रञ्जन भण्डारी
मानव भएपछि जिवन जिउन हामीले काम गर्नै पर्ने हुन्छ । काम नगरि अर्थ आउदैन र अर्थ नभए घर परिवार चल्दैन । खाना खान तथा जिवनका अनेकन आवश्यक्ता पुरा गर्न सोहि अर्थ चाहिने भएकोले अर्थको लागि काम अनिवार्य छ । तर त्यही अर्थ आर्जन गर्न हामीले गर्ने काम असफल भैदिदा हामी तनावमा आउछौ । प्राय एक पछि अर्को असफलता आउदै जादा र अर्थ आर्जनमा समस्या भैरहदा भने तनाव वढ्दै जान्छ र हामी कहिले काही दिक्क लागेर नसोचेका नकारात्मक निर्णयहरु लिन पुग्छौ ।
तर त्यसता नकारात्मक निर्णयहरु लिएर त्यसलाई कार्यान्वयन गर्दा समेत समस्याको समाधान भने हुदैन ।

गल्तीलाई सुधार गर्दै तनावलाई शक्तिमा परिवर्तन गर्नु नै असफलता र तनावको व्यवस्थापन हो ।

त्यो समस्या तपाईको काँधबाट तपाईको परिवारको काँधमा सर्न जान्छ । यसलाई अझै प्रष्ट भन्नु पर्दा काममै असफल भएपछि र अर्थको जोहो गर्न समस्या भैरहेको अवस्था वा घरपरिवार वा व्यापार चलाउन वा जिवनको अन्य आवश्यक्ताहरु पुरा गर्न पछि व्यवस्थापन गर्ने गरि हामीले ऋण,सापटी आदि लिएर तत्काल व्यवहार चलाएकोमा सो रकम फिर्ता गर्न नसक्दा तनावमा आएर मृत्यु रोज्न खोज्छौ । हामी सोच्छौ यति धेरै तनाव झेल्न सक्दिन र हामीले मृत्यु नै रोजेर आफ्नो इहलिला समाप्त पार्न खोज्छौ । तर यो भनेको तपाई विशुद्ध एक व्यक्तिको लागि मात्र तनाव मुक्त हुने गलत निर्णय हो । यसले तपाई पछि तपाईको परिवार तपाईको सन्तानलाई झनै तनावमा पुर्याउछ र तपाईले तिनको लागि देखेको सुनौलो सपना चकनाचुर भई उनीहरु न घरको न घाटको हुन्छन ।


महोत्तरी कै सन्दर्भमा भन्नुपर्दा पछिल्लो तिनवर्ष दुई महिनामा ३०७ जनाले आत्महत्या गरे । ति सवैले तत्काल तनाव झेल्न नसकि नै आत्महत्या गरेका हुन । केहिले प्रेममा असफल भएर आत्महत्या गरेका हुन सक्छन भने केहि आर्थिक भार थेग्न नसकेर मृत्यु रोजेका हुन सक्छन । कोहि लिएको ऋणको भारी बोक्न नसकेर मृत्यु रोजेका हुन सक्लान भने कोहि घरपरिवारमा झगडा परेर वा अन्य केहि कारणले मृत्यु रोजेका होलान । यो सवैमा मिल्ने भनेको नै असफलता र त्यसले निम्त्याएको तनाव हो ।
तर मेहनत गरेर समेत सफलता मिलेन भनेर

रुनु भन्दा पनि अझै मेहनत गरेर त्यही सफलता पाएरै छाड्ने हिम्मत हामीले आफुमा पैदा गर्न सक्यौ भने त्यही तनाव हाम्रोलागि अझै संघर्ष गर्ने कारण बन्न सक्छ । र यो तनावलाई म आफ्नो जिवनबाटै हटाएर छोड्छु भन्नेसम्मको हामीमा त्यस विरुद्धको उर्जा दिन सक्छ ।

