रञ्जन भण्डारी
महोत्तरी,११ भदौ ।
कथित बोक्सी आरोपमा आमाहरू कुटिन्छन्, सार्वजनिक बेइज्जती भोग्छन । पीडकहरू पक्राउ पनि पर्छन्, तर उनीहरूले सजिलै उन्मुक्ति पाउँदा फेरि उस्तै घटना दोहोरिन्छन । खासगरी मधेसमा यस्तो नियति व्याप्त छ । महोत्तरीमा फेरि छिमेकी महिलालाई केही पुरुषले बोक्सी आरोपमा अर्धनग्न बनाएर सार्वजनिक स्थलमै कुटपिट गरेका छन् ।प्रत्यक्षदर्शी छिमेकी रमिते बनेका छन् । मनरा–सिसवा नगरपालिका– १० मरुवाहीकी ५७ वर्षीया सतीदेवी चौधरीमाथि स्थानीय रामसिंहासन चौधरी, उनका छोराहरू रामविनय चौधरी र रामसिकल चौधरी तथा नाति साजन चौधरी र छिमेकी राजकुमार चौधरीले बेइज्जत र आक्रमण गरेका हुन् । घटना गत बुधबार (६ भदौ)को हो । पीडितका श्रीमान् भोला चौधरी साँझपख बाहिरबाट घर फर्किँदै थिए । बाटोमै रोकेर रामसिंहासनले ‘तेरो बोक्सी श्रीमती कहाँ छ ? मेरो नातिनीलाई बिरामी बनाउने ? तेरो श्रीमतीलाई मेरो नातिनी ठीक पार्न भन्’ भन्दै छोरा–नातिसमेत लगाएर कुटपिट गर्न थाले । त्यतिवेला श्रीमान्ले हारगुहार गरेपछि घटनास्थल पुगेकी सतीदेवीमाथि रामसिंहासनको परिवार नै खनियो । उनीहरूले आफ्नो चुल्ठो समातेर लछारपछार पारेको पेटिकोटबाहेक सबै कपडा फुकालिदिएर समाजको अगाडि बेइज्जत गरेको सतीदेवीले बताइन् । त्यतिवेला सिंगो समाज नै रमिते बनेको उनको गुनासो छ ।
आफूमाथि भएको अत्याचारबारे सतीदेवीले बेलिविस्तार लगाइन्, ‘बुध के घर पवनी छल । हम नहा के कपरा पहिनते छली । साया आ सारी मात्रै लगइने छली । हमर लुल्हाके आवाज सुइनके सरक पर गेली त हमरा पकैरके मारेलागल आ हमर सारी खिच देलक । दमासा लेखेवाला बहुत लोक छल लेकिन केउ नई बचइलक । हमर पूरा शरीर पर सिर्फ साया बचल, हम जल्दवाजी मे सरक पर गिरल सारी उठाके देह झपली । हमर इज्जत और प्रतिष्ठा सब लेललक । आव अहिसबके सहारा हव । हमारा डाइन कहिके अश्लील गारी देलक, चप्पल से मारलक, हमर सारी खोइल देलक । आव हमरा पास कुछ नै बाँकी हई । अइ उमरमे हमर इज्जत सरक पर लुटा देलक पापी सब । (बुधबार घरमा कुलपूजा थियो ।
मैले नुहाएर पेटिकोट र सारी मात्र लगाएकी थिएँ । सारीकै फेरोले माथिको शरीर ढाकेकी थिएँ । श्रीमान्को गुहार सुनेपछि त्यही अवस्थामा सडकमा पुगेँ । उनीहरूले मलाई नै समातेर कुटपिट गर्न थाले, मेरो सारी तानिदिए । मेरो शरीरमा पेटिकोट मात्र बाँकी थियो । सडकमा फ्याँकिदिएको सारी हतारहतार उठाएर नांगो जिउ छोपेँ । हामीले गुहार मागिरहँदा त्यहाँ तमासा हेर्ने धेरै थिएँ, तर बचाउने कोही भएन । मलाई बोक्सी भनेर अश्लील गाली–गलौज गरे, चप्पलले हिर्काए । अब मसँग केही बाँकी छैन । यो उमेरमा मेरो इज्जत, प्रतिष्ठा सबै डुबाए ।)’
