सुनिता बराल
महोत्तरी,६ जेष्ठ । महोत्तरीको लोहरपट्टी नगरपालिकामा नेपाली कांग्रेसका शैलेन्द्र कुमार यादव विजयी भएका छन् ।लोहारपट्टिको एक कार्यकाल मेयर चलाइसकेका यादव ५ हजार ४ सय २९ मत प्राप्त गरी विजयी भएका निर्वाचन कार्यालय लोहारपट्टिले जनाएको छ ।लोकतान्त्रिक समाजवादी पार्टीका रामसुहाग यादवलाई ७ सय ५४ मतान्तरले पछि पार्दै यादव निर्वाचित भएका हुन् । उपमेयरमा नेपाली कांग्रेसकी सरिता शर्मा ५ हजार २ सय ८१ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।
उनले लोसपाकी वहिदा खातुनलाई १ हजार १ सय ३८ मतले पछि पार्दै विजयी भएकी हुन् । खातुनले ४ हजार १ सय ४३ मत प्राप्त गरेकी छन् ।