तनाव अत्यधिक हुदा त्यहा एक्लै झेल्दा त्यो असहय हुन सक्ने भएकोले आफन्त,परिवार र साथीभाईसंग त्यो शेयर गर्नु पर्ने हुन्छ । यसले तनाव निश्चय पनि कम हुन्छ । उनीहरुले दिने भरोषा,आश्वासन र हिम्मतले तपाई जस्तो सुकै परिस्थितिबाट निकल्न सहयोग पुग्छ । कोहि आफन्तलाई समेत भन्न असजिलो छ भने तपाईले आफैसंग कुरा गर्न सक्नु हुन्छ वा तर्क गर्न सक्नु हुन्छ । त्यतीलेमात्र नभई तपाईले आफ्नो भावहरु र तनाव वारे लेखेर समेत त्यो पोख्नु पर्ने हुन्छ । या त कसैले नदेख्ने गरि निजि डायरीमा लेख्नुस वा सामाजिक संजालमै समेत लेखेर मन हलुको बनाउन सक्नु हुन्छ ।
सामाजिक संजालमै लेख्दा मेरो प्रतिष्ठा जान्छ,अरुले के भन्लान,मेरो मजाक उडाउछन भन्ने नसोचेर त्यहाबाट उचित सल्लाह र सुझाव आउन सक्छ,हिम्मत आउन सक्छ र के थाहा तनाव हटाउने कुनै उपाय नै आउन सक्छ । त्यही भएर बोलेर वा लेखेर जुनसुकै तरिकाबाट तपाईलाई सजिलो लाग्छ,तपाई तनाव कम गर्न त्यो तरिका अपनाउनुस ।
तनावमा भएको वेला तपाईलाई हिड्ने कुनै बाटो नदेखिएपनि त्यही तनावलाई कुनै माध्यमले व्यवस्थापन गर्न सकियो भने कतै न कतैबाट प्रकाशको एउटा सानो झुल्को तपाईले देख्नु हुनेछ । हो त्यही प्रकाशको सहारामा अगाडी वढ्नुस सफलता अवश्यक मिल्ने छ ।
चर्चित व्यक्ति मार्टिन लुथर किंग,जुनियर भन्छन,“यदि तिमी उड्न सक्दैनौ भने दौड,दौड्न सक्दैनौ भने हिड,हिड्न सक्दैनौ भने घिस्र तर जस्तो सुकै अवस्थामा पनि तिमी अघि वढी रह्नु पर्ने छ ।” तनाव भयो,म निरिह भए,म अब सक्दिन,मसंग हुदैन,म फेल भए,म असफल भए,मेरौ सवै गुम्यो,मेरो अव यो संसारमा केहि छैन जस्ता निराशावादी शव्द हामीले मनमा खेलाउनुको साटो यदि हामीले ठिक त्यसको उल्टो शव्दहरु जस्तै म फेरी प्रयास गर्छु,म सक्छु,म गरेरै छोड्छु,म सफल भएरै छोड्छु, म पाएरै छोड्छु जस्ता शव्द हामीले हाम्रो दिमागमा प्रतिस्थापन गर्न सक्यौ भने असफलता र त्यो असफलताले निम्त्याएको तनाव केहि हैन । हामी त्यसलाई परास्त गर्न सक्छौ । अवस्य सक्छौ ।
एक अर्का अज्ञात व्यक्तिले भनेका छन,“जीवनमा कठिनाई बर्बाद गर्नका लागि होईन,हाम्रो सामथ्र्य र शक्ति पैदा गर्न आउछ ।” त्यसैले कठिनाई,असफलतालाई हामीले त्योसंग सामना गरेर सफलतामा परिणत गरेर त्यहि कठिनाई र असफलतालाई सहजता र सफलतामा परिणत गरि हामीले त्यसको व्यवस्थापन गर्न सक्नु पर्दछ ।
प्रसंग चल्दै गर्दा पत्रकारकै जिवनको उदाहरण लिन सकिन्छ । मानौ म पेशाले पत्रकार छु र मेरो कर्म÷काम भनेको लेख्नु हो । मैले यो समाजमा भैरहेको दैनिक घटनाक्रमका साथै विभिन्न कारणले दुःख पिडामा परेका व्यक्ति वा समुदायको पिडा आफ्नो लेखाईको माध्यमबाट जग जाहेर गर्नु पर्ने हुन्छ । त्यही दुःख पिडा मैले जग जाहेर गरिदिदा उनीहरु कुनै व्यक्ति वा संस्था वा अन्य जोसुकैबाट पिडित भएपनि उनले न्याय पाउने सम्भावना वढेर जान्छ । यहा मैले गरेको कर्मले मलाई नभई त्यो व्यक्ति वा समुदाय वा संस्थानलाई फाईदा पुग्ने छ जो कष्टमा छन । तर सो गरे वापत मैले अर्थ जोड्न सकुला भन्ने निश्चित छैन । मैले समाचार पठाउने संस्थाले मलाई सो समाचार वापत त्यसमा भएको खर्च र मेहनककै तुल्नामा निक्कै कम पैसा दिन सक्छन । तर यसमा मैले अथै नै आर्जन गर्न सकिन, मैले यस्तो काम किन गर्नु पर्यो ? यसले मेरो घर परिवार चल्न सकेन वा मेरो आर्थिक आवश्यक्ता पुरा हुन सकेन भनेर मैले नै यो कर्म छाडेर अर्कै काम गरे भने म सायद अर्थको मामलामा सफल हुन सकुला तर त्यो पिडित व्यक्ति वा समुदाय वा संस्थानको के हुन्छ जसलाई मेरै लेखेको समाचारको कारण न्याय मिल्न सक्छ वा उसलाई सहज हुन सक्छ ?
यहा पत्रकारको प्रसंगमा भने असफलता वा तनाव वा कठिनाईलाई भने फरक तरिकाले हेर्न सकिन्छ । जस्तै मैले आर्थिक लाभ चाहिने जति लिन नसकेपनि त्यो पिडितमा मेरै लेखाईको कारणले आश जागेको छ भने त्यहा म असफल भए या सफल भए त्यो बुझ्नु पर्ने विषय हुन सक्ला ।

म आर्थिक मन्दीमा घर परिवार सवै अशान्त हुने गरि लिएको ऋण समेत तिर्न नसकि सवै कुरा गुमाई रहदा मेरै कलमले कोरेका शव्दहरुले कसैको जिवन वा धेरैको जिवन वनिरहदा मैले आफुलाई प्राथमिकता दिने वा ति पिडितलाई प्राथमिकता दिने भन्ने कुरा समेत विचारणिय हुन सक्ला ।

यहा मलाई आफ्नै जिवन सहज बनाउन सामान्य व्यक्ति भन्दा केहि वढी समय लाग्न सक्ला,मैले अन्य व्यक्ति भन्दा अलि बढी कष्ट सह्न सक्नु पर्ने हुन्छ तर यो मेरो असफलता नभई सफलता नै हो भनेर बुझ्नु पर्ने आवश्यक छ ।
केहि व्यक्ति भन्न सक्लान तपाई आफै आर्थिक अवस्थाकै कारण अन्धकारमा परिरहदा पहिले आफै सक्षम भएर अन्यको लागि प्रयास गर्दा राम्रो हुने हो कि तर मैले आफै सक्षम हुन खर्च हुने समयले अरु धेरै को जिवन महत्वपुर्ण छ र मैले त्यहा पहिले त्यसलाई नै प्राथमिकतामा राख्नु पर्ने आवश्यक्ता छ भने त्यहा मैले उनैको लागि सोच्नु पर्ने हुन्छ । एकजना नरहे फरक नपर्ला तर दश जनाको उद्धार भए तिनको आशिषले मेरो आर्थिक असफलतालाई सफल बनाउने छ ।
तर यति भन्दै गर्दा मैले मेरो घर परिवारलाई समेत वेवास्ता भने गर्नु हुदैन । निश्चय पनि परिवारलाई प्राथमिकतामा राख्नै पर्ने हुन्छ । उनको व्यवस्थापन गर्न सकिएन भने तिनले नै समेत धिक्कार्ने छन । त्यसैले हामीले जिवनमा सन्तुलन बनाएर परिवारसंगै समाज र समाजसंगै देशलाई समेत हेर्न सक्नु पर्ने हुन्छ ।
एउटा पत्रकारको नाताले आर्थिक रुपले असफल भइएछ भने केहि व्यवस्थापकिय पक्षहरुमा सुधार ल्याई कर्म र कामलाई सन्तुलित बनाउनु पर्ने हुन्छ । किनकी यो सवै कारणले तनाव आई गलत निर्णय लिन बाध्य हुनु हुदैन । हामीले भएको गल्तीलाई सुधार गर्दै तनावलाई शक्तिमा परिवर्तन गर्नु नै असफलता र तनावको व्यवस्थापन हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार