
रञ्जन भण्डारी
महोत्तरी,२४ भदौ ।
“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ महोत्तरीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय महोत्तरीको आयोजना तथा ओरेक महोत्तरी,रतौली युवा क्लव(आरवाईसी),टिपिओ नेपाल,महिला सचेतना केन्द्र,महिला सचेतना समुह र महिला मानव अधिकार रक्षक संजाल को समन्वय तथा सहकार्यमा विद्यार्थी,शिक्षक तथा अन्य सरोकारवालाहरुसंग अन्तरकृया गरि सो दिवस मनाइएको हो । जिल्ला समन्वय समितिको सभाहलमा गरिएको अन्तरकृया कार्यक्रममा महेन्द्र आदर्श माध्यमिक विद्यालय जलेश्वर,लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय जलेश्वर,सुकदेव माध्यमिक विद्यालय सुगा,जानकी परिक्षण माध्यमिक विद्यालय प्रकौली र सरस्वती माध्यमिक विद्यालय मलिवाराका करिव ८० विद्यार्थी तथा शिक्षकहरु सहभागि थिए । कार्यक्रममा ओरेक महोत्तरीले आत्महत्याको अवस्था,चुनौती र रोकथामका उपायवारे चर्चा गरेको थियो भने टिपिओ नेपालले आत्महत्या सम्बन्धी मनोपरामर्शको अवस्था र मनोपरामर्शले हुन सक्ने लाभ वारे जानकारी गराएको थियो । त्यसतै जिल्ला प्रहरी कार्यालयबाट महोत्तरीमा विगत तिन वर्षको तथ्यांक प्रस्तुत गरेको थियो । कार्यक्रमको अध्यक्षता स्वास्थय कार्यालय महोत्तरीका प्रमुख सुनिता गुप्ताले गरेकि थिईन भने प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख सुमन लाल कर्ण थिए । कार्यक्रममा विशेष अतिथि रहेका इन्सेक मधेश प्रदेश प्रमुख राजु पासमानले आत्महत्या न्युनिकरणका वारे आफ्नो मनतव्य राखेका थिए । कार्यक्रमको दोस्रो चरण अन्तर्गत जलेश्वर स्थित दुर्गा चोकमा मैनवत्ति प्रज्वलन गरेर आत्महत्या गरि मृत्यु वरण गरेकाहरु प्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।
महोत्तरीमा आत्महत्याको अवस्था भवावह,पछिल्लो तिन वर्षमा ३५४ जनाले गरे आत्महत्या
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्यांक भयावह छ । जिल्लामा पछिल्लो तिन आर्थिक वर्षमा ३५४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी प्रकाश मल्ले गौशालामा आयोजित आत्महत्या रोकथाम सम्बन्धी कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरेका हुन । आर्थिक वर्ष ७७÷७८ मा ७९,आर्थिक वर्ष ७८÷७९ मा १४० र आर्थिक वर्ष ७९÷८० मा १३५ जनाले विभिन्न कारणले आत्महत्या गरेको एसपी मल्ले बताए । पछिल्लो तिन वर्षमा आत्महत्या गरेका मध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष रहेको उनले बताए ।
उमेरगत तथ्यांक हेर्दा १६ वर्ष मुनिका ३९.५ प्रतिशत,१६ देखि ३० वर्षसम्मका ३८.५ प्रतिशत र ३० वर्ष माथिका २२ प्रतिशत रहेको एसपी मल्लले थपे । उनले झुण्डी आत्महत्या गर्नेको संख्या ८९ प्रतिशत र विष सेवन गरी आत्महत्या गर्नेको संख्या ११ प्रतिशत रहेको बताए ।
बर्दिवास सवैभन्दा वढी आत्महत्या गर्ने पालिका ः
यता प्रहरीबाट प्रस्तुत गरिएको तिनवर्षे तथ्यांकमा बर्दिवास नगरपालिका सवैभन्दा वढी आत्महत्या गर्ने पालिका भएको देखिएको छ । पछिल्लो तिन वर्षमा बर्दिवास नगरपालिकामा ६३ जनाले आत्महत्या गरेका छन भने सो पछि गौशाला नगरपालिकामा ४८ जनाले आत्महत्या गरेका हुन । आत्महत्या गर्ने पालिकाहरुमा तेस्रो सवैभन्दा वढी आत्महत्या हुने पालिका भंगहा नगरपालिका रहेको प्रहरी तथ्यांकमा छ । भंगहामा ३४ जनाले आत्महत्या गरेका हुन । यता भंगहा पछि पिपरा गाउपालिकामा २८ जना,जलेश्वर नगरपालिकामा २७ जना,मनरा सिस्वा नगरपालिकामा २६ र एकडारा गाउपालिकामा २२ जनाले आत्महत्या गरेका छन । त्यसतै औरही नगरपालिकामा १८,लोहारपट्टी नगरपालिकामा १७,महोत्तरी गाउपालिकामा १५,मटिहानी नगरपालिकामा १३,सोनमा गाउपालिकामा १३,रामगोपालपुर नगरपालिकामा १२ र सम्सी गाउपालिकामा ९ तथा बलवा नगरपालिकामा ९ जनाले आत्महत्या गरेका हुन ।
नयाँ सोचका साथ अगाडि वढे समाजिक कुरिती अन्त्य हुने ः प्रमुख जिल्ला अधिकारी पहाडी
संघर्ष अनि नयाँ सोचका साथ अगाडि वढे समाजिक कुरिती अन्त्य हुने महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताएका छन् । आईतवार गौशालामा आयोजित आत्महत्या विरुद्धको सचेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । महत्वाकांक्षी अनि नौलो सोच लिई समाजिक परिवर्तनको माध्यमले समाजिक समस्याको अन्त्य हुनेमा जोड दिएका छन् । सोहिविच प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्लामै गौशाला नगरपालिका दोस्रो स्थानमा रहेको आत्महत्याको घटनालाई ध्यानमा राख्दै त्यसलाई न्युनिकरणका लागि सवैको सहयोगको आवश्यक रहेको बताए । शिक्षालाई व्यवहारमा लागू गरेर यस्ता कुरितीलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
मेयर डा दिपेन्द्र महतोले यस्ता घटनालाई नियन्त्रण गर्न सवैको भुमिका अत्यन्त आवश्यक रहेको छ । विद्यालयमा शिक्षक र घरमा अभिभावकले वालवालिकाको निगरानी राख्नुपर्नेमा मेयर महतोले सवैमा आग्रह गरेका छन् । गत ३ वर्षको अवधिमा जिल्लामा ३५४ जनाले आत्महत्या गरेको घटना सार्वजनिक भएको हो ।
१६ वर्षदेखि ३० वर्षका युवाहरु यस्ता घटना दोहराउदै आएकोले अभिभावकले यसतर्फ ध्यान दिए अवश्य नै वालवच्चाको भविष्य सकारात्मक कदमतर्फ अगाडि वढनेमा वक्ताहरुले जोड दिएका छन् ।