
रागिनी साह
महोत्तरी,१२ श्रावण ।
मटिहानी धार्मिक महत्व बोकेको नगरपालिका हो । माता सिताको विवाहको लागि यहिबाट मटकोर गर्न माटो लगिएको विभिन्न धार्मिक ग्रन्थहरू मा उल्लेख छ । यहि मटिहानी स्थित लक्ष्मी नारायण मठको इतिहास समेत वर्षौ पुरानो छ । मटिहानी मठ स्थापनासंगै मठकै अगाडि दक्षिण भागमा लक्ष्मी नारायणको झुला घर समेत स्थापित गरियो ।
परापुर्व काल देखि सोहि झुला घरमा भगवान राम र लक्ष्मणको बाल्य अवस्था तथा माता सिताको प्रतिमा राखेर झुल्नोत्सव मनाईने गरिएको छ, तर भवन अति नै पुरानो र जिर्ण भैसकेको अवस्थामा झुल्नोत्सब गर्न उक्त भवन जोखिमपूर्ण रहेको छ । मटिहानी मठका मान महन्थ जगन्नाथ दास किर्ते हस्ताक्षर तथा जालसाजि मुद्दामा पुर्पक्षका लागि थुनामा रहदा मटिहानी अभिभावक विहिन बनेको छ । मठसंगै मठको अधिनस्त सो भवन पनि रेखदेख गरिदिने वा संरक्षण गरिदिने कोहि छैनन । गुठीले हेर्नु पर्ने उक्त भवनप्रति गुठी समेतले वेवास्ता गरेको छ । गुठीका कर्मचारीहरुले आफुहरुसंग भवन जिर्णोद्धारको लागि रकम नरहेको र नगरप्रमुखसंग समन्वय गरेको बताउछन ।
यता विगतका वर्षहरूमा झुलनोत्सव अत्यन्तै हर्षोल्लासका साथ मनाइने गरिएपनि भवनको दयनिय अवस्थाले यस पटक वैकल्पिक व्यवस्था गरिने हो वा सोहि भवनलाई मर्मत सम्भार गर्ने हो भन्ने अझै अन्यौलता छ । साउन महिनामा हुने झुलनोत्सव मलमासको कारण, यस वर्ष ढिलो भई भदौ २ गते हुन लागेकोमा झुलनोत्सव पुर्व झुलाघर मर्मत वा जिर्णोद्धारको अतिआवश्यक्ता छ । जिउ ज्यानकै सुरक्षा नहुदा सोहि अवस्थामा झुला घरमा झुल्नोत्सव मनाउन जोखिमपुर्ण छ ।
यता मटिहानीका नगर प्रमुख हरि प्रसद मण्डलले भवनको जिर्णोद्वारको लागि गुठी संस्थान जिम्मेवार बन्नु पर्ने बताउदै स्थानियतहबाट गर्न सक्ने सहयोगको लागि आफु सदैव तयार रहने गरेको बताए ।