गणतन्त्र दिवसको उपलक्ष्यमा महोत्तरी स्थित जलेश्वर कारागारबाट ११ जनाको सजाय मिनाहा गरिएको छ भने दुईजनालाई आम माफी दिइएको छ । जलेश्वर कारागारका जेलर अशोक कुमार क्षेत्रीले कैद मिनाहा गरिएका र आम माफी पाएका कैदीहरुलाई सवै प्रकृया पुर्र्याई आफन्तको जिम्मा लगाउदै घर पठाइएको बताए । उनले मन्त्रालयबाट कैद भुक्तान र आम माफीको पत्र आउनासाथ प्रकृया पुर्याएर सवैलाई मुक्त गरिएको बताए ।
पचास प्रतिशत सजाय काटिसकेर राष्ट्रपतिबाट सजाय मिनाहा पाएकोहरुमा सवारी ज्यान मुद्दामा तिन वर्षको कैद तथा ३२ हजार जरिवाना भएको सर्लाही व्रम्हपुरी गाउपालिका २ निवासी संतोष साह रहेका छन भने सवारी ज्यान मुद्दामै ३२ हजार जरिवाना सहित तिन वर्षकै सजाय काटिरहेका धनुषा कै ढल्केवर निवासी भानुभक्त खपांगी समेत थुनामुक्त भएका छ ।
यता सवारी ज्यान मुद्दामै मटिहानी गनरपालिका २ निवासी राम यादव,भारतको उत्तर प्रदेश बनारस निवासी अरविन्द कुमार बलाई भन्ने अरविन्द कुमार समेत कैद मुक्त भएका छन ।
यता कर्तव्य ज्यान मुद्दामा दश वर्षको सजाय पाएकि महोत्तरी हतिसर्वा कि ज्योती मिश्रलाई समेत कैद मुक्त गरिएको छ भने कर्तव्य ज्यान मुद्दाकै जनकपुर उपमहानगरपालिका १४ निवासी हरि शंकर राउत समेतले उनले भुक्तान गर्नु पर्ने १० वर्षे कैद मध्ये ६३ प्रतिशत भुक्तान गरिसकेको उनलाई समेत कैद मुक्त गरिएको छ ।
त्यसतै नकवजनी चोरीमा तिन वर्षको सजाय पाएका रोशन कुमार चौधरी,सवारी ज्यान मुद्दाका मिथिला नगरपालिका १० का गोपाल श्रेष्ठ समेत कैद मुक्त भएका छन ।
कर्तव्य ज्यान मुद्दामै बिस वर्षको सजाय काटदै आएका मटिहानी नगरपालिका ३ का विनोद पंजियार समेतले राम्रो आचरण प्रस्तुत गरेको भन्दै सिफारिसमा परेपछि उनी कैद मुक्त भएका छन भने कर्तव्य ज्यान मुद्दामै दश वर्ष र २१ वर्ष ६ महिनाको सजाय पाएका क्रमश महोत्तरी विजलपुरा ३ का राम स्वरुप साह र धनुषा खरिहानी गाविस ३ का रहिमत मिया धुनियालाई समेत कैद मिनाहा गर्दै मुक्त गरिएको छ ।
त्यसतै आममाफी पाएकाहरुमा भरतपुर गाविस वडा नं. १ धनुषाका मुन्द्रिका प्रसाद पटेल र सोहि ठाउका अशोक पटेल रहेका छन । उनीहरु दुवैलाई कर्तव्य ज्यान मुद्दामा विस विस वर्ष सजाय काट्नु पर्नेमा राष्ट्रपतिबाट आममाफी पाएका हुन ।