरत न.पा. भित्रका छात्राहरुले नियमित (लगातार) रुपमा कक्षा १२ उत्तिर्ण गरेकोलाई रकम रु.५,०००।– (पांच हजार) दिई पुरस्कृत गरिने छ तथा कक्षा ९ र १० मा अध्ययनरत छात्राहरु एवं दलित छात्रलाई छात्रवृत्ति प्रदान गर्नका लागी न.पा.द्वारा नगर प्रमुख छात्रवत्ती कोषको स्थापना गरिनेछ।
११) शिक्षण प्रणाली तथा विद्यतिय व्यवस्थापन प्रणाली प्रभावकारी बनाउनका लागी कक्षा ८ देखि कक्षा १२ सम्म संचालन भएका विद्यालयहरुमा आई.टी. कर्मचारीको व्यवस्थापन गरिनेछ।
१२) विद्यार्थीहरुको सर्वागिन विकासलाई मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिता गराईनेछ ।
१३) विद्यालयको दिवा खाजा कार्यक्रमलाई विद्यार्थी संख्याको आधारमा व्यवस्थित गर्दै लगिनेछ ।
१४) सबै सामुदायिक विद्यालयमा वर्षको २ पटक निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाईनेछ।
१५) १० वर्षे नगर शिक्षा योजनालाई कार्यान्वयनमा ल्गाउने गरी प्रकृया अगाडी बढाईनेछ ।
१६) शैक्षिक उपलब्धीको आधारमा शिक्षक एवं विद्यालयलाई पुरस्कृत गरिनेछ।
१७) विद्यालयको शिक्षणमा प्रभावकारीता ल्याउने अनुगमनलाई कडाइका साथ लागु गरिनेछ ।
१८) चिकित्सा शिक्षा क्षेत्रमा स्थानीय विद्यार्थीहरुलाई बढीभन्दा बढी सहभागी गराउने दृष्किोणले
ःद्यद्यक् अध्ययनका लागी छात्रवृत्तीमा नाम निकाली पढ्ने विद्यार्थीलाई एकमुष्ठ रकम रु.५५,०००।– (पचपन्न हजार मात्र) थप प्रोत्साहनका लागी छात्रवृत्ति उपलब्ध गराइनेछ ।
१९) विद्यालयमा निष्ठापूर्वक सेवा प्रदान गरिने प्रत्येक विद्यालयका १–१ शिक्षकलाई उत्कृष्ठ शिक्षक पुरस्कारको वयवस्था गरिनेछ।
२०) स्थानीय स्तरमा लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगमा नाम निकाललाई विशेष तयारी कक्षा संचालनको व्यवस्था गरिनेछ ।
२१) यस न.पा.को नगर प्रमुख ज्यूद्वारा घोषणा गरिएको श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा संचालित कक्षा १ देखि ३ सम्मलाई प्रत्येक वर्ष थप कक्षा वृद्धी गरी कार्यान्वयनमा ल्याईनेछ।
२२) विद्यालय उमेरका वालवालिकालाई अनिवार्य तथा निःशुल्क गुणस्तरीय आधारभूत शिक्षाको सुनिश्चितता गर्दै आधारभुत शिक्षा पुरा गरेकालाई माध्यमिक शिक्षाको पहुच सुनिश्चित गरी सवै प्रकारका वालवालिकालाई विद्यालय शिक्षाबाट वन्चित हुन नपर्ने वातावरण सुनिश्चित गरिने नीति लिईने छ।
२३) सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी विद्यालयहरुलाई प्रोत्साहन दिन नमुना विद्यालय छनौट गरी कार्यान्वयनमा ल्याईने छ।
२४) नगर क्षेत्रभित्रका गरिवीका कारणले विद्यालय पढन नजाने त्यस्ताको पहिचान गरी विद्यालय पढन जाने वातावरण बनाउन आवश्यक पहल गरिने छ।
२५) शैक्षिक परामर्श सेवा व्यवस्थीत गर्न दर्ती, अनुमति नियमन तथा अनुगमनका आवश्यक व्यवस्था मिलाईने छ।
२६) सबै सामुदायिक विद्यालयमा कार्यरत सहयोगी कार्यकर्ता तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराईने छ।
२७) “असहाय र विपन्न संग मेयर“ कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयहरुमा अध्ययनरत असहाय र विपन्न वालवालिकालाई मासिक रुपमा स्टेशनरी एवं आवश्यकता अनुसार विद्यालय पोशाक उपलब्ध गराईने छ।
२८) मेयर कप फूटबल प्रतियोगिताको आयोजना गरिनुका साथै नगरमा खेलकुद क्षेत्रलाई थप प्रभावकारी बनाउने नीति अबलम्वन गरिने छ।
२९) गुणस्तरिय शिक्षाका लागि तालिम, कार्यशाला गोष्ठी आदिको माध्यमवाट विद्यालयका सरोकारवाला, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु तथा अभिभावकहरुलाई विषयगत रुपमा क्षमता अभिवृद्धि गरिने छ ।
३०) सामुदायिक विद्यालय एवं शिक्षण संस्थाहरुको पुर्वाधार विकास एवं कक्षाकोठा शिक्षण सिकाइलाइ समयानुकुल थप प्रविधियुक्त एवं प्रभावकारी बनाईने छ ।
३१) सामुदायिक सिकाई केन्द्र मार्फत साक्षर महिला समुह गठनका माध्यमवाट आयआर्जनका कार्यक्रम संचालन गरी उहांहरुको शैक्षिक तथा आर्थिक स्तर वृद्धि गरिनेछ।