त्यस दिन साँझ अमानवीय व्यवहार गरेको रामसिंहासनको परिवारले भोलिपल्ट बिहान पनि उही हर्कत दोहोर्यावयो । बिरामी नातिनीलाई उनको आँगनमै पुर्याीएर बोक्सी लागेको ठीक गर्न आदेश गरे । तर, सतीले आफू बोक्सी नभएको र ठीक पार्न पनि नजानेको भन्दै याचना गरिन् । त्यसपछि आक्रामक बनेका उनीहरूसँग जोगिन सतीले मोबाइलमा भिडियो खिच्ने र प्रहरीमा जाने भनेपछि पछि हटेका थिए । रामसिंहासनकी १०–१२ वर्षकी नातिनीको बिमारबारे सती अनविज्ञ छिन् ।
बिहीबारै (७ भदौ) सतीदेवीले प्रहरीमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिएपछि चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । रामसिंहासन चौधरीका छोराहरू रामविनय चौधरी र रामसिकल चौधरी, नाति साजन चौधरी र छिमेकी राजकुमार चौधरीलाई नगरपालिका चोकबाट नियन्त्रणमा लिएर थुनामा राखेको हो । रामसिंहासन भने फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए । मल्लका अनुसार आरोपीविरुद्ध सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकाहरूले भने सामान्य भनाभन मात्र भएको दाबी गरेका छन् । छरछिमेकमा कहिलेकाहीँ हुने सामान्य भनाभनको विषयलाई निराधार आरोप लगाएर ठूलो पारिएको उनीहरूको तर्क छ । उनीहरूले पक्राउ परेकामध्ये १९ वर्षीय भनिएका साजन चौधरी १४ वर्षको मात्रै रहेको पनि बताएका छन् ।
एसपी मल्लले भने सतीदेवीको घटना संवेदनशील भएकाले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र दोषीले उन्मुक्ति पाउने अवस्था नरहेको बताए । यसअघि बोक्सी आरोपमै कुटपिटमा परेकी काजल दासको मुद्दामा पनि यस्तै अवस्था रहेको उनको भनाइ छ । सतीदेवी गाउँमै भए पनि प्रहरीको सुरक्षामा रहेको मल्लले बताए । उनका अनुसार काजल भने सेफ हाउसमा छिन ।
गैरसरकारी संस्था ह्युमन रिह्याबिटेसन सेन्टर (एचआरसी)की लीला दयालीले भने पीडित सतीदेवी अझै पनि गाउँमा रहेकाले उनलाई घटनामा होस्टाइल गर्न सक्ने भएकाले सेफ हाउसमा वा प्रहरीको सुरक्षामै राख्नुपर्ने बताएकी छिन् । ‘जनप्रतिनिधि र गाउँका अगुवा भन्नेहरूबाटै मिलापत्रको नाममा घटना सामसुम पार्न दबाब दिँदा पनि पीडित पक्षले हिम्मत गरेर काकुनको ढोका ढकढक्याएका छन् । यस्तो अवस्थामा पीडितलाई गाउँमै राख्दा असुरक्षासँगै होस्टाइल गर्न सक्ने सम्भावना रहन्छ,’ दयालीले भनिन्, ‘उनको सुरक्षा मुख्य सवाल हो ।’
आफूमाथि कुटपिट र श्रीमतीमाथि बेइज्जतीसहितको कुटपिट भएको घटनामा न्याय दिलाउनुको सट्टा वडाध्यक्ष र गाउँसमाजले मिलापत्रमा टुंग्याउन जोड गरेको पीडित पक्षको आरोप छ । आरोपीहरू पक्राउ परेको दिन वडाध्यक्ष अरुणकुमार चौधरी र गाउँसमाजका अगुवा आएर मिलापत्रका लागि दबाब दिएको सतीका श्रीमान् भोलाले बताए । पीडक परिवारले समेत खुट्टा समातेर माफी मागेकामा आफूले माफी होइन न्याय खोजेको जवाफ दिएपछि फर्किएको भोलाले बताए । कानुनले न्याय दिलाउनेमा विश्वस्त रहेकाले आफ्नो प्रतिष्ठामा आँच पु¥याउनेसँग मिलापत्र नगर्ने उनको भनाइ छ ।
तर, वडाध्यक्ष अरुणकुमार चौधरीले भने आफूहरूले पीडितलाई दबाब दिएको नभई, पीडकलाई सामाजिक रूपमा दण्डित गर्न खोजेको दाबी गरे । पीडित भोला चौधरी आफूकहाँ आएर कुटपिटबारे जानकारी गराएपछि निवेदन लेख्न सल्लाह दिएको, तर उनी निवेदन दिन नआएको उनले बताए । ‘गाउँमा कसैमाथि कुटपिट भए गाउँस्तरमै दण्डित गर्ने भन्ने मेरो मनसाय हो, मिलापत्र गराउन खोजेको होइन । तर, प्रहरीमै जाहेरी दर्ता भएको जानकारी पाएपछि म तत्काल पछि हटेँ । अब कानुनबमोजिम नै हुने भएकाले वडातहबाट यस विषयमा थप कुनै कारबाही वा छलफल भएको छैन । आवश्यक पर्दा पीडितलाई मेरो सहयोग रहन्छ ।’
परिवारबाटै बोक्सी आरोपमा यातना भोगेकी काजलदेवीको मुद्दा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पठायो मिसिल श्रीमान सहित परिवारकै सदस्यबाट बोक्सी आरोपमा कुटपिट र यातना भोगेकी महोत्तरीकै पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलदेवी दासको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ । प्रहरीले अध्ययन सकाएर आइतबार मिसिल पठाएको हो । सरकारी वकिल कार्यालयले उक्त मिसिल अध्ययन गरिसकेर अदालतमा मुद्दा दायर गरेको छ । जसको थुनछेक बहस मंगलवार हुनेछ । श्रीमान् विनोद दास र उनकी पहिलो श्रीमती शिलादेवी दासले गत ३१ असार राति र १ साउनको बिहान काजलमाथि कुटपिट गरेका थिए । धामी दिनेश यादवले बोक्सी करार गरेको आधारमा उनीमाथि कुटपिट भएको थियो ।
घटनाकै दिन प्रहरीमा पुगेकी काजललाई सामान्य कुटपिट भएको भन्दै प्रहरीले पनि सामान्यीकरण गरेर अबउप्रान्त झगडा नगर्ने कागज गराएर पठाएको थियो । तर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रबाहिर लेखनदासबाट उनको श्रीमान् पक्षले अबउप्रान्त सम्बन्ध नरहने, अंश नलाग्ने र गाउँ छोडेर जाने भन्दै तमसुक बनाएर पठाएपछि नयाँ पत्रिकाले १८ साउनमा समाचार प्रकाशित गरेको थियो । समाचार आएपछि प्रहरी न्यायको बाटोमा फर्किएर काजललाई जाहेरी दिन आग्रह गरेको थियो । काजलले घटनाको १९ दिनपछि जाहेरी दिएसँगै श्रीमान् विनोद र उनकी पहिलो श्रीमती शिलादेवीलाई पक्राउ गरेको थियो । काजललाई बोक्सी करार गर्ने धामी दिनेश यादव भने अझै फरार छन् ।
आफूमाथि भएको अत्याचारबारे सतीदेवी–सडकमा फ्याँकिदिएको सारी हतारहतार उठाएर नांगो जिउ छोपेँ, तमासा हेर्ने धेरै थिए, बचाउने कोही भएनन्
बुधबार घरमा कुलपूजा थियो । मैले नुहाएर पेटिकोट र सारी मात्र लगाएकी थिएँ । सारीकै फेरोले माथिको शरीर ढाकेकी थिएँ । श्रीमान्को गुहार सुनेपछि त्यही अवस्थामा सडकमा पुगेँ । उनीहरूले मलाई नै समातेर कुटपिट गर्न थाले, मेरो सारी तानिदिए । मेरो शरीरमा पेटिकोट मात्र बाँकी थियो । सडकमा फ्याँकिदिएको सारी हतारहतार उठाएर नांगो जिउ छोपेँ । हामीले गुहार मागिरहँदा त्यहाँ तमासा हेर्ने धेरै थिएँ, तर बचाउने कोही भएन । मलाई बोक्सी भनेर अश्लील गाली–गलौज गरे, चप्पलले हान्दै कुटपिट गरे । अब मसँग केही बाँकी छैन । यो उमेरमा मेरो इज्जत, प्रतिष्ठा सबै डुबाए ।
मधेसमा बोक्सीको नाममा बर्बरता मलमूत्र खुवाउनेदेखि चरम यातना दिएर हत्यासम्म
महोत्तरी गाउँपालिका– ३ मडईकी ४२ वर्षीया शिलादेवी झाको शव २८ असोज ०७८ मा फेला पर्योा । टाउकोमा हथौडा प्रहार गरी हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले हत्या आरोपमा उनकै देवर ४२ वर्षीय सञ्जयकुमार झालाई पक्राउ गर्योो । सञ्जयले आफूले नै भाउजूको हत्या गरेको मात्र स्वीकार गरेनन्, समाजलाई झस्काउने सोच सार्वजनिक गरे । शिलाले दिएको केरा खाँदा आफ्नी श्रीमतीको गर्भमा रहेको बच्चा तुहिएको र धामीलाई देखाउँदा ‘तिम्री भाउजू बोक्सी’ बताएपछि हत्या गरेको बयान दिएका थिए ।
प्रहरीले घटनाको प्रतिवेदनमा समेत बोक्सी आरोपमा भाउजूको हत्या गरेको भनेर उल्लेख गरे पनि मृतक शिलाका छोरा राहुलकुमार झालाई भने कर्तव्य ज्यान मुद्दामा मात्र जाहेरी दिन लगाइयो । प्रहरीले यो घटनामा धामीलाई अनुसन्धानमा तानेन ।
मुद्दामा प्रहरीको प्रतिवेदन, आरोपीको बयानलगायतका विभिन्न सबुत हुँदाहुँदै ‘कर्तव्य ज्यानसम्बन्धी कसुर’ शीर्षकमा मात्र मुद्दा विचाराधीन छ । जिल्ला अदालत महोत्तरीले २२ जेठ ०८० मा साक्षी बुझ्ने आदेश दिएको छ । अदालतले मुद्दालाई हालसम्म तीनपटक पेसी र ६ पटक तारेखमा राखिसकेको छ ।
शिलाको हत्या भएकै दिन २८ असोज बिहीबार साँझ औरही नगरपालिका–९ अगलेसराका ५५ वर्षीय झवसी ठाकुर (लोहार) र उनकी भाउजू ५६ वर्षीया सुनैनादेवी ठाकुरलाई मलमूत्र खुवाएर कुटपिट गरियो । स्थानीय रामकलेवर मण्डलकी श्रीमती ३५ वर्षीया रामशिलादेवी मण्डललगायतका केही व्यक्तिले घरमै मलमूत्र खुवाएर कुटपिट र लुटपाट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी, कुटपिट र लुटपाट कसुरमा किटानी जाहेरी दिए ।
तर, प्रहरीले अगलेसराकी रामशिलादेवी मण्डललाई तत्काल पक्राउ गरे पनि थप आरोपी रामतलेवर मण्डल, अकवर बैठा, सोनेलाल मण्डल, रामउदय मण्डल भन्ने रामउदेश मण्डल, हासिम बैठा, शान्ति मण्डल, दुखनी मण्डल र कृष्णा मण्डल फरार भए । प्रहरीले जाहेरीका आधारमा अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गर्योे । मुद्दा अदालतमा पुगेपछि आरोपीहरू हाजिर हुँदै धरौटीमा छुट्दै गए । अझै अदालतले मुद्दालाई तारेखमा राखेको छ । पीडक पक्षबाट धम्की आइरहेको र बोक्सीको आरोपमा मानसिक तनाव दिइरहेको पीडित झवसी ठाकुर बताउँछन् । ‘तिमीले हामीलाई जेलमा हाल्ने ? मुद्दा किनारा लागेपछि तिमीसँग हिसाब गर्छौँ’ भनेर धम्की दिने गरेको झवसीले बताए ।
