नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल स्थानिय तहको निर्वाचनमा होमिएपछि हाल महोत्तरी शाखा अभिभावक विहिन भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको वैशाख ८ गतेको प्रेस विज्ञप्तीको अनुसार वर्तमान अध्यक्ष कमलेश मण्डल स्वतः नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्ष पदबाट पदमुक्त भएपछि हाल महोत्तरी शाखा नेतृत्व बिहिन रहेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पाचौ पुर्ण वैठकको तेस्रो नम्बरको निर्णय अनुसार महासंघको कुनैपनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्था अनुसार सोहि समय देखि कायम रहेको पदबाट स्वतः पदमुक्त हुन जाने उल्लेख छ ।
महासंघको प्रदेश समिति अध्यक्ष राजेश कर्णले समेत केन्द्रीय निर्णयलाई टेक्दा अध्यक्ष मण्डल पदमुक्त भैसकेको बताएका छन । उनले हाल उनी पदमुक्त भएपनि उनको सदस्यता खारेजीको लागि आवेदन आउनु पर्ने बताउदै महासंघको कुनै सदस्यले आवेदन दिए कार्यवाही प्रकृया अगाडी वढाईने बताए ।
यता ८ गतेको पुर्ण वैठकको दोस्रो निर्णयमा समेत महासंघको सदस्यता प्राप्त गरेका कोहि पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा,साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्नय आह्वान गरेपनि अध्यक्ष मण्डलले सदस्यता परित्याग वा पदबाट राजिनामा मध्ये कुनै कार्य नगरेको महोत्तरी शाखाको उपाध्यक्ष सुनिता बरालले बताईन । अध्यक्ष मण्डल स्वतः महासंघको अध्यक्ष पदबाट पदमुक्त भएपछि उपाध्यक्ष बरालले जिम्मेवारी सम्हाल्ने बताएकि छिन ।