रञ्जन भण्डारी
महोत्तरी,७ बैशाख ।
मंगलबार राति आएको हावाहुरीले जस्तापाता झरेर घाइते हूदा एक महिलाको मृत्यु भएको छ । जलेश्वर नगरपालिका ८ रतवारा निवासी ४५ बर्षीया कुशन देवी मुखियाको उपचार को लागि लग्ने क्रममा बाटो मैं मृत्यु भएको हो।
राति हावहुरी चलेपछि आफ्नै गोठ मा भैसी बाध्ने क्रम मा घरको छाप्रो माथि बाट जस्ता झरेर उनको निधार मा गहिरो चोट लागेको थियो ।
चोट लागेर घाइते भएकि उनलाई उपचारको लागि जलेश्वर अस्पताल ल्याआउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।