तत्कालीन सिमरदही गाउँ पञ्चायत– २ (हालको मटिहानी नगरपालिका– ९) निवासी रामलखन साहकी श्रीमती मरनीदेवीको चर्चित बोक्सी काण्डपछि सरकारले ६ असार ०५८ मा बोक्सी आरोपमा चरम यातनाविरुद्ध कानुन बनाएर कार्यान्वयनमा त ल्यायो । तर, बोक्सी आरोपमा कुटपिट, यातना, मलमूत्र खुवाउनेदेखि हत्यासम्मका घटना अझै कायमै छन् ।
बोक्सी आरोपका घटना बढेपछि सरकारले पछिल्लोपटक अझ कडा कानुनी व्यवस्था लागू गरेको छ । बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार बोक्सीको आरोपमा कुटपिट गर्नेलाई आठ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । यो ऐनमा ‘कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, रासायनिक, विषालु, जैविक पदार्थ प्रयोग गरी वा अन्य किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी र नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद सजाय र ५० हजारदेखि एक लाखसम्म जरिवाना’को व्यवस्था छ ।
पाँच वर्षमा बोक्सी आरोपका दुई सय ३३ उजुरी दर्ता भएका छन् । यी घटनामा दुई सय ६२ पीडित छन् भने सात सय ७६ पीडक छन् । यो नेपाल प्रहरीको आव ०७५÷७६ देखि ०७९÷८० सम्मको तथ्यांक हो ।
सबैभन्दा बढी घटना मधेसमा भएका छन । मधेसमा पाँच वर्षमा बोक्सी आरोपका एक सय २३ मुद्दा दर्ता भएका छन् जुन देशभरको ५२ प्रतिशत हो । यही अवधिमा मधेसमा बोक्सी आरोपमा एक सय ३४ पीडित भएका छन्, जसमा एक बालिका, एक सय २७ महिला र ६ पुरुष छन् । अधिवक्ता रिंकुकुमारी यादव विभिन्न बहानामा महिलालाई लक्षित गरेर यातना दिने काम भइरहेको बताउँछिन् । ‘सरकारले कानुन त ल्याएको छ, तर परिपालना भएको छैन,’ उनले भनिन ।
राष्ट्रिय महिला आयोगले भन्यो ः महिला सधै पिडित
यता घटना बाहिरिएपछि राष्ट्रिय महिला आयोगको समेत ध्यानाकर्षण भएको छ । राष्ट्रिय महिला आयोगकि सदस्य जया घिमिरेले राष्ट्रिय महिला आयोगले घटनालाई गम्भिरता पुर्वक लिएको बताउदै आयोगको टोली स्थलगत अनुगमन गरेको तथा पिडितसंग र विभिन्न सरोकारवाला निकायहरुसंग भेट गरि पिडितलाई तत्काल न्याय दिन मांग गरेको बताउछिन । उनले पिडितको सुरक्षा,स्वास्थ्य उपचार,क्षतिपुर्ति र आश्रय स्थल समेतको व्यवस्था हुनुपर्ने बताउदै आयोगले घटना वारे केन्द्रिय स्तरमै समेत आवाज उठाईरहेको थपिन ।
उनले कहिले बोक्सीको बहानामा कहिले अन्य बहानामा महिलालाई सधै पिडित बनाइएरहेको अवस्था रहेकोमा महिला विरुद्ध हुने घटनाहरुमा प्रहरी लगायत सम्पुर्ण सरोकारवाला निकाय संवेदनशिल हुनु आवश्यक रहेको थपिन ।
मानव अधिकार हननका हरेक विषयमा हामी गम्भिर छौ ः मन्जु खतिवडा,प्रमुख राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश
यता राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार विरुद्धको घटनाहरुलाई अति नै गम्भिरता पुर्वक हेर्ने गरेको राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका प्रमुख मन्जु खतिवडाले बताईन । उनले महोत्तरीमा धेरै वर्ष पहिले उजागर भएको मरनी देवीको बोक्सी आरोपमा कुटपिट र चरम यातनाकै घटनाको समय राष्ट्रिय मानव अधिकार आयोगले यस विरुद्ध कानुन बन्नु पर्छ भनेर नेपाल सरकारलाई सिफारिस गरेको स्मरण गराउदै सोहि अनुरुप नेपालमा बोक्सी आरोप विरुद्ध कानुन बनि कार्यान्वयनमा आएको बताईन । उनले कसैलाई बोक्सी आरोपमा कुटपिट गर्नु,मलमुत्र खुवाइनु वा अन्य कुनैपनि यातना दिनु अपराध रहेको बताउदै यस्ता कार्य गर्नेलाई कानुनको दायरमा ल्याउनै पर्ने बताईन ।
यो परम्परागत हानिकारक प्रथा भएको र यो हाम्रो समाजमा भित्रैसम्म जकडिएकोले बोक्सी कुप्रथा पुर्णरुपमा हटाउन चुनौतीपुर्ण भएपनि असम्भव नभएको बताउछिन । आर्थिक र अन्य विभिन्न माध्यमले कमजोर एकल,आर्थिकरुपले विपन्नहरु तथा आफ्नो अन्यायको विरुद्ध बोल्न नसक्ने अत्यधिक महिलामाथि दोष लगाएर समाजले आफु उन्मुक्ति लिन खोज्छ । यहा धर्म वा जुनसुकै नाममा यस्ता असहायहरुलाई यातना दिने गरेको यसै समाजमा भेटिने गरिएकोले यस विरुद्ध सवै पक्ष लागेर बोक्सी कुप्रथा अन्त्य गर्न आवश्यक रहेको उनी थप्छिन ।
यता विभिन्न धर्मगुरु तथा धामी झाक्रीहरु समेतमा चेतनाको अभाव हुदा र लोभ प्रलोभनको कारण कसैलाई बोक्सी घोषणा गरिदिएर हिंसाको कारण बन्ने गरेकोले यस्ता धर्मगुरु तथा धामीझार्कीहरुमा समेत बोक्सी आरोप विरुद्धको कानुन बारे जानकारी गराउनु तथा अन्धविश्वास नफैलाउन जनचेतना जगाउने र यस्ता कार्य गरिरहेकालाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको राष्ट्रिय मानव अधिकार आयोग कि मधेश प्रदेश प्रमुख खतिवडा बताउछिन ।
मानिसहरु विरामी पर्दा अस्पतालको सट्टा धामीझाक्री र धर्मगुरुमा जाने र त्यहा नै समेत धामीझाक्रीले कुनै असहायलाई लक्षित गर्दै यसैले तिम्रो आफन्त विरामी भएको हो यहि बोक्सी हो भनिदिदा हिंसा बढेको हो । बोक्सी कुप्रथा मानव अधिकारको विरोधी प्रथा हो । यस्ता कुप्रथा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले समेत अपराध घोषणा गरेको छ ।
यसलाई पुर्ण रुपमा बन्द गर्न सतह स्तरबाटै सवै लाग्नु पर्ने हुन्छ । हामीसंग भएको कानुनको प्रभावकारी प्रयोग नहुदा समेत यो वढेको हो । कतै पैसाको चलखेल कतै राजनितिक संरक्षण र कतै अन्य शक्तिको खेलमा अपराधीले उन्मुक्ति पाउदा अपराधीको मनोवल बढ्ने गरेको छ । आयोगले यस्ता घटनाका पिडकहरुलाई कानुन अनुसारको कार्यवाहीको लागि पटक पटक सिफारिस गर्ने गरेको छ । काजलकै घटनामा समेत उनको न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोगको प्रभावकारी उपस्थिति रहेको छ ।
