महोत्तरी,  १९ जेष्ठ ।

महोत्तरीबाट ५० हजार रुपैयाँ घुस सहित प्रधानाध्यापक र विद्यादलय व्यवस्थापन समितका अध्यक्ष पक्राउ परेका छन् ।

महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान घुस सहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुबैजनालाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको हो।

विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको बखत रंगेहात दुबैजनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

बिहीबार अपराह्न ५ बजे उनीहरुलाई अख्तियारले पक्रेको हो । अहिले घटनास्थलमा मुचुल्का लगायतको काम अख्तियारले गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार