
महोत्तरी,१९ भदौ ।
ज्योतिष र बास्तु को छेत्रमा प्रसिद्ध र परचित नाम छ ज्योतिष बिबेक । केही दिन पुर्व भारतको उडिसामा भारत सहितका विभिन्न देशका ज्योतिष बिद्वानहरुको सम्मेलनमा नेपालबाट सहभागि भएका जनकपुरधाम निवासी ज्योतिष बिबेक पनि आमन्त्रीत थिए । सोहि सम्मेलनमा उनलाई एसियाकै टप ५० एस्ट्रोलोजरमा समावेश गरिएको हो ।
ज्योतिष बिबेकले सभामा आफु सबैभन्दा सानो उमेरका ज्योतिष र बास्तुविदको रुपमा त्यहा उपस्थित भएको बताए । उनले सभामा ज्योतिषशास्त्र र वास्तुको जिवनमा महत्व वारे आफ्नो प्रस्तुतिकरण भएको बताए । साथै ज्योतिष बिज्ञानको वारेमा समेत उनले प्रखर वक्ताहरुको माझ आफ्नो मनतव्य राखेका थिए । कलिलो उमेरमै ज्योतिष,बास्तुशास्त्र र ज्योतिष विज्ञानको वारेमा उनको प्रस्तुतिकरणको उडिसामा आयोजित उक्त कार्यक्रममा मुक्त कण्ठले प्रशंसा गरिएको थियो ।
सम्मेलनमा वास्तु , ज्योतिष , हस्तरेखा ,रत्नज्योतिष र चक्र पद्धति तथा मुहुर्त चिन्तामनि को बिषयमा वक्ता र बिद्वानहरुले आ आफ्नो प्रस्तुतिकरण गरेका थिए ।
सम्मेलन को अन्तमा सबै बिद्वान लाई उनको प्रस्तुती अनुसार विभिन्न पदवी र सम्मान ले सम्मानित एसिया रैनकिङ प्रदान गरियो जसमा ज्योतिष बिबेकलाइ ज्योतिष बिभुषण र सर्वश्रेष्ठ वक्ताको पदवी ले सम्मानित र बिभुषित गरियो ।
ज्योतिष ई बिबेक प्रसिद्ध बरिस्ठ ज्योतिष अशोक पाण्डेयज्यु का सुपुत्र छ्न र नेपालको प्रतिष्ठित ज्योतिष बिद मध्ये का हुन । ज्योतिष बिबेकको पुर्वजहरु परापुर्व कालदेखि नै नेपाली राजनिती को छेत्रमा गरेको भविष्यवाणी यथार्थ नै साबित भएको छ । कार्यक्रममा नेपाल, भारत, श्रीलंका, म्यानमार, बंगलादेश, भुटानलगायत विभिन्न मुलुकका विद्वानहरुको सहभागि भएका थियो ।