बोक्सी कुप्रथा विरुद्ध प्रहरी समेत लागेकै देखिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना मुलक कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सातै जिल्लामा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु प्रहरीबाट भएको देखिन्छ । नेपाल प्रहरीको केन्द्रिय कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार कोशी प्रदेशमा गत आर्थिक वर्ष.(२०७९÷०८०) मा कोशी प्रदेशमा बोक्सीको आरोप विरुद्ध जनचेतना मुलक कार्यक्रम १० पटक भएको देखिन्छ भने मधेश प्रदेशमा सोहि कार्यक्रम १९६ पटक भएको छ । यता गण्डकी प्रदेशमा एक पटक,लुम्बिनी प्रदेशमा ५४ पटक,कर्णाली प्रदेशमा १० पटक र सुदुर पश्चिम प्रदेशमा ४ पटक गरि देशैभर कुल २७५ कार्यक्रम गरि १४ हजार ५१७ जनालाई कार्यक्रममा सहभागि गराइएको छ ।
हामी गम्भिर छौ ः प्रवक्ता,मधेश प्रदेश प्रहरी कार्यालय
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्र कुमार श्रेष्ठ भने मधेश प्रदेशका सवै जिल्लाका सवै युनिटहरुमा बोक्सी कुप्रथा विरुद्ध तथा त्यसबाट उत्पन्न हुने अपराध न्युनिकरणका लागि सामाजिक सचेतनाका कार्यक्रमहरु संचालन गरिरहेको बताउछन । उनी यस्ता घटना घटनुमा मधेशमा अशिक्षा,गरिवी,आपराधिक मनोवृतिका कारण यस्ता घटनाहरु घट्ने गरेपनि त्यसता घटना न्युनिकरणको लागि प्रहरी निरन्तर लागेको थप्छन । उनी धामीझाक्रीकै कारण आपराधिक कृयाकलाप भए गरेको अवस्थामा धामीझाक्री पनि कानुनी दायरामा आउने गरेको उनको भनाई छ ।
प्रहरीको गम्भिरतामाथि प्रश्न उठेको छ ः राजु पासमान,प्रदेश प्रमुख इन्सेक
यता प्रहरीले बोक्सी सम्बन्धी कसुरका घटनाहरुमा संवेदनशिलता र गम्भिरता अपनाइएको तथा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरि घटना न्युनिकरणको प्रयासहरु गरिरहेको बताईरहदा इन्सेकका मधेश प्रदेश प्रमुख राजु पासमान प्रहरीले गम्भिरतामाथि प्रश्न उठाएका छन । उनले वर्तमानमा अनुसन्धान भैरहेको काजलकै मुद्दामा सुरुमै प्रहरी कार्यालय पुग्दा उनको यथार्थ पिडा नसुनि प्रहरीले सामान्य कुटपिटको निवेदन लेखिदिएको र सोहि निवेदनको आधारमा छलफल भई प्रहरीको वेवास्ताले गाउ निकाला तथा नाता सम्बन्ध समेत कायम नरह्ने गरि तमसुक बनाइदिएको बताए । काजलकै मुद्दामा अधिकारकर्मीहरुको पहुच नपुगेको भए र मिडियामा नआइदिएको भए सम्भवतः आज काजललाई उनका श्रीमानले गाउ नै निकाला गरिसकेका हुन्थे ।
उनले प्रहरीमा विभिन्न कारणले न्यायको लागि पुग्ने पिडितहरुसंग प्रहरीको वरताव सकारात्मक नभएको आफुहरुले विभिन्न पिडितहरुसंग भेटेपछि उनीहरुको गुनासो रहेको थप्छन ।
महिला हिंसा,बोक्सी आरोपमा यातना लगायतका विभिन्न मुद्दामा प्रहरी सच्चिनु र थप संवेदनशिल हुनु आवश्यक रहेको उनको भनाई छ ।