राजिव राय
नेपाली काँग्रेस महोत्तरीले पार्टीका उम्मेदवार विरुद्ध नै उम्मेदवारी दिएका आफ्नो ३२ जना कार्यकर्तालाई पार्टीबाट निकालेको छ । नेपाली काँग्रेस महोत्तरीको अनुशासन समितिको शुक्रवार वसेको वैठलले बर्दिवास,महोत्तरी लगायतका विभिन्न पालिकामा पार्टीकै उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरुलाई निकालेको हो ।
पार्टी सभापति नागेश्वर यादवले हस्ताक्षर गरेको पत्रमा बर्दिवासमा पार्टीका आधिकारिक उम्मेदवार चिरञ्जिवी हमालको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका प्रल्हाद क्षेत्री सहितका बागी उम्मेदवारहरुलाई पार्टीबाट निस्कासन गरको हो । पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवार बनेका जिल्लाका ३२ जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरि निष्कासन गरिएको हो ।
प्रह्लाद क्षेत्रीसंगै बर्दिबास नगरपालिकी तारादेवी महतो, भोला खडका, युवराज पोखरेल, दिपबहादुर कार्की, राम सोगरथ यादव, बोधबहादुर कटवाल, विजयकुमार महतो, युवराज पोखरेल, विनोद ढुङ्गेल, अनिल महतो र अमृत सिंह गरी १२ जनालाई कारबाही गरिएको छ भने गौशाला नगरपालिकाका प्रमोदकुमार झा, पिपरा गाउँपालिकाका विजय यादव र प्रभास यादव, एकडारा गाउँपालिकाका मनोज कुमार झा, राम स्नेही मण्डल, शिवकुमारी यादव र गौरीसंकर मिश्र, महोत्तरी गाउँपालिकाका छेदी चौधरी, जिवछ यादव, सिलादेवि, जिबछ पण्डित, राम नरेश राय, कारी कापर, सोनाम गाउँपालिकाका सञ्जीव यादव, उपेन्द्र यादव, आसिना नदाफ, सन्तोषकुमार यादव, विनय यादव र रामवली यादव कारबाहीमा परेका छन् ।
उनीहरूलाई उम्मेदवारी फिर्ता लिन र प्रस्तावक नबन्न पाटीबाट पटक–पटक अनुरोध गर्दा पनि अटेरी गरेकाले कारबाही गरिएको सभापति यादवले बताए ।