महोत्तरी । आउदो स्थानिय तहको निर्वाचनमा महिलाको समावेशी नेतृत्वको अधिकार सुनिश्चित गर्न भन्दै राजनितक दलहरुलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । ओरेक नेपालले आयोजना गरेको एक कार्यक्रममा उक्त ध्यानाकर्षण पत्र बुझाइएको हो । लामो समय देखिको सामाजिक राजनितिक संघर्ष पश्चात देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएकोमा उक्त व्यवस्थाले महिला र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेत समेटेकोमा राजनितिक दलहरुले महिला र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेटेर समानुपातिक समावेशीताको आधारमा टिकट वाडफाड गर्न आग्रह गर्दै उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
ओरेक नेपाल महोत्तरी कि कार्यक्रम अधिकृत लिला दियालीले राजनितिक दलहरुका प्रमुख तथा प्रतिनिधीहरुलाई ध्यानाकर्षण पत्र पढेर सुनाउद,ै हुन लागेको स्थानिय तहको निर्वाचनमा अनिवार्य वाहेकका मुख्य पदमा समेत महिला र यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अवसर दिन आग्रह गरेकि हुन ।
ओरेक नेपालले महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार ः सामाजिक रुपान्तरणको आधार भन्ने राष्ट्रव्यापी अभियान नै चलाएको स्मरण गराउदै विगतमा समेत महिलाहरुलाई विभिन्न अवसरबाट बन्चित पार्ने गरिएकोमा पुरुषसंगै आन्दोलन देखि दलको र राजनितक हरेक कृयाकलापमा समान रुपले भाग लिदै आएको भएपनि महिलालाई बन्तितिकरणमा पार्ने गरेको भन्दै वर्तमान निर्वाचनमा सोहि क्रम नदोहोर्याउन आग्रह गरिन ।
दियालीले प्रस्तुत गरेकि ध्यानाकर्षण पत्रमा नेपालको संविधानको धारा ३८ को उपधारा ४ मा मौलिक हककै रुपमा व्यवस्था गरिए अनुसार राज्यका सवै संरचनामा महिलाको समानुपातिक समावेशी नेतृत्व अनिवार्य रुपमा सुनिश्चित गर्न मांग गरिएको छ भने महिला र महिला त्रिको विविधतालाई (दलित,जनजाती,यौनिक तथा लैंगिक अल्पसंख्यक,अपांगता आदि) सम्मान र स्वीकार गरि सोहि अनुसारको सहभागिता र निर्णायक तहमा प्रतिनिधित्व सुनिश्चिताका लागि अनिवार्य राजनितिक दलहरुको विधानमा नै व्यवस्था गरि कार्यान्वयनमा ल्याउन लगायतका विभिन्न ८ बुंदे मांग पढेर सुनाईन ।
कार्यक्रममा विभिन्न अधिकारकर्मी,राजनितिकर्मीका साथै संचारकर्मीहरु समेतको सहभागिता थियो । यता राजनितिक दलहरुले समेत आफुहरुले समेत महिला र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुप्रति समान भाव राखेको र सोहि अनुरुप कार्य गर्ने र उनीहरुलाई अवसर प्रदान गर्ने प्रयास गरिरहेको बताएका थिए ।