महोत्तरीमा प्रमुख,उपप्रमुख लगायतका स्थानिय निकायका प्राय सवै पदबाट कुल ६६ जनाले उम्मेदवारी फिर्ता लिएका छन । १५ स्थानिय तह रहेको महोत्तरीमा सवैभन्दा वढी बर्दिवासबाट १८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन भने सवैभन्दा कम मटिहानी,मनरा सिस्वा र बलवा नगरपालिकाबाट एक एक जनाले उम्मेदवारी फिर्ता लिएका छन । उम्मेदवारी फिर्ता लिनेहरुमा गौशाला नगरपालिकाबाट २ जना,जलेश्वर नगरपालिकाबाट ९ जना,पिपरा गाउपालिकाबाट ३ जना,महोत्तरी गाउपालिकाबाट ५ जना,सोनमा गाउपालिकाबाट ६ जना,एकडारा गाउपालिकाबाट ५ जना,औरही गाउपालिकाबाट २ जना,बर्दिवास नगरपालिकाबाट १८ जना,बलवा नगरपालिकाबाट १ जना,भंगहा नगरपालिकाबाट ४ जना,मटिहानी नगरपालिकाबाट १ जना,मनरा सिस्वा नगरपालिकाबाट १ जना,रामगोपालपुर नगरपालिकाबाट ७ जना र लोहारपटटी नगरपालिकाबाट २ जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।
यता उम्मेदवारी फिर्ता लिएको मध्ये सवैभन्दा वढी वडाअध्यक्ष छन । महोत्तरीका कुल ३४ जनाले वडाअध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन भने सवैभन्दा कम दलित महिला सदस्यबाट ४ जनाले फिर्ता लिएका हुन । मनोनयन फिर्ता लिएकाहरुमा प्रमुख÷अध्यक्ष पदका ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन भने उपप्रमुख÷उपाध्यक्ष पदका ३ जना,सदस्य पदका १२ जना र महिला सदस्य पदका ६ जनाले फिर्ता लिएका हुन ।
उनीहरुको नाम अन्तिम नामाबली प्रकाशन पुर्व नै उम्मेदवारको सुचिबाट हटाईसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी फिर्ता लिएकोहरुमा स्वतन्त्रबाट उम्मेदवारी दिएका ३८ जना रहेका छन भने बाकि सवै दलित प्रतिनिधीले उम्मेदवारी फिर्ता लिएका हुन ।