३२) हामी सबैको प्रणः सार्वजनीक शिक्षा प्रणालीको सवलीकरण भन्ने नाराका साथ समग्र शिक्षा प्रणालाका सुधारका लागी स्पष्ट दष्टिकोण, प्रतिबद्धता र याजनाका साथ अगाडी बदिनेछ । शिक्षा प्रणालीको सुधार हचुवाका भरमा होइन कि स्थापित मान्यताको जग्गा टेकेर स्पष्ट दृष्टिकोणका साथ चालु आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिदै शैक्षिक विकासका नयां र सिर्जनशील कार्यक्रमहरु संचालन गरिनेछ । निश्चित मापदण्डको आधारमा सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी निःशुल्क गरिनेछ । सामुदायिक विद्यालयलाई थप प्रविधिमैत्री बनाई गुणस्तरीय शिक्षा प्रदानको लागी सबै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवाको व्यवस्था मिलाईनेछ । विद्यालयले लिने शुल्क समायोजन गरिनेछ।
३३) शिक्षा प्रणालीलाई आर्थिक ÷ सामाजिक रुपान्तरणको संवाहकको रुपमा विकास गर्नका लागी सबै तह एवं विधामा समतामुलक पहुंचको सुनिश्चितता, गुणस्तरमा सुधार, अव्वल व्यवस्थापकीय क्षमताको विकास, सामुदायिक एवं संस्थागत विद्यालय बीचको भिन्नताको अन्त्य, असल अभ्यासहरुको आदान प्रदान, शिक्षा क्षेत्रका आशालाग्दा अभ्यास र प्रयास गरे परिवर्तन संभव छ भन्ने मान्यता स्थापित गर्न शेक्षिक प्रणालीलाई जिम्मेवार, जवाफदेही, पारदर्शी, नतिजामुखी र उत्तरदायी बनाउदै सामुदायिक विद्यालयप्रति थप आकर्षण बढाउने रणनीति अवलम्बन गरी नगरपालिकालाई शैक्षिक हब को रुपमा विकास गरिनेछ।
३४) विद्यालय सुशासन लाई प्रवर्द्धन गर्नको लागी विद्यालय व्यवस्थापन समितिलाई थप कृयाशील बनाउदै विद्यालय अनुगमन मुल्यांकनलाई सकृय रुपमा संचालन गरिनेछ।
३५) सामुदायिक विद्यालयमा छात्राहरुलाइ सेनेटरी प्याड निःशुल्क वितरण र दिवा खाजा कार्यक्रमलाई गुणस्तरमा सुधार गरी निरन्तरता दिईनेछ । बालबालिकामाथि हुनसक्ने यौनजन्य दुर्व्यवहार अन्त्यको लागी विद्यालय तथा समुदाय स्तरमा बालबालिकालाई प्रतिकारात्मक ÷ प्रतिरक्षात्मक सीप एवं जनचेतना अभिवृद्धिका कार्यक्रम संचालन गरिनेछ । विद्यालयको समग्र विकास, योजना र रणनीति निर्माणको लागी थप प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछ।
३६) विद्यालय क्षेत्रमा धुम्रपान, मदिरा आदिको विक्रि वितरण कार्यमा रोक लगाईनेछ ।
३७) खेलकुद क्षेत्रको विकास र विस्तारमा योगदान पुरयाउने तथा उत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने खेलाडीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ । खेलको विकास र विस्तारका लागी नगरपालिका, गैरसरकारी तथा निजी क्षेत्रका संस्थाहरुको सहकार्य र समन्वयमा खेलकुद रहरुको स्तरोन्नती गरिनेछ । प्रस्तावित ठला खेल मैदानहरुको निर्माण कार्य अघि बढाउनको लागी संघ र प्रदेश सरकारमा पहल गरिनेछ । नगरभित्रका अन्य फुटवल मैदान, क्रिकेट ग्राउण्ड, भलिवल ग्राउण्ड कवर्ड हल लगायतका संरचनाहरुको निर्णय गरिनेछ।
३८) शिक्षकहरुको पेशागत क्षमता अभिवृद्धीको लागी तालिम, गोष्ठी तथा शैक्षिक भ्रमणको व्यवस्था मिलाईनेछ।
३९) अगामी ३ वर्षमा साक्षर रामगोपालपुर नगरपालिका बनाउनको लागी आवश्यक पहल लगायतका विशेष कार्यक्रमहरु गरिनेछ।
४०) बाबु, आमा नभएका बालबालिकालाई कक्षा १२ सम्म पोशाक, पाठ्य पुस्तक सहितको निःशुल्क पठन–पाठन गराईनेछ ।
४१) संस्थागत विद्यालयद्वारा विद्यार्थीहरुलाई उपलब्ध प्रदान गर्नुपर्ने छात्रवृत्तिलाई १० प्रतिशत कायम गरी प्रभावकारी कार्यान्वयन गराईनेछ । ४२) नगरपालिकामा संचालित सबै संस्थागत विद्यालयहरुको मापदण्ड तोकी व्यवस्थापन गर्ने नीति लिईएको छ।
स्वास्थ्य तर्फः
१) बहु क्षेत्रीयपोषण कार्यक्रम संचालनलाई निरन्तरता दिइनेछ ।
२) रामगोपालपुर नगरपालिका अन्तरगत रहेका स्वास्थ्य संस्थाहरुलाई सूचना प्रविधि मैत्री बनाउने छ।
३) प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्यचौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र र आरोग्य सेवा केन्द्रहरहरुमा वर्षभरी औषधी तथा औषधीजन्य सामग्रीहरुको नियमित आपति गरिनेछ।
४) आमासुरक्षा कार्यक्रमको लागि औषधी, न्यानोकोला, सेवापदायकले पाउने इन्सेन्टिभ रकमतथा सेवाग्राहीहरुलाई यातायात खर्च भनानीको लागि आवश्यक पहल गरिनेछ ।
५) महिला स्वास्थ्य स्वयं सेविकाहरुका लागि प्रोत्साहन भत्ताको व्यवस्था मिलाइनेछ।
६) सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, खोप सेवा, पोषण सेवा, गाउघर क्लिनिक सेवा प्रभावकारी रुपमा संचालनका लागि आवश्यक व्यवस्था गरिनेछ।
७) स्वास्थ्य संस्थाहरुमा संक्रमण रोकथामका लागि इन्सिनिस्टर निर्माणको लागि आवश्यक पहल गरिने छ ।
८) स्वास्थ्य संस्थाहरुको न्युनतम सेवा मापदण्ड पूरा गर्नका लागि आवश्यक सामग्री खरिदको व्यवस्था मिलाइनेछ।
९) महामारीजन्य रोगव्याधी, प्राकतिक प्रकोप व्यवस्थापनकालागि आवश्यक रकमको व्यवस्था मिलाईनेछ।
१०) स्वास्थ्य संस्थाहरुको मर्मत संभार तथा स्तारोन्नतीका लागि आवश्यक बजेटको व्यवस्था मिलाईनेछ।
११) स्वास्थ्य संस्थाहरुमा चाहिने आवश्यक फर्निचर लगायतका सामग्रीहरु व्यवस्थापनका लागि रकमको व्यवस्था मिलाइनेछ।
१२) रामगोपालपुरलाई आव २०७९÷८० मा पुर्णखोप पालिका घोषण गरी सोको निरन्तरताका लागि आवश्यक बजेटको व्यवस्था मिलाईनेछ।
१३) प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा संचालन भै रहेको प्रयोगशालाको स्तरीकरणका साथै सवै स्वास्थ्य चौकीहरुमा प्रयोगशाला सेवा विस्तारका लागि बजेट व्यवस्थान गरिनेछ।
१४) सर्व स्वास्थ्य संस्थाहरुमा शुद्ध खान पानी तथा शौचालयको व्यवस्था मिलाईने छ।
१५) अत्यावश्यक स्वास्थ्य उपकरणहरुको व्यवस्था मिलाईनेछ।
१६) ८० वर्ष उमेर माथिका जेष्ठनागरिकहरुको लागि घरदैलो स्वास्थ्य सेवा तथा औषधी वितरण निःशुल्क गरनेछ।
१७) गर्भवती तथा सुत्केरी महिलाहरुको लागि पोषण प्रोत्साहनको व्यवस्था मिलाईने छ।
१८) विपन्न तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य वीमा कार्यक्रममा सहभागी गराईनेछ।
१९) प्रत्येक वडाहरुमा १÷१ वटा फिटनेस पार्क निर्माणका लागि आवश्यक पहल गरिनेछ।
२०) उत्कृष्ठ स्वास्थ्यकर्मी र म स्वा से लाई पुरस्कार वितरण गरिनेछ ।
२१) आधारभूत स्वास्थ्य सेवा संचालनका लागि कर्मचारी करारमा भर्ना गरिनेछ ।
२२) वर्थिङ्ग सेन्टर सहितको स्वास्थ्य संस्थाको भवन निर्माणको लागि आवश्यक पहल गरिनेछ।
२३) प्रत्येक स्वास्थ्य संस्थाहरुमा ल्यावको व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्थापन गरिनेछ। २४) स्वास्थ्य शिविर संचालनका लागि आवश्यक बजेटको व्यवस्थापन गरिनेछ ।
२५) स्वास्थ्यकर्मीहरुको लागि म्ज्क्ष्क्द्द तालिमको लागि आवश्यक वजेट व्यस्थापन गरिनेछ ।
२६) नागरिक स्वास्थ्यलाई मध्यनजर गर्दै आरोग्य सेवा केन्द्रलाई प्रवद्धन र सुविधा सम्पन्न बनाईनेछ । २७) आर्थिक रुपमा विपन्न नगरबासीको स्वास्थ्य उपचारका लागी “नगर प्रमुख विपन्न नागरिक सहायता कोष“ स्थापना गरिनेछ । “स्वस्थ नगरवासी ः स्वस्थ्य नगर“ भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामुलक पहुंच सुनिश्चित गर्नेछ । नगरपालिका मातहतमा रहेका एम्बुलेन्सलाई थप जनमुखी बनाईनेछ । नगरभित्रका सवै वर्थिङ्ग सेन्टरहरुको गुणस्तर सुधार गरी सुरक्षित मातृत्वको हकलाई सुनिश्चित गरिनेछ । साथै, वर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई प्रोत्साहन भत्ता स्वरुप दिईने १ हजार रुपैयां भत्तालाई निरन्तरता दिईनेछ । गर्भवती महिलालाई निःशुल्क क्याल्सियमको साथै गर्भवती महिलाको पोषणमा सुधार ल्याउन गर्भवतीसंग उपमेयर कार्यक्रमलाई निरन्तरता दिईनेछ । जिरो होम डेलिभरी कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गरिनेछ । गर्भवती सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रोटेबल अल्ट्रासाउण्डको सेवा सुरुवात गरिनेछ।
२८) महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धिका लागी प्रोत्साहन कार्यक्रम संचालन गरिनेछ । उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नेपाल सरकारले प्रदान गर्ने रकममा केही रकम थप गरी संचालन गरिएको सुनौलो अवकाश योजना कार्यक्रमलाई निरन्तरता दिईनेछ।
२९) प्रत्येक स्वास्थ्य संस्थालाई मापदण्ड बनाई संस्था संचालन तथा व्यवस्थापन खर्च उपलब्ध गराईनुको साथै स्वच्छ खानेपानीको व्यवस्था मिलाईनेछ । सबै नगरवासीलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी बनाउन प्रयत्न गरिनेछ । निश्चित वर्ग समुदायका नागरिकलाई स्वास्थ्य बीमा अनुदान कार्यक्रम लागु गरिनेछ।
सास्कृति प्रबर्दधन तर्फः
