रञ्जन भण्डारी
महोत्तरी,११ वैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट मेयरमा पुनः मनोनयन दर्ता गराउन पुगेका राम शंकर मिश्र(शाहीजी)ले शाही जुलुस निकाल्दै मनोनयन दर्ता गराएका छन । हजारौको लावालस्कर र बैंण्डबाजा सहित जिल्ला समन्वय समिति स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका शाहीले लोसपाबाट उपमेयरमा टिकट पाएकि फरहत खातुन तथा अन्य विभिन्न वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारहरुसंगै मनोनयनका लागि पुगेका हुन । गत स्थानिय तहको निर्वाचनमा अत्यधिक मत ल्याई विजयी रामशंकर मिश्र यस पाली फेरी चुनावी मैदानमा उत्रेकाछन् ।
शाहीले नोमिनेशन पश्चात महोत्तरी सञ्चारसंग कुरा गर्दै आफ्नो उम्मेदवारी बाकि रहेका कामहरु पुरा गर्न रहेको बताए । उनले आफ्नो कार्यकालमा जनअपेक्षा अनुसार सवै क्षेत्रका काम गरेको दावी गर्दै थप बाकि रहेको कामको लागि पुनः आफु निर्वाचित हुन नोमिनेशन गरेको बताए । उनले यस पटक समेत अध्यधिक बहुमतले जित्ने दावी गर्दै जलेश्वरको मुहार फेर्न एक पटक पुनः शाहीलाई जिम्मेवारी दिन मतदाताहरुमा आग्रह गरेका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते नोमिनेशनको पहिलो दिन.१०३ जनाले उम्मेदवारी दर्ता गराएकोमा मेयरमा स्वतन्त्रबाट विजय कुमार वर्मा र लोसपाबाट रामशंकर मिश्रले उम्मेदवारी दर्ता गराएका छन । यता उममेयरमा एकजना स्वतन्त्र र एकजना लोसपाबाट उम्मेदवारी दर्ता गराईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लोसपाबाटै राकेश साह, शिवचन्द्र चौधरी, संजय पाण्डेय, लोकेन्द्र लाल कर्ण, राकेश राउत, पिन्टु साह, सोनी महतो, अरुण पाठक, रामईश्वर यादव, तेजनारायण ठाकुर,रामशनन्दन पाण्डेयर रामतपेश्वर ठाकुर लगायतका उम्मेदवारहरुले पहिलो दिन वडा अध्यक्ष पदमा मनोययन गराएका हुन । यता जनमत पार्टीबाट समेत केहि पदमा पहिलो दिन मनोनयन दर्ता भएकोमा मेयर सहित बाकि सवै पदमा आज अन्तिम दिन मनोनयन दर्ता हुने जनमत पार्टीका केन्द्रिय महासचिव चन्दन सिंहले वताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरमा सवै भन्दा पहिले तराई मधेश लोकतान्त्रिक पार्टीबाट वडाअध्यक्षको मनोनयन दर्ता भएको थियो ।
यता पहिलो दिनको मनोनयन दर्तामा जलेश्वर लगायत अन्य स्थानिय तहको गरि कुल मनोनयन संख्या भने यकिन हुन सकेको छैन । सवै स्थानियत तहमा मनोनयन दर्ता भएपनि सर्भर डाउनले गर्दा म्यानुअली दर्ता गरिएकोमा यकिन संख्या भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध हुन सकेको छैन । तथापी जिल्लाभरि सातसय भन्दा वढीले मनोनयन दर्ता गराएको आँकलन गरिएको छ ।
यता आज अन्तिम दिन सवै मुख्य दल तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराउने छन । नेपाली काँग्रेस तथा अन्य विभिन्न दलहरुमा मनोनयनको पहिलो दिन समेत आधिकारिक उम्मेदवारको घोषणा हुन नसक्दा सवैले दोस्रो दिन उम्मेदवारी दिने भएका हुन । मुख्य निर्वाचन अधिकृतले दोस्रो दिन मनोनयन दर्ताको लागि साझ पाच बजे भन्दा अगावै कार्यालय परिसरमा छिरिसक्ने सवैको मनोनयन दर्ता गर्ने बताएका छन ।