आशिक हुसेन
दोहा कतार , ९ वैशाख ।
नेपाली प्रवासी मञ्च कतारले बृहत् ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष चानक पोखरेलको अध्यक्षता तथा नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रवीण भट्टराईको प्रमुख आतिथ्यतामा इस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् ईफ्तार कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम नजमाको सालीमार रेस्टुरेन्टमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईको ईफ्तार कार्यक्रम सामूहिक रूपमा मनाउन आग्रह गरेका थिए । हरेक वर्ष फरक फरक आयोजक मार्फत कार्यक्रम गरिएको भन्दै उनले सामूहिक रूपमा कार्यक्रमको आयोजना गर्न आग्रह गरे ।
कार्यक्रममा एनआरएनए आइसिसी युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रवीण गुरुङलगायत विभिन्न जिल्ला प्रदेश तथा सामुदायिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।
मञ्चका उपाध्यक्ष जियाबाबु खानले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण महासचिव प्रभात त्रिपाठीले गरेका थिए । कार्यक्रमको समापन गर्दै सभापति पोखरेलले ईफ्तार कार्यक्रमले भाइचारा कायम रहने बताए ।