१) नगर क्षेत्र भित्रका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुको संरक्षण तथा विकासमा जोड दिन नीतिलाई निरन्तरता दिईने छ।
२) बहुल संस्कृति एवं सम्पदाहरुको संरक्षण, मौलिक, संस्कृतिको जर्गेना, सांस्कृतिक पर्यटन प्रवर्द्धन र सवै समुदायको धार्मिक एवं सांस्कृतिक मूल्य मान्यताको अभिवृद्धि गर्ने वातावरण सिर्जना गर्ने नीति लिईनेछ।।
३) महिला हिंसा, बाल हिंसा, बाल श्रम, बाल विवाह, बहुविवाह, दाईजो जस्तो प्रथा उन्मुलनका लागी शैक्षिक संस्थाहरुमा सचेतना मुलक कार्यक्रम संचालन गरिनेछ।
४) बोक्सीको आरोप, धामी झाक्री पिडित, छुवाछुत जस्ता करिती विरुद्ध सामाजिक विभेदलाई पूर्ण रुपमा अन्त्य गर्न आवश्यक कार्यक्रमलाई निरन्तरता दिईनेछ।
५) बाल विवाह पूर्ण रुपमा अन्त्यका लागी जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
६) नगरभरीका अपागंता भएका एवं जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याईनेछ।
७) गर्भवती महिलाको पहिचानका लागी गर्भवती महिला रहेको घरमा संकेत नं. राखिनेछ ।
८) जात जाती, लिंग, भाषा, भेषभूषा, धर्मको आधारमा कसैलाई भेदभाव गरिने छैन । गरिएको पाईएमा कानुनी उपचार गरी पिडितलाई तत्काल न्याय प्रदान गरिनेछ।
पूर्वाधार विकास तर्फः
१) नगर क्षेत्र भित्रका सडकहरु नियमित रुपमा मर्मत सम्भार गर्नका लागि मर्मत सम्भार कोषको व्यवस्था गरिने छ । निर्माण भैसकेका सडकहरुको स्तरोन्नती गर्दै लगिने छ।
२) विषेश गरी शहरी क्षेत्रमा सडक निर्माण गदा सर्वप्रथम पक्की नाली निर्माण गरेर मात्र कालोपत्रे सडक निर्माण गर्ने कार्यलाई निरन्तरता दिईने छ । फुटपाथ सहितको शहरी सडकको निर्माण गर्ने कार्यको थालनी गरिने छ ।
३) एक वडा एक किलोमिटर पक्की सडक निर्माण अभियान लागू गरिनेछ ।
४) आवागमनमा सहजता र गुणस्तरीय पूर्वाधार विकासका लागी नगर क्षेत्रका महत्वपूर्ण सडकहरुको स्तरवृद्धि कार्य भई आएकोमा सम्पन्नताका लागी प्राथमिकता दिईएको छ।
५) आफनै भवन नभएका र भवन जीर्ण भएका वडा कायालयहरुको भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडी बढाईनेछ ।
६) नगरका महत्वपूर्ण स्थानहरुमा नवीकरणीय उजा कायक्रमबाट सोलार स्ट्रिट प्रणाली जडान गरिनेछ।
७) नगरपालिकाको मुख्य सडकको पेटी तथा नदी, नहर किनारमा बृक्षारोपण गरिने छ ।
८) सडक अधिकार क्षेत्र मिच्ने, सार्वजनिक स्थानमा घर टहरा बनाउने कार्यलाई पूर्ण रुपमा निरुत्साहित गरिने छ।
९) स्थानीय सार्वजनिक यातायात बस, ट्याक्सी र टेम्पो, ईरिक्सा लगायतको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन गरिने छ।
१०) नगर क्षेत्र भित्रका सवै क्षेत्रमा विधुत लाईन विस्तार गरी विद्युत सुविधा उपलब्ध गराईनेछ ।
११) नगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक जग्गाहरुको संरक्षण र सम्बर्द्धनका लागि निर्माण गरिएको मर्मत सम्हार कोषमा पर्याप्त रकम विनियोजन गरिने छ ।
१२) घर नक्सा ईजाजत दिदा नगरपालिकाको वस्ती विकास भवन तथा योजना मापदण्ड, सडक यातायात गुरु योजनामा उल्लेखित प्रक्रयालाई अवलम्वन गरिने छ ।
१३) यस न.पा. भित्र पर्ने पसिजवा सिंचाई, खोपी, सिंचाई तथा कटही सिंचाई आदी सिंचाईहरुको उचित व्यवस्थापन गर्न सम्बन्धीत निकायमा आवश्यक पहल गरिनेछ ।
१४) यस न.पा. भित्र रहेको वडा नं. ३ दोलाठी र वडा नं. ८ थलहीमा जलेश्वर बर्दिवास मेन सडकको नाला निर्माण कार्यको लागी सडक डिभिजन कार्यालयमा पहल गरी अविलम्ब कार्यान्वयनमा ल्याईनेछ ।
१५) म.रा.मा.वि. रामगोपालपुरमा भारतीय राजदुतावासद्वारा निर्माण गरिएको अधुरो नव निर्मित भवनलाई भारतीय दुतावासमा पहल गरि उक्त अधुरो भवनको कार्य पुरा गरिनेछ ।
१६) न.पा.को सबै वडामा अधुरो तथा नयां नाला, सामुदायिक भवन, सडक, भौतिक संरचना लगायतको कार्यहरुलाई पुरा गर्नको लागी सम्बन्धीत निकायहरुमा आवश्यक पहल गरिनेछ ।
१७) न.पा. भित्रको न.पा. भवन, कोल्ड स्टोर्स, चिड्रÞेन पार्क, सौतिनिया पोखरीको पर्यटकी क्षेत्र निमाण, न.पा. भित्रको चौतर्फी प्रवेशद्वार लगायतका योजनाहरुको डि.पि.आर तयार भईसकेकोलाई कार्य पुरा गर्नका लागी सम्बन्धीत निकायहरुमा पहल गरिनेछ।
वन वातावरण तथा विपद् व्यवस्थापन तर्फः
