महोत्तरीको मटिहानी नगरपालिकाका निवर्तमान मेयर हरि प्रसाद मण्डलमाथि आक्रमण भएको छ । मंगलवार राति उनी आफ्नै नगरको ३ नं. वडा बरदाहा जादै गरेको अवस्थामा मटिहानीकै नेकपा एकिकृत समाजवादीबाट मेयरका उम्मेदवार रहेका विजय चौधरीका छोरा दिवेश चौधरीले उनीमाथि आक्रमण गरेको मेयर मण्डलले बताएका छन ।
उनले भने,“म एक चालक र दुईजना सहयोगीसंग बरदाहा जादै थिए । बरदाहा पुग्नु भन्दा अगावै कलौवा पोखरी नजिक दिवेश चौधरीले स्कारपियो ओभर टेक गरेर अगाडी तेर्स्याउदै रोक्न लगायो र मेरो चालकलाई गाली गलौज गर्न थाल्यो । सो पछि मलाई देखेपछि मेरो मोटरसाईकल किन ओभरटेक गरेको भन्दै अश्लिल गाली गलौज गर्न थाले । आफ्ना सहयोगी भाईहरुले किन गाली गलौज गरेको भनेपछि दिवेशसंगै आएका करिव दशजनाको समुहले गाडीको सिसा फुटाउदै आफुहरुमाथि आक्रमण गरे । दिवेशले चालक र सहयोगीहरुमाथी हातपात गरे र मेरो कालर समाते । स्थिति असामान्य बन्दै गएपछि स्थानिय मंजुर शेषको घरमा गएर ज्यान जोगाए । मटिहानीमा आफुमाथि विजय चौधरी समुहले पटक पटक आक्रमणको प्रयास गर्ने गरेको बताउदै निवर्तमान मेयर मण्डलले आफ्नै पालिकामा गुन्डाशैलीमा भएको आक्रमणको भत्सर्ना गर्दै दोषीलाई कार्यवाहीको मांग गरेका छन ।
यता नेकपा एकिकृतका मेयर उम्मेदवार विजय चौधरीले निवर्तमान मेयर मण्डलले भनेजस्तो नभई आफ्नो छोराको बाइकलाई ओभर टेक गरेको बताए । उनले एक ईन्चले आफ्नो छोराको ज्यान जोगिएको बताउदै सोहि विषयमा गाडी रोकेर सोधपुछ गर्दा मेयरका सहयोगी र मेयरले समेत आफ्नो छोरालाई गाली गलौज गरेको बताए । घटनाकै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण प्रसाद पंगेनीले समेत निवर्तमान मेयर मण्डल सवार स्कारपियोको सिसा फुटाइएकोमा घटनाको छानविन गरिरहेको बताएका छन । उनले छानविन पछिमात्र केहि भन्न मिल्ने बताउदै मटिहानीमा स्थिति सामान्य बनाउन प्रहरी प्रयासरत रहेको बताए ।
त्यसतै सोहि राती पुर्व मन्त्री तथा प्रतिनिधीसभा सदस्य चन्दा चौधरीलाई स्थानियहरुले हुलहुज्जत गरेपछि सुरक्षाकर्मीले उनलाई मटिहानीबाट उद्धार गर्दै जलेश्वर पुर्याएका छन । मेयर उम्मेदवार विजय चौरधीका भाइ जितेन्द्र चौधरी लगायतकाले उनको मोबाईल खोस्ने प्रयास समेत गरेको सामाजिक संजालमा राखिएको एउटा भिडियोमा देखिएको छ । आप्नै गाउघरमा आफ्नो समर्थकहरुसंग भेटघाट गरिरहेको बेला जितेन्द्र चौधरी लगायतले आफुमाथि छम्टिन खोजेकोमा सुरक्षाकर्मीले जोगाएको पुर्वमन्त्री चौधरीले बताईन । उनलाई पैसा बाड्न आएको आरोपमा जितेन्द्र चौधरी लगायतले सो ठाउबाट लखे्ट्न खोजेको बताइएको छ ।
मटिहानीमा भने यस्ता घटनाहरु सामान्य बनिसकेको स्थानियहरुको भनाई छ ।