साउदीमा महोत्तरीका ७ युवा सहित ४८ जना नेपाली अल्पत्र परेका छन । उनीहरुसंगै रहेका थप सातजनालाई उनीहरु काम गर्दै आएको कम्पनीले प्रहरीको जिम्मा लगाएको छ । यता प्रहरीको थुनुवामा हालसम्म नगएका युवाहरु भ्ने करिव साता दिन देखि कम्पनीले राशन वापतकै खर्च समेत नदिदा पानीको सहारामा बाचेका छन । उनीहरुले उद्धारका लागि गुहार लगाएका हुन ।
करिव सात महिना पहिले घरको आर्थिक भार थेग्न साउदी गएका महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्ही निवासी महमुद आलमले कम्पनीसंग तलव मांग्दा कम्पनीले केहि साथीलाई जेलमा थुनाएको र आफुहरुलाई समेत जेलमा हाल्ने धम्की दिएको बताए । उनले एउटै कोठामा १० देखि १२ जना कोचिएर बसेकोमा हाल खानकै लागि राशन समेत नभएको थपे । यता उद्धारकै लागि साउदी स्थित नेपाली दुतावासमा सम्पर्क गरेपनि हालसम्म कोहि नआएको उनले बताए । आफुहरुसंग पैसा नहुदा कोठामा भोक्कै थन्किनुको विकल्प नरहेको उनको भनाई छ ।
नेपाल स्थित स्थानिय एजेन्टलाई दुईलाख दिएर साउदी आएका महमुदले पोल्ट्री फर्ममा भनेर लगेपनि सप्लाई कम्पनी रहेको र उक्त सप्लाई कम्पनीले कुनै वेला चिकन प्याकिंगमा र कुनै वेला अन्य काममा लगाउने गरेको बताए । दिनको १० घन्टा समेत काम गरेर दुई छाक टार्न समेत समस्या रहेको बताउदै उनीहरुले उद्धारका लागि गुहार लगाएका छन ।
महमुदसंगै महोत्तरीको जलेश्वर नगरपालिका ७ निवासी रविन्द्र कुमार दास, सोनमा गाउपालिका ४ खेस्राहा निवासी हेम नारायण महरा,विरेन्द्र कुमार यादव,दिपेश कुमार झा,मुकेश कुमार यादव तथा सोहि वडाको गुलरिया निवासी फेकन नुनिया महतो उद्धारको लागि पर्खाईमा छन भने कम्पनीले मुकेश कुमार यादवलाई थुन्न लगाएको छ ।
करिव तिन महिनाको तलव कम्पनीले बक्यौता राखेकोमा आफ्नै परिश्रमको तलव माग्न जाँदा कम्पनीले उनीहरुले तलव बाड्न आएको वेला कुटपिट गरेको भनि आरोप लगाउदै प्रहरीमा मुकेश लगायतका थप ६ जनालाई थुन्न लगाएको हो ।
यता पिडित महमुद आलमले हालसम्म कम्पनीले फिसा समेत नलगाईदिएको बताएका छन । हाल काम र तलबबाट बन्चित राखेको कम्पनीसंग बाकि बक्यौक्ता तलव उसुल उपर गराई आफुहरुलाई घर फर्कने वातावरण वनाई दिन उनीहरुले आग्रह गरेका हुन ।
पिडितहरु अलवासिन स्थित टाईम डिमाण्ड नामक सप्लाई कम्पनीमा गएकोमा उनीहरुलाई सो कम्पनीले तानमिया नामक कम्पनीमा काममा पठाएको हो । सोहि तानमिया कम्पनीले तलव नदिदा उनीहरु विचल्लीमा परेका हुन ।
कम्पनीमा अल्पत्र परेका नेपालीहरु मोरंग सुन्सरी,दांंग,सप्तरी,रौतहट लगायतका विभिन्न जिल्लाका छन ।