१) सार्वजनीक तथा महत्वपूर्ण स्थानहरुमा डष्टविनको व्यवस्था गरिनेछ।
२) नगरको फोहर व्यवस्थापनका लागी आवश्यक संख्यामा साधन र जनशक्तिको व्यवस्थापन गरिएको छ।
३) नगरलाई हराभरा र स्वच्छ बनाउन एक घर दुई बहुबर्षिय विरुवा रोपण कार्यलाई निरन्तरता दिईनेछ।
४) नगर क्षेत्रभित्र रहेको प्रत्येक निजी, सरकारी, गैर सरकारी विद्यालय र कलेजको नजिक स्तिजन्य पदार्थ तथा मदिराजन्य पदार्थ बेचविखनमा रोक लगाईने नीति लिईनेछ ।
५) विपद व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन विपद् वयवस्थापन कोषलाई थप सुदृढ गरिनेछ।
६) विपद्बाट हुने क्षति न्यूनिकरणका लागी तत्काल राहत र उद्धारका कार्यमा जोड दिईनेछ । यस कार्यमा नगरप्रहरी, सहयोगी संस्था र सम्बन्धीत निकायहरुको परिचालनमा जोड दिईनेछ।
७) विपद् जोखिम, नयूनिकरणका लागी पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यानवयन गरिनेछ।
८) बारुण यन्त्र तथा एम्बुलेन्सको व्यवथापनलाई प्रभावकारी बनाईनेछ ।
सुशासन तथा संस्थागत विकास तर्फः
मानव संसाधन विकास तर्फः
१) कर्मचारीको मनोवल उच्च राख्न तथा उहांहरुको कार्यको प्रोत्साहन गर्न कार्य सम्पादनका आधारमा पुरष्कृत गरिने नीतिलाई निरन्तरता दिईनेछ ।
२) सार्वजनीक सेवालाई सर्वशुलभ, छिटो छरितो र प्रविधि मैत्री बनाईनेछ । सेवाग्राहीको पष्ठपोषण लिने पद्धतिलाई संस्थागत गरिनेछ । नागरिकबाट प्राप्त गुनासोको व्यवस्था मिलाईनेछ।
३) निर्वाचित जनप्रतिनिधीहरु तथा कर्मचारीहरुलाई विकास निर्माणका कार्य लगायत अन्य प्रशासनिक कार्यको अनुभव आदान प्रदान गर्न राष्ट्रिय तथा अन्तराट्रिय अवलोकन भ्रमणको व्यवस्था गरिने छ।
४) स्थानिय तहमा कार्यरत कर्मचारीहरुलाई विशेष व्यवस्था गरी ऐन अनुसार निजामती सरहको बृति विकासका अवसरहरु उपलब्ध गराईने छ।
५) जनताका समस्या, सुझाव र विकासका सवालहरुलाई सम्बोधन गर्न जनतासंग मेयर कार्यक्रम लागु गरिनेछ।
६) नगरपालिकाको वित्तिय व्यवस्थापनमा सुधार ल्याउन शुन्य बेरुजुको अवधारणा अनुसार बेरुजु फस्यौट कार्यलाई प्रभावकारी बनाईनेछ । सार्वजनीक खर्चमा मितव्ययिता कायम गरिएको छ।
७) जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास गरिनेछ । क्षमता विकास योजना निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ।
८) कार्य सम्पादनको आधारमा वडाहरुलाई प्रोत्साहन स्वरुप थप अनुदान प्रदान गरिनेछ । उपभोक्ता समितिहरुलाई सोही आधारमा पुरस्कृत गरिनेछ।
९) न्यायिक समितिमा सर्वसाधारण नागरिकको पहुंच बृद्धि गरिनेछ । हिंसा पीडित महिला, अपागता भएका व्यक्ति, दलित, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रदेश र संघिय सरकारको सहकार्यमा निःशुल्क कानुन सहायता उपलब्ध गराईनेछ । विवाद निरुपणमा भेदभावरहित, सहभागिता, जवाफदेहिता र सशक्तिकरण जस्ता पक्षलाई ध्यान दिईनेछ ।
प्रशासन सुधार तथा संस्थागत क्षमता विकास तर्फ ः
१) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अस्थायी दरवन्दी संरचनाको आधारमा यस रामगोपालपुर नगर पालिकामा शाखाको संरचना व्यवस्थापन गरिनेछ ।
२) काम गर्ने राष्ट्र सेवक स्थायी, अस्थायी, करार सेवा, कर्मचारीको निजामती कर्मचारीले पाउने तलब, सुविधा अनुसारको सवै सुविधा दिने नीति वनाईने छ।
३) सदाचार नीतिलाई प्रबर्धन गरिने छ । जनता नै जनार्दन भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी भ्रष्टाचार निर्मुल गर्न शुन्य सहनशिलताको नीति अवलम्बन गरिने छ।
४) “न्याय सम्पादन ढिलो हुनु, न्याय नपाउनु सरह हो “ भन्ने कानूनी सिद्धान्तलाई अंगिकार गर्दै रामगोपालपुर नगर पालिकाको न्यायिक समितिवाट छिटो छरितो र सर्वशुलभ न्याय सम्पादन गर्ने कार्यलाई विशेष जोड दिईने छ।
५) “कानूनको अज्ञानता क्षम्य हुदैन“ भन्ने कानूनी सिद्धान्तलाई मध्यनजर गर्दै रामगोपालपुर नगरपपालिकाका ग्रामिण क्षेत्रका सर्वसाधारणमा कानून सम्बन्धी जानकारी गराउन कानूनी सचेतनाका कार्यक्रमहरु अभियानका रुपमा संचालन गरिने छ ।
६) न्यायिक समितिमा समन पुयाउन, म्याद तामिल गर्न फिल्ड कर्मचारीको व्यवस्थापन गरिने छ।
७) स्थानीय सरकार संचालनको लागीचाहिने ऐन, नियम, कानुन, निर्देशिका, कार्यविविधि, विनियमावलीहरु तयार गरी नगर कार्यपालिकाबाट पारित गराई राजपत्रमा प्रकाशन गरी लागु गरिनेछ।
राजस्व परिचालन तर्फः
१) राजश्व सम्भाव्यता अध्ययन गरी राजश्व परिचालनका थप श्रोतहरुको पहिचान गरिनेछ । सम्पत्ति करलाई आन्तरिक आयको मुल श्रोतको रुपमा विकास गरिनेछ । स्थानीय तहलाई प्राप्त घर बहाल करलाई थप व्यवस्थित गर्न सम्बनधीत वडा कार्यालयले टोल विकास संस्थाको समन्वयमा लगत तयार गर्ने र श्रोत साधन सहित घर बहाल कर असुली तथा व्यवस्थापन कार्यमा उद्योग वाणिज्य संघसंग सहकार्य गरिनेछ।
२) सबैभन्दा धेरै कर दाखिला गर्ने कारदातालाई उत्कृष्ट करदाताको रुपमा पुरस्कृत गरिने कार्यक्रम लागु गरिनेछ । सबै आर्थिक तथा व्यापारिक कृयाकलापहरुलाई करको दायरमा ल्याई आन्तरिक आम्दानीको दायरालाई फराकिलो बनाईनेछ । नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाहरुलाई क्रमशः डिजिटलाईजेशन गर्दै सेवा प्रवाहलाई सहज र पारदर्शी बनाईनेछ । नगर सरकारका निर्णय प्रकया सरल, सहज र पारदर्शी बनाईनेछ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टी सर्वेक्षण मापन कार्य गरि प्राप्त गुणासोहरुलाई तत्काल सुनुवाई हुने संयन्त्रको व्यवस्था गरिनेछ ।
३) सदाचार प्रवद्धन र भ्रष्टाचारजन्य कयाकलापको अन्त्य गर्नको लागी भ्रटाचार जन्य कृयाकलापमा शुन्य सहनशीलताको नीति अवलम्बन गर्दै भ्रष्टाचार गर्ने र गराउने दुवैलाई कानुनको दायरामा ल्याउनेछ । कार्य सम्पादनमा दण्ड पुरस्कार प्रणाली अवलम्वन गरि राष्ट्र सेवकहरुमा कामप्रति तत्पर हुने सेवाभाव सहित समयमै काम सम्पन्न गर्ने, उत्कृष्ट नतिजा दिने र जिम्मेवारी वहन गर्ने कार्य संस्कृतिको विकास गरिनेछ । निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको संस्थागत क्षमता अभिवृद्धिका लागी तालिमको आवश्यकता पहिचान गरी कार्यान्वयन गरिनेछ र नगरपालिकाका विषयगत समितिहरुलाई थप उत्तरदायि कृयाशिल र परिणाममुखी बनाईनेछ ।
४) नगरभित्र रहेको सुरक्षा निकायको भौतिक पूर्वाधार, सवारी साधनको उपलब्धता, दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन लगायत अन्य संस्थागत क्षमता अभिवृद्धिका लागी आवश्यक पहल गरिनेछ । स्थानीय सुरक्षा निकाय, सामुदायिक प्रहरी र सरोकारवालाहरुवीच सुरक्षा व्यवस्थालाई सवल बनाउन आवश्यक अन्तरकृया कायक्रमहरु संचालन गरिनेछ । नगर प्रहरीको समन्वयकारी भूमिकालाई प्रभावकारी बनाईनेछ भने बजार, बालश्रम, विद्यालय, व्यवसाय दर्ता र संचालन, मदिरा विक्रि वितरण र सेवन, घर निर्माण, सार्वजनीक जग्गाको सांध, सीमाना, ईन्धन डिपो, होटल, दुध डेरी, मासु पसल, औषधी पसल लगायतका नागरिकको जनजीविकासंग सम्बन्धीत विषयहरुलाई प्रचलित कानुनको अधिनमा रही कडाईका साथ अनुगमन गरी स्थानीय सरकारको अनुभूति गराईनेछ।
५) समग्र योजना तर्जुमा प्रणालीलाई प्रचलित कानुनको परिधिभिध रही यथार्थपरक, व्यवहारिक, सामुदायको अपनत्व रहने, टिकाउ र गुणस्तरीय निर्माणको कार्यलाई सुनिश्चितता गर्नुको साथै प्रोजेक्ट बैंकलाई परिस्कृत तवरले संचालन गरिनेछ । नगरपालिकाले निर्माण गरेको एकीकृत शहरी विकास योजना (ईन्ट्रिग्रेटड अनि डिभलेपमेन्ट प्लान), आर्थिक विकास रणनीतिको पूर्ण कार्यान्वयनमा जोड दिई यी दस्तावेजले अघिसारेको नीति तथा कार्यक्रमहरुलाई बजेटसंग तादाम्यता मिलाई क्रमशः कार्यक्रमहरु संचालन गरिनेछ।
६) पूंजीगत खर्चको गुणस्तर बढाउन फागुन मसान्त भित्र सम्झौताः जेठ मसान्त भित्र भुक्तानीको नीतिलाई कडाईका साथ कार्यान्वयन गरिनछ । योजनाहरुको अनुगमन प्रणालीमा स्थानीय सरोकारवालाहरुको सहभागीतालाई सुनिश्चित गरिनेछ । योजनामा लागत साझेदारीलाई निरन्तरता दिदै सिमान्तकृत र पिछडिएको वर्ग, समुदाय एवं भौगोलिक क्षेत्रमा विशेष सम्बोधन गरिनेछ । लागत साझेदारीका कामहरु गुणस्तरमा विशेष ख्याल राखी सकेसम्म उपभोक्ता समिति मार्फत गरिनेछ । विकास आयोजनाहरु तोकिएको परिमाण गुणस्तर, लागत र समयमा सम्पन्नहुनेगरी संयन्त्र निर्माण गराईनेछ । भौतिक पूर्वाधारको गुणस्तरको मापन गर्नको लागी आवश्यक प्राविधिक र यान्त्रिक व्यवस्थापन गरिनेछ ।
सूचना तथा सञ्चार प्रविधि तफ ः
१) नगरपालिकाले हरेक काम कारवाही वेवसाईट, इमेल, अनलाईन नेटवर्किङ्ग जस्ता विद्युतिय संचार माध्यमको प्रयोग गरी नगरपालिका, अन्तर्गत सबै वडाहरुलाई विद्युतिय सञ्चारसंग जोडने अवधारणा (एबउभच भिकक न्यखभचलबलअभ) प्रयोगमा ल्याउने नीति लिईनेछ।
२) नगरपालिकाको ऐलानी एवं अव्यवस्थित जग्गा अभिलेखीकरण, सार्वजनीक सम्पत्ती अभिलेखीकरण, घर नक्सा पास, व्यक्तिगत घटना दर्ता, समाजिक सुरक्षा भत्ता वितरण अभिलेख, नगरको जिन्सी अभिलेख जस्ता कार्यहरुलाई पूर्ण रुपमा डिजिटाइजेशन गरी व्यवस्थित गरिने कार्यलाई थप व्यवस्थित गर्दै लगिनेछ।
३) कर्मचारीहरुलाई सूचना प्रविधि तथा ई–गभर्नेन्स सम्बन्धी तालिमको व्यवस्था गर्दै लगिनेछ ।
भवन नक्सा पास तफः
१) अगामी आ व २०७९ र ०८० देखि घरको नक्सापास गर्दा बाउण्ड्रीवालको समेत नक्सापास गर्ने व्यवस्था अनिवार्य गरिनेछ ।
२) निर्माण भएका एकतले घरमा भवन संहिता अनुसार निर्माण नभएका तला थपको स्विकृति दिदा पहिलेको घर च्भतचयाष्ततष्लन सबलीकरण गरेर मात्र स्विकृति दिने व्यवस्था मिलाईने छ ।
३) च्भतचयाष्ततष्लन कार्य का लागि प्रविधिक सहयोग रामगोपालपुर नगर पालिकाले निःशुल्क उपलब्ध गराउने छ ।
४) भवन नक्सा पास गर्दा साईट प्लानमा उल्लेख भए अनुसार सेन्टर लाईनवाट छोडेको च्ष्नजत या ध्बथ (च्इध्) अनुसार अनिवार्य रुपमा द्ययगलमचथ धबिि लगाउने अन्यथा निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध नगराउने गरी भवन निमाण मापदण्डमा प्रवधान थप गरी निमाण गर्न नगर पालिकालाई अख्तियारी दिईएको छ।
वित्तिय व्यवस्थापन तथा आर्थिक अनुशासन तर्फः
१) उपभोक्ता समिति, संघ सस्थालाई पेश्की दिने कार्यलाई पूर्ण रुपमा निरुत्साहित गरिने छ।
२) योजना तथा कार्यक्रम संचालन गर्दा, सेवा सामाग्री खरिद गर्दा नेपाल सरकारको सार्वजनीक खरिद ऐन, नियमावली तथा आर्थिक कार्यविधि अनुसार गरिनेछ।
३) नगरपालिकाको गत विगत आर्थिक वर्षको वेरुज मध्ये नियमित गर्नु पर्नेलाई नियमित गरिने, असुल उपर गर्नपर्ने खालको बेरुजुलाई सम्बन्धीत व्यक्ति तथा संघसंस्थाहरु संग नियमानुसार असुलउपर गरिनेछ । नगरपालिकाको बेरुजु न्यून गर्ने तर्फ ध्यान दिईनेछ।
४) तोकिएको समयमा नै पेश्की तथा बेरुजु फछयौट नगरेमा भुक्तानी हुन बांकी रकम, पारिश्रमिक, तलब भत्ता समेत रोक्का गरि असुल उपर गरिनेछ ।
५) राजश्व संकलनको लागी कर शिक्षा संकलन कार्यक्रम मार्फत करमैत्री वातावरणको व्यवस्था मिलाईनेछ।
६) अनावश्यक खर्च नियन्त्रण गरी सार्वजनीक श्रोतको उपयोग गर्दा मितव्ययी हुने नीति अवलम्वन गरिनेछ ।
गैर सरकारी संस्था ः
१) स्थानीय गैर सरकारी संस्था तथा सामुदायाक सस्थाहरु सग समन्वय, सहभागीता र सहकार्यलाई उच्च, दिगो र फराकिलो बनाईन्छ ।
२) गैर सरकारी संस्थाहरुको परिचालन, नियमन, अनुगमन र मूल्याकनलाई प्रभावकारी बनाई सुशासन कायम गरिने छ।
३) नगर क्षेत्रमा संचालनका गरीने विभिन्न प्रकारका तालिम, सचतनामुलक कार्यक्रम, विशेष अभियानहरु संचालनका लागि स्थानीय गैरसरकारी संस्थाहरुलाई प्राथमिकता दिईने छ।
४) नगरपपालिका भित्र आफनो योजना कार्यक्रम संचालन गर्न गराउन चाहने गैरसरकारी संस्थाहरुले नगरपालिकाममा सूचिकृत अनिवार्य रुपमा हुनुपर्ने छ।
५) कर, सचेतना, वातावरणीय, सरसफाई तथा विभिन्न किशिमका सचेतना मुलक कार्यक्रम संचालन गर्नका लागि स्थानीय गैरसरकारी संस्थाहरु संग सहकार्य गरिने छ।
नगरसभा सदस्य ज्यूहरु,
माथि उल्लेखित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सघाउ पुग्ने गरी नगरपालिकालाई प्राप्त समानीकरण अनुदान, राजश्व बांडफांडको रकम, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक श्रोतको रामबाट नगरपालिकाको दिगो र सनतुलित विकास हुनेगरी बजेट, योजना र कार्यक्रम सहितको आय–व्ययको अनुमान नगरसभा समक्ष पेश गर्ने अनुमति चाहन्छ । आर्थिक विधेयक र विनियोजन विधेयक समेत यस गरिमामय नगरसभामा पेश गरिनेछ।
अगामी आ.व. २०७९÷०८० को वार्षिक बजेट तथा कार्यक्रमको सारांश ः
१) अब म चालु आ.ब. २०७८ र २०७९ को यथार्थ वजेट (आय) प्रस्तुत गर्दछु । रामगोपालपुर नगरपालिकाको चालु आ.ब. २०७८ र २०७९ मा भएको कुल यथार्थ आय रु. ५७,३९,९४,६५२।– रहेको छ, जसमध्ये आन्तरीक श्रोत (अ.ल्या. समेत) को रकम रु. ११,०१,३६,६४०।– र नेपाल सरकारको तर्फबाट रु.४४,६७,४१,०१२– तथा मधेश प्रदेश सरकारको रु.१,७१,१७,०००।– मात्र प्राप्त भएको छ।
२) अब म अगामी आर्थिक वर्ष २०७९ र २०८० को प्रस्तावित अनुमान गरिएको आय व्यय प्रस्तुत गर्दछ । रामगोपालपुर नगरपालिकाको आर्थिक वर्ष २०७९ र २०८० को लागि कुल रु.५३,८४,९४,०९७÷– विनियोजन गरेको छु । कुल विनियोजन रकम मध्ये चालु तर्फ ३२,३०,९६,४५८.२० र पूंजीगत तर्फ २१,५३,९७,६३८.८० प्रस्ताव गरेको छ। कुल बजेटको चालु तर्फ ६० प्रतिशत र पुंजीगत तर्फ ४० प्रतिशत रहेकोछ । चालू खर्चमा नेपाल सरकारबाट प्राप्त वितिय समानीकरण अनुदान, सशर्त अनुदान, राजश्व बांडफांड, रोयाल्टी र आन्तरिक आय (राजस्व) सामाजिक सुरक्षा, गरिवसंग विशेश्वर कार्यक्रम र मधेश प्रदेश तर्फको राजश्व वांडफांड रकम समेत समावेश गरिएको छ । चालु खर्चको विनियोजित रकमको खुद कार्यालय संचालन गर्न चालु खर्च जम्मा रु.८,८८,४९,०००।– (आठ करोड अठासी लाख उनान्चास हजार मात्र) रहेको छ । जुन बजेटमा समावेश गराईएको कुल चालु खचं रकमको १६.४९ प्रतिशत छ।
३) रामगोपालपुर नगरपालिकाको कुल आन्तरिक आय राजस्व तर्फ अनुमानित रु. १,५५,००,०००।– (अक्षरेपि एक करोड पचपन्न लाख मात्र) प्रस्ताव गरिएको छ । नगरपालिकाको कुल बजेटमा आन्तरिक आयबाट करिव २.८७ प्रतिशत मात्र रहेको छ।
४) अब अगामी आ.व. २०७९ र २०८० का लागि तपसिल बमोजिमको नेपाल सरकार, मधेश प्रदेश सरकार र आन्तरिक अनुदान रकमहरु समावेश रहेको छ।
आ.व. २०७९÷८० को वार्षिक बजेट विवरण ः
१) रामगोपालपुर नगरपालिका सातों नगरसभा सम्म नगरपालिका संचालन र व्यवस्थापनका लागि भए गरेका निर्णयहरु आय व्ययहरु स्वीकतको लागि प्रस्ताव पेश गरेको छ।
२) आगामी आर्थिक वर्ष २०७१÷२०८० को नीति बजेट तथा कार्यक्रमको अभिन्न अंगको रुपमा रहेका आय व्ययको विस्तृत विवरण राजस्व तथा अनुदान प्राप्तीका अनुमान कार्य क्षवगत व्यय अनुमानका लागि पेश गरेको छ।
अन्तमा यो नीति तथा कार्यक्रमको सफल कार्यानवयनबाट नगरको विकासको आधारशाला खडा हुनछ । आथिक पारदशाता र सुशासन कायम हुनछ । नगरका सवाका गुणस्तर वृद्धि भई रामगोपालपुर उत्कृष्ट नगर सरकारको रुपमा नेपालको मानचित्रमा अकित हुनेछ । यो नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबै क्षेत्रबाट विशिष्ट यागदान प्राप्त हुनछ, भन्न विश्वास लिएको छ । अन्त्यमा नगरको विकासमा यागदान पुरयाउनु हुन जनप्रतिनिधिज्युहरु र राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, सहकारी तथा संघ संस्था, नागरिक समाज, बुद्धिजीवि र टोल विकास संस्था संचारजगत् सुरक्षा निकाय तथा सम्पूर्ण नगरवासीहरुलाई धन्यवाद ज्ञापन गर्दछु । नीति, बजेट तथा कार्यक्रम कार्यान्वयनमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद ।
प्रस्तुतकर्ता
रामदुलार साह
सातौ नगरसभा अध्यक्ष रामगोपालपुर नगरपालिका
महोत्तरी
स्थानिय सरकार मिडियाप्रति अझै उदासिन
महोत्तरीमा स्थानिय तहहरुले आफ्नो बजेट,नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने क्रममा छन । केहि पालिकाले कार्यक्रम सम्पन्न गरिसकेका छन भने थप गर्ने क्रममा छन । तर स्थानिय तहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा संचारक्षेत्रलाई फाईदा पुग्ने वा संचार क्षेत्रको लागि राम्रो भन्न सकिने गरि हालसम्म प्रस्तुत भएका बजेट,नीति तथा कार्यक्रममा भने देखिएन ।
संचारकर्मीहरुमा निखारिताको लागि विभिन्न तालिमहरु संचालन हुनु पर्नेमा यसको लागि स्थानिय तहहरुले समन्वयात्मक भुमिका निर्वाह गर्न सक्ने भएपनि सो देखिएको छैन भने सम्बन्धित स्थानिय तहहरुबाट नै संचालित मिडिया हाउसहरुकै लागि समेत सम्बन्धित पालिकाहरुले कुनै कार्यक्रम ल्याउन सकेका छन ।
मिडिया मैत्री स्थानिय तहहरु नबनेसम्म महोत्तरीमा मिडियाको विकास गर्न सहज नहुनेमा दुईमत नहुदा स्थानिय तहहरुले यस वारे गम्भिर हुनु पर्ने देखिन्छ ।
सुचना र समाचारको अझै पनि भरपर्दो माध्यमको रुपमा मिडिया नै रहेकोले यसको समग्र विकासको लागि स्थानिय तहहरुले हातेमालो गर्न आवश्